NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Nagendra Ingnam 'Atharaili': गीत: भरोसा लाग्दैन भोलिको PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Wednesday, 16 June 2010 16:16

भरोसा लाग्दैन भोलिको
आजै चुमि देउ चोखो नजरले
जति सक्छौ चुमि देउ चोखो अधरले
नजरैले चुमि देउ
अधरैले चुमि देउ
चुमि देउ . . .

कड्के नजरहरुको लुकामारिमा
नजरले नै मुस्कान टिप्न खोज्नेहरु
मस्त यौबन फक्रेको बगैंचामा
अधरले नै मायाँको फूल टिप्न खोज्नेहरु
प्रेमको परिभाषा चुमाईमा बिश्वास गर्छौ भने
मौका नपर्ख भोलिलाई
आजै चुमि देउ . . .
नजरैले चुमि देउ
अधरैले चुमि देउ
चुमि देउ . . .

सातै समुद्रको मन्थन गरेर
अमृत पिलाउन वाचा गर्नेहरु
आफु अरुलाई समर्पण गरेर
अजम्बरी राख्न खोज्नेहरु
मायाँप्रीतिको रङ्गमञ्चमा मञ्चन गर्छौ भने
मौका नपर्ख भोलिलाई
आजै चुमि देउ . . .
नजरैले चुमि देउ
अधरैले चुमि देउ
चुमि देउ . . .

-नगेन्द्र ईङनाम "आठराइली"

-Nagendra Ingnam "Atharaili"
New York, USA

 

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?