Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "सृजनाका यात्राहरू-२" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Athraili' & Pratha Magar   
Sunday, 01 February 2009 23:03

न्यू योर्क -हरेक महिनाको पहिलो आईतवार प्रस्तुत गरिने "सृजनाका यात्राहरू" को दोश्रो सहित्यीक श्रृङ्खला सम्पन्न भएको छ ।



Nepalese poets and writers at Srijanaka Yatraharu-2 in New York. Photo courtesy: Mani Bandel

कवि मणि बाङ्देल "सागरको" संयोजकत्वमा भएको सो कार्यक्रम वहांकै निवास न्यूयोर्कस्थित जमाईकामा आयोजित भएको थियो । यस अवसरमा बिभिन्न साहित्यीक रचनाहरु वाचन गरिएका थिए ।

कार्यक्रममा मणि बाङ्देल् "सागर", मधुबन पौडेल, बिनोद रोका, गीता खत्री, राजेन्द्र श्रेस्ठ, सीता खरेल, परिता राजभन्डारी, पुष्पा अधिकारी गौतम, रामचन्द्र थापा, निलम कार्की "निहारीका", नगेन्द्र ईङ्नाम "आठराईली" र सहदेव पौडेलले कविता वाचन गरेका थिएभने अमरबिक्रम अधिकारीले गजल र बिध्याबिमल बरालले कथा वाचन गरेका थिए ।

तेश्रो स्रिजनाका यात्राहरू कार्यक्रमको संयोजन गर्न सीता खरेललाई जिम्मेवारी सुम्पेको छभने न्यू योर्कमा महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्सिकीको कार्यक्रमको संयोजन र यसको तयारी गर्नकोलागि निलम कार्की "निहारीकालाई" संयोजकको जिम्मेवारी सुम्पिईएको छ ।

यस अघी "सृजनाका यात्राहरू" को पहिलो सहित्यीक श्रृङ्खला न्यू योर्क कै रिज्वुडमा गत डिसेम्बर २८ तारिखमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पुष्पा अधिकारी, मणि बाङ्देल् "सागर", बिध्याबिमल बराल, सीता खरेल, प्रथा मगर, निलम कार्की "निहारीका", अमर बिक्रम अधिकारी, सुस्मा सुवाल, हिमाङ्सु निभा कुवरले कविता वाचन गरेका थिए भने सहदेव पौडेलले कथा वाचन गरेका थिए ।

कार्यक्रममा सात बर्शिय बाल कवि हिमाङ्सु निभा कुवरको कबिता घत लाग्दो थियो:

"म एक्लै छु"

मेरो देश छ
मेरो घर छ
मेरो मामु छ
मेरो बाबा छ
मेरो मामा छ
मेरो काका छ
मेरो भाई छ
मेरो साथी छ
तर म एक्लै छु।



Child Poet Himansu Nibha Kuwar rading his poetry at Srijanaka Yatraharu-1 in Ridgewood, New York. Photo: eEyeCam

कवियित्री निलम कार्की "निहारीका" का छोरा हिमाङ्सुले लेखेको यो कबिताको मान्छेहरुको कोलाहलका बिचमा पनि एक्लो महसुस गर्ने आसय गजबको छैन त?

कार्यक्रमको अन्तमा सुप्रसिद्ध साहित्यकार स्वर्गिय रमेश बिकलको सम्झनामा मौन धारण गरिएको थियो।

"सृजनाका यात्राहरू" International Nepali Writers.Org को वेब्साइट www.iawns.com, समुद्रपारी रेडियो र हिमाली स्वरहरु अनलाइन रेडियो (NepaliRadio.Org) मा सुन्न सक्नु हुन्छ।

यसका प्रधान सम्पादक निलम कार्की "निहारीका" र कार्यकारी सम्पादक मणि बाङ्देल् "सागर" रहनु भएको छ। सल्लहकारहरुमा डा. शिव गौतम, डा. श्याम कार्की, डा. दुबसु शेत्री, हेमन्त श्रेष्ठ र बिमल भौकाजी हुनु हुन्छ।

"सृजनाका यात्राहरू" को पहिलो सहित्यीक श्रृङ्खला न्यू योर्क कै रिज्वुडमा गत डिसेम्बर २८ तारिखमा सम्पन्न भएको थियो ।

-Nagendra Ingnam 'Athraili' & Pratha Magar in New York

सृजनाका यात्राहरू-२ का केही झलकहरु:


Ramchandra Thapa, Madhuban Paudel , Gita Khatri and Amarbikram Adhikari. Photo courtesy: Mani Bandel


Bidhyabimal Baral and Binod Roka. Photo courtesy: Mani Bandel


Parita Rajbhandari and Pushpa Adhikari. Photo courtesy: Mani Bandel

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.