NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बहुचर्चित साहित्यकार डायमन शमशेरले काङ्ग्रेसलाई किन सरापे ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Friday, 18 March 2011 13:49

काठमाडौं- हामीलाई भेट्ने बित्तिक्कै राणा बोलेका थिए, "यो गिर्जाप्रसाद कोइराला काङ्ग्रेस पार्टी नखाई मर्दैन ।" वास्तवमा त्यति खेर उनी कोइराला र उनका मतियारहरुदेखि सारै नै रिसाएका थिए ।


 

Late author Dimond Samser Rana. Photo: Anukriti Rai via Nai Prakashan.

 

वास्तवमा राणालाई मैले तारानाथ दाइकै कारणले चिनेको थिएँ । पहिलो पल्ट नै मलाई राणाका घरमा पुर्याउने काम तारानाथ दाइले गरेका थिए ।

डा. तारानाथ शर्मासँग अहिले मेरो त्यति सारो हिमचिम छैन । पञ्चायती व्यवस्थामा चाहीं हामीले यदाकदा एउटै किलोमा दाइँ पनि गरेथ्र्यौं । तर खास गरेर २०४६ सालपछि हामी क्रमशः क्रमशः भएर एउटा नदीका दुई किनारा भइसकेका छौँ । यति हुँदाहुँदै पनि मैले भन्नै पर्छ तारानाथ दाइबाट मैले धेरै कुरा सिकेँ ।

म नेपाली भाषा साहित्यका वर्तमान पन्ध्र महारथी नामक एउटा ठेली लेख्तै थिएँ । यस कृतिमा मैले डायमन शमशेर राणालाई पनि चयन गरेको थिएँ ।

डायमनशमशेर राणा मनका कुरा बराबर पोखिरहन्थे । उनी माइडियर नै थिए । उदाहरणकालागि भन्ने हो भने उनी मजस्तो काङ्ग्रेस विरोधीसँग पनि ट्याप्पै टाँस्सिएका थिए । कतिसम्म भने प्रा.डा. वासुदेव त्रिपाठी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति हुँदा त्रिपाठीकोसमेत बर्खास्तीको माग राख्तै राजा ज्ञानेन्द्रलाई विन्तीपत्र दिनका निम्ति नामीनामी प्राज्ञहरुको सहीछाप बटुल्दै म हिंडेको थिएँ । त्यस बेहोरामा राणाले पनि हस्ताक्षर गरेका थिए । साथै त्यस पत्रमा प्रा.डा. दुर्गाप्रसाद भण्डारीले पनि सही गरेका थिए । तर काङ्ग्रेसी साहित्यकारले थर्काएपछि भण्डारीले वक्तव्यवाजी गरेर मेरो उठीवास लाउन पनि खोजेका थिए । अनि जतिसुकै मेरा विरुद्धका काङ्ग्रेशीहरु भडकाउन जाँदा पनि राणाले भनेका थिए ''म नरेन्द्रको खिलापमा कदापी जान्न ।'' वास्तवमा राणाले आफूले बोलेका कुरा फेर्दैन थिए ।

राणासँग मेरो भेट भइरहन्थ्यो । उनी सधैं चटक्कै परेर हिंड्थे । घरमा बसेको बेला पनि उनी सफा सुघ्घरमा नै रहन्थे । कोही उनका घरमा पुग्दा उनी एक कप चिया नखुवाई विदा दिंदैन थिए । त्यतिन्जेलमा उनी पाहुना समक्ष आफ्नो जीवनको पुरुषार्थ पनि बताइ सक्थे। मलाई लाग्छ "आत्म प्रसंशा गर्नु राणाको विशेष सौखकै विषय पनि थियो ।"

राणा आफ्नो जीवनमा उत्साहको पौडी खेल्थे र भन्थे ''आम्मै मैले लेखिन भने मलाई डिप्रेशन भइ हाल्छ नि !'' वास्तवमा उनी मौलिक स्रष्टा थिए । तर उनी हरेक चोटि राजनीतिक कुरा नगरी कसैलाई विदा दिंदैन थिए । उनको राजनीति भनेको नेपाली काङ्ग्रेसमा नै सिमित हुन्थ्यो । अनि घरिघरि भन्थे ''नेपाल त कम्युनिष्टले खान्छ खान्छ । काङ्ग्रसको तालमाल ठीक छैन ।''

राणा चाकरी चाप्लुसीका विरोधी थिए । उनी ठाडो कुरा गर्थे, ठाडो व्यवहार गर्थे र ठाडो काम गर्थे । त्यही कारणले उनीसँग मेरो सौहार्द बढेर गएको थियो ।

