Inside

All Time Top 75 News

प्रसिद्ध लोक तथा दोहोरी गायिका शिबा आले मगर अरुण स्मृति संगीत पुरस्कारबाट सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Hemanta Budhathoki Magar   
Thursday, 23 July 2009 05:08
काठमाडौं - नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले प्रत्यक वर्षझै यस वर्ष पनि लोकप्रिय गायक अरुण थापा मगरको दशौं स्मृति पुरस्कार वितरण समारोहको आयोजना गर्यो ।
 
Famous folk singer Shiva Ale Magar awarded by Arun Smriti Music Award 2066. Photo courtesy: Hemant 
 
संघीयमामिला संविघान सभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति दिवशमा प्रमुख आतिथि डा. रिजालले वरिष्ट लोक तथा दोहोरी गायिका शिबा आले मगरलाई अरुण स्मृति संगीत पुरस्कार २०६६ बाट पुरस्कृत एवं सम्मानद्वारा सम्मानित गर्नु भयो ।

संघले २०६० सालमा बृहत सांस्कृतिक कार्यक्रम मार्फत चन्दा संकलन गरि रु ५०,००० को अक्षकोष स्थापना गरि नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्यायका एक जना स्रष्टालाई अरुण स्मृति संगीत पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको रासी ५ हजार रुपैया र सम्मान पत्र रहेको छ ।

२०२२ साल पौष ९ गते तनहुँ जिल्ला वरभाज्याङ गाविस सुन्दरडिहीमा जन्मनु भएकी शिवा आले मगरले २०४३ सालमा रेडियो नेपालबाट आफ्नो गायन यात्र शुरु गर्नुभएको थियो। २०४४ सालमा रेडियो नेपालमा स्वर परिक्षा उत्तीण गरेपछि लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकपि्रय गायिकाको रुपमा उदियमान हुनुभएकी आलेमगरले लोक तथा दोहोरीका साथै भजन, रत्यौली, तिज गीत, देउसी भैलो गीत तथा स्वास्थ्य तथा वातावरण संवन्धि जुनचेतना मूलक गीतहरु समेत गाउनु भएको छ । उहाँका हालसम्म २६ वटा गीति एल्वम, ४ वटा सीडी ३० वटा भिसिडी प्रकाशित भएका छन् ।

गायिका आलेमगरद्धारा स्वरबद्ध चर्चित गीति एल्वमहरुमा फूलमैरानी, दासढुंगा, झ्याई पार्यो, टेलिफोनको तार, लरीलै, कति सुहायो, सम्जिबेनी, चुनरी, निरकमल, आदि छन्।

करिब अढांई दशकदेखि नेपाली लोक दोहोरी गीतको भण्डारमा निरन्तर रुपमा कृयासिल आले मगर रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय लोक दोहोरी प्रतियोगिता २०४४ मा गीत संकलन तर्फ प्रथम स्थान, २०४८ मा सान्त्वना स्थान, २०४५ मा दोस्रो स्थान, २०५० मा दोस्रो स्थान र २०५१ मा प्रथम स्थान हासिल गर्नुभएको थियो ।

२०४९ मा नेपाल वातावरण प्रत्रकार समुहद्वारा आयोजित लोकगीत प्रतियोगितामा द्वितिय स्थान हासिल गर्नुभएको आले मगरले नेपाल, जापन र भारतका दजनौ संघसंस्थाहरुबाट सम्मान प्राप्त गर्नुका साथै पुरस्कृत र सम्मानित हुनुभएको छ ।

संघका अध्यक्ष भोजविक्रम वुढामगरको अध्यक्षता महासचिव हेमन्त वुढाथोकी मगरको सचालन र केन्द्रीय सदस्य रेणुका काउचा मगरको स्वगत भाषणबाट शुरु भएको उक्त कार्यक्रममा उपाध्यक्ष सुमन बुढामगरले पुरस्कृत व्यक्तित्व गायिका शिवा आलेमगरबारे र केन्द्रीय सदस्य नरेन्द्र थापामगरले गायक अरुण थापामगरबारे चर्चा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि संघिय मामला संविधान सभा संसदीय व्यवस्था तथा संस्क्रिती मन्त्री डा. मिनेन्द्र रिजाल, संयुक्त मगर मचका लीला बहादुर थापामगर, नेपाल मगर संघका भाषिक अपाध्यक्ष नवीन रोकामगर, नेकपा एमाले संविधान सभा दलकी सचेतक थममाया थापा मगर र पुरस्कृत व्यक्तित्व शिवा आलेमगर लगाएतले स्वर्गिय अरुण थापामगरको योगदानको चर्चा गनुभएको थियो ।

उक्त कार्यक्रममा अरुण थापामगरद्वारा स्वरवद्ध गीतहरु 'ऋतुहरुमा तिमी म रोए पनि' लगायत का गीतहरु गायकहरु सूर्य पूर्वछानेमगर, आकाश थापा मगर, रानेश थापामगर र आदेश गुर्मछान मगरले गाउनु भएको थियो । साथमा वरिष्ठ लोक गायक खड्क गर्वुजा मगर, बमबहादुर कार्की र कृष्णा थापामगरले विभिन्न लोक तथा आधुनिक गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

अन्त्यमा उपस्थित अतिथिहरु तथा उपस्थित महानुभावहरुलाई प्रचार तथा प्रकाशन विभाग सचिव मेकबहादुर रानामागरले धन्यवाद ज्ञापन गर्नुभए पश्चात अध्यक्ष भोज विक्रम वुढामगरले कार्यक्रम समापन गर्नुभएको थियो ।

५ साउन २०६६

हेमन्त बुढाथोकी मगर

महासचिव
नेपाल मगर विद्यार्थी संघ
केन्द्रीय समिति

-Hemanta Budhathoki Magar in Kathmandu

Comments

avatar hari Yonjan
0
 
 
Kati Ramro Pgm mgr community ko
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
वरिष्ट लोक तथा दोहोरी गायिका शिबा आले मगर अरुण स्मृति संगीत पुरस्कार २०६६ बाट पुरस्कृत एवं नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिद्वारा सम्मानित हुनु भएकोमा उहाँलाई हाम्रो हार्दिक बधाई छ ।

- लांघाली परिवार यूएस्ए
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar soalteemagar
0
 
 
बिदम्बना !!! राष्ट्रिय कलाकार लाई एउटा जातिय बिशेष समुहले मात्र सम्झिनु पर्ने , नयाँ नेपाल मा केही होलाकी भनेको अब आश नैइ के गर्ने कुर्सी र सत्ताको लडाईंइमा जनताको बली चढाउन पल्केका हरु बाट , खुशी लाग्यो मगर बिद्यार्थी संघले पहल गरेको मा ।
सोल्टी मगर
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Find Us at Facebook