NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

त्रिमूर्ति पुरस्कार-२०६६ द्वारा ढुङ्गाना, पोखरेल, शर्मा र भट्टराई सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Sunday, 29 August 2010 08:13

काठमाडौं- त्रिमूर्ति निकेतनले २०६६ सालको लेखनाथ काव्य पुरस्कार प्रभा भट्टराईलाई, बालकृष्ण सम पुरस्कार संयुक्त रुपमा सुनील पोखरेल तथा निशा शर्मालाई र देवकोटा काव्य पुरस्कार  भुवन ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको साधरण सभाले सो निर्णय गरेको हो । जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा प्रदान गरिने छन् ।

नेपाली भाषा साहित्यको श्रीवृद्धिकालागि चार दशकअघिदेखि काव्य साधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याएवापत भुवन ढुङ्गानालाई 'देवकोटा काव्य पुरस्कार' प्रदान गर्न लागिएको हो ।

त्यसै गरी, नाट्य क्षेत्रको रङ्गमञ्चमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्‍याउँदै नाट्य सम्राट् बालकृष्ण समको व्यक्तित्वलाईसमेत जनमनमा पुर्‍याउन उद्धत भएबापत सुनील पोखरेल तथा निशा शर्मालाई 'बालकृष्ण सम पुरस्कार' प्रदान गर्न लागिएको हो ।

साथै नेपाली भाषा साहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाकासाथै सो माध्यमबाट छन्द काव्य प्रचार अभियानमासमेत विशिष्ट योगदान पुर्‍याएबापत प्रभा भट्टराईलाई 'लेखनाथ काव्य पुरस्कार' प्रदान गर्न लागिएको हो ।

त्रिमूर्ति निकेतनको साधरण सभाको निर्णयअनुसार लेखनाथ पौड्याल काव्य सभाको संयोजकमा खनुपरुदे 'रामबाबू', बालकृष्ण सम फाउन्डेशनको संयोजकमा प्रा.डा. गार्गी शर्मा, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानको संयोजकमा प्रा. ठाकुर पराजुली, त्रिनारीरत्न स्मारकको संयोजकमा डा. मोदनाथ प्रश्रित, अन्तर्राष्ट्रिय सम्पर्क समितिको संयोजकमा सत्यमोहन जोशी, त्रिमूर्ति पुस्तकालयको संयोजकमा सलोमी लेप्चा र त्रिमूर्ति निकेतनको कोषाध्यक्षमा उषा शेरचन रहनु भएको छ ।

नरेन्द्रराज प्रसाई

सदस्यसचिव
त्रिमूर्ति निकेत

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?