२०५५ सालको कुरा हो; इन्दिरा प्रसाई र म राणाका घरमा गएका थियौँ । त्यस बेला राणाले मलाई भनेका थिए, "हेर्नुस् प्रसाईजी ! ज्योतिषिले भनेका छन् अब म दुई वर्षदेखि बाँच्तिन । म दुई वर्षा नै मर्छु । मलाई कसैले पुछेन । मैले कुनै पुरस्कार पनि पाएको छैन । काङ्ग्रेस पार्टीले पनि मलाई घाँस हालेन ।" त्यस दिन हामीसमक्ष राणाले निक्कै बिलौना गरिरहे । अनि मैले उनको हात तानेँ, हेरेँ र भने "राजा ! हजुरलाई भीरको टुप्पाबाट घँचेडे पनि अबको दस वर्षम्म मरिसिन्न र हजुरको प्रसिद्धि रात दुई गुना दिन चार गुना बढेर जान्छ" । त्यस बेला मेरा कुराले उनी दङ्ग पर्दै बोलेका थिए "ए ! तपाईलाई त हात हेर्न पनि आउँदो रहेछ । मेरो हात राम्रो भन्नु भयो, तपाईंका मुखमा दुध र भात भैरहोस्  है !"

शायद राणाले मलाई रुचाउथे होला । त्यसैले उनी मसँग दुक्खसुक्खका कुरा गरिरहन्थे । उनी आफू नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य हुने इच्छामा थिए । यसबारे मैले उनलाई गिरिजा बाबुलाई कन्याइसियोस् न भनेको थिएँ । तर उनी गिरिजा बाबुसँग सकारात्मक थिएनन् । त्यसै बेला मैले उनलाई भनेको थिएँ ''गिरिजा बाबुलाई साहित्यको ज्ञान नै पनि छैन जस्तो छ । उनी प्रधानमन्त्री भएको साल कमल दीक्षित बालुवाटारमा पुगेर भनेका थिए ''हजुरले यस वर्षको मदन पुरस्कार प्रदान गरिदिनु पर्यो ।'' दीक्षितका कुरा सुनेर कोइरालाले जवाफ दिएका रहेछन् ''के हो मदन पुरस्कार भनेको ? मैले यस पुरस्कारको नाउँ नै पनि सुनेको छैन, यसमा मलाई दुक्ख नदिनु होस् ।'' अनि कमल दीक्षितले त्यसै बेला भीष्म प्रतीज्ञा गरेका थिए ''अबदेखि मदन पुरस्कार गुठीमा म झण्डावालालाई भित्र्याउँदिन ।'' कमल बाबुले मलाई भनेको गिरिजा बाबुको त्यो प्रसङ्ग पनि मैले राणालाई सुनाउँदा राणाले भनेका थिए ''हवल्दारलाई सिंहासन दिनु हुन्छ ! भन्नु होस् त !"

वास्तवमा राणाको इच्छा गिरिजा बाबूले मात्रै होइन कृष्णप्रसाद भट्टराईले पनि पुर्याउन सकेनन् । काङ्गे्रस भएर मरिहत्ते गर्दा पनि कैयौं ठाउँमा राणाको इच्छा पुग्न सकेको थिएन । वास्तवमा जहाँ पनि उनी काग्रेसबाटै ठगिन्थे । त्यसैले राणालाई काङ्ग्रेस पार्टीसँग वितृष्णा बढीरहेको देखिन्थ्यो ।

डायमन शमशेर राणा प्रजातन्त्रका कट्टर हिमायती थिए । आफू राणा परिवारका व्यक्ति र राणा भएकैले जीविकाकोसमेत व्यवस्था भइसक्ता पनि उनले राणाद्वारा दिइएको सो जागीर प्रजातन्त्रकालागि तिलाञ्जति दिएका थिए । नीजि स्वार्थकालागि प्रजातन्त्र त के र देशै बेच्न पनि पछि नहट्ने वर्तमान राजनैतिक वृत्तमा डायमन शमशेर राणा प्रजातान्त्रिक नैतिकताधारीका सग्ला र सच्चा उदाहरणीय व्यक्तित्व थिए ।

राणा मेरा मात्र आदरणीय थिएनन् । उनी जनप्रिय साहित्यकार थिए । नेपाली भूमिमा पनि साहित्यिक पुस्तकको लेखकस्वले जीविका चलाएका राणा लेखकका गौरव पनि थिए । आधा दर्जनभन्दा बढी भाषामा अनुवाद गरिएको उनको सेतो बाघले डायमन शमशेरलाई विश्वपरिवेशमा नै सुपरिचित र अमर बनाएको छ । साथै नीर शाहको सद्विचार, प्रेम र मोह जोडिएर वसन्तीले पनि चलचित्र हुने स्वर्ण मौका पायो । जसले गर्दा वसन्ती नेपाली जनजनका ढुकढुकीमा पसेको पनि पाइयो ।

-Narendraraj Prasai in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?