Inside

All Time Top 50 News

नारी दिवसको अवसरमा विशेष कविता: बिचारको युद्ध- दीपा राई पुन मगर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Deepa Rai Pun Magar   
Saturday, 05 March 2016 07:30

मेरो आत्मबिश्वास सल्बलाउँछ
यो धर्तीमा एक दिन
समयले आन्दोलन गर्नेछ
मानव समताको आवाजमा
समभावको हाँक गरेर
युद्ध हुनेछ-
बिचारको ।

Poet Deepa Rai Pun Magar. Photo courtesy: Deepa Rai Pun

हो ! आज
त्यहिं तयारीको
कुरा गरौं
आफ्नै कुंठित बोधलाई
अभ्यंतर नजरले हेरौं
सह-अस्तित्वको प्रौढ़तालाई
ग्रहण गरौं
नभए फेरि हार्छौं  
सदियौंबाट हारेको हामी ।

युद्ध जान अगाडि
हामीलाई लादेको
देउकी तोडनु छ
छाउपडी भत्काउनु छ
झुमाको कुरा सुन्नु छ
अनि कमलरीको मर्मस्पर्शी गाथा
यस्तै यस्तै रूढ़ि-प्रिय कथा
सुनेर शान्त पार्नु छ दुखेको अंतरंग
अनि तोड्नु छ, फोड्नुछ
संकुचनका पर्खालहरु
बिचारका शिखंडीले !

Poet Deepa Rai Pun Magar and her mother Bimala Chamling Rai in their youthful days. Photo courtesy: Deepa Rai Pun

विवाहको सौदाबाजी
दाइजो कै कारण
जलेर तडपी मरेका आत्माहरूलाई
बिचारको युद्ध गर्न
फेरि जन्माउँनु छ यो धर्तीमा
राउटे र चेपाड्ग नारीका
चरचरी फुटेका खुट्टामा
अझै पनि चप्पल छैन
हातमा कलम छैन
भोको पेट
दबिएका आकांक्षाहरु
उस्तै छन् सदियौं झैं
समयान्तरले कुनै शेष गरेको छैन यो विभेद
हो, त्यहि अवशेषको पर्यवसान  गर्न
बिचारको जंग लड्नुछ ।
यस्तै निश्चल र निर्दोष नारीहरूलाई
थमाउनुछ लेखनी
अलिकति चेतनाको घुटका
संजीवनी पिलाउँनु छ
जीउनुको अर्थ बुझाउनु छ ।

घरकै आँगनमा भनौं
हामी पनि सँगै हिड्छौं
जहाँसम्म तिमी हिड्छौं
तिम्रो आँखाको सपनाहरूले
मेरो आँखामा पनि बास माग्छ
हामी सँगसँगै ओर्लिएका हौं
यो धर्तीको छातीमा
म मात्र कसरी दुर्बल र दासी भएँ ?

फेरि पनि संस्कृतिको नाममा
बदनाम नबनोस् नारी
नबनाईयोस् अबला
हामी नारीको त्यौहारमा एउटा प्रण गरौं
आज एउटा सम्झौता गरौं
हामी मलम बनेर घाउहरुमा
अ-मृत बनेर मृत्युमा
प्रेरणा बनेर जीवन भर
उत्साह, उमड्ग, साहसको नाममा
अनि मात्र हुनेछ
एउटा वशवर्ती आमाको
सारा सन्तान शिक्षित
शिक्षा र चेतनामा हुर्केकी
मानव चोलाको नारी स्वाभिमान
सायद त्यहिँ बेला
नारी मान्छे हुन्छ
बिचारको युद्धमा
हर्षले बिचारकै अस्त्र बोकेर
अग्र पंक्तिमा
जब नारी हुन्छिन्
तब पो स्वर्ग बन्दछ परिवेश
दिक्पाल बन्दछन् सन्तानहरु ।

हो, आज त्यहि तयारीको
कुरा गरौं
त्यहिँ बेला
युद्धको बिगुल फुके पछि
नारी दिवस मनाउँ।

-Deepa Rai Pun Magar
Boston, Massachusetts, USA

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.