NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

वाशिङगटन डि.सी. मा शीतकालीन कविता प्रतियोगिता सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by INLS, D.C. Chapter   
Monday, 21 February 2011 01:55

वाशिङगटन डि.सी.- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज 'अनेसास' को वाशिङ्गटन डिसी मेट्रो च्याप्टरले हरेक वर्षझैं यस वर्ष पनि शीतकालीन कविता प्रतियोगिता २०११ आयोजना गरेको छ ।


यही फेब्रुअरी २० का दिन स्थानीय आर्लिङ्गटन पुस्तकालयमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगी र अप्रतियोगी गरी जम्मा १५ कविता वाचन गरिएको थियो ।

प्रतियोगी कविहरुकोतर्फबाट गुणराज लुइटेल, रविन्द्रभक्त श्रेष्ठ, अनिषा दवा,डी विवेचना निरौला, प्रकाश नेपाल र विजय थापाले कविता वाचन गर्नु भएको थियो भने अप्रतियोगी कविताकोरुपमा कवि होमराज सुवेदी, शरद निरौला, रजनी श्रेष्ठ, मन्जु निरौला, रामप्रसाल खनाल, गोपाल रेग्मी, प्रेम संग्रौला, हेमन्त श्रेष्ठ र विमला निरौलाले सहभागिता जनाउनु भएको थियो ।

प्रस्तुत कविताहरुमध्ये प्रकाश नेपालको 'अशुभ हुन्छ भन्छन्' शिर्षकको कविता प्रथम घोषित भएको थियो भने गुणराज लुइटेलको 'क्रन्दन' दोश्रो र विजय थापाको 'नेपाल आमा' नामक कविता तेस्रो भएका थिए । प्रमुख अतिथी नेपाली दूतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माले प्रथम, द्धितीय र तृतीय हुने कविहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

रामप्रसाद खनाल, गोपाल रेग्मी र मोहन निरौला रहनु भएको निर्णायक मण्डलले उत्कृष्ट कविता छनौट गरेको थियो ।

यसैवीच, सोही अवसरमा कवयत्री तथा लेखिका मन्जु निरौलाको नयां पुस्तक 'यथार्थमा अमेरिका' को विमोचन प्रमुख अतिथी सचिव तथा साहित्यकार  शर्माले गर्नु भएको थियो । एक निवन्ध शैलीमा लेखिका निरौलाले आफ्नो पुस्तकमा अमेरिकामा रहदा नेपाली समुदायका मानिसहरुले भोग्ने गरेका समान समस्याहरुको वर्णन गर्नुभएको छ । यस अघि उहांको 'प्रवासका सुस्केरा' नामक कविता संग्रह प्रकाशित भइसकेको छ ।

कार्यक्रममा साहित्यकार गोविन्द गिरी 'प्रेरणा' ले नेपाली मुर्धन्य साहित्यकारहरु कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भूपि शेरचन, हृदयचन्द्र िसंह प्रधानलगायतका व्यक्तित्वहरुका काव्य यात्रा सम्बन्धमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुबेदीले प्रवासमा साहित्य विस्तारकोलागि सवैको सहयोग चाहिने कुरा बताउनु भयो ।

प्रमुख अतिथि आनन्दप्रसाद शर्माले अनेसासले नेपाली साहित्यको जगेर्ना गर्न पुर्याएको योगदानको प्रसंशा गर्दै आफैद्धारा रचित छन्दबद्ध कविता वाचन गर्नु भएको थियो ।

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज 'अनेसास'
वाशिङ्गटन डिसी, मेट्रो च्याप्टर

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?