NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

साहित्यकार डायमण्ड शमशेर राणा र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई एउटै अस्पातलमा सिकिस्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 03 March 2011 18:10

काठमाडौं-  चर्चित साहित्यकार डायमण्ड शमशेर राणा विमार भएपछि अस्पताल भर्ना भएका छन् भने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सिकिस्त भई एउटै अस्पातलमा उपचारतछन्।


वरिष्ठ साहित्यकार डायमण्ड शमशेर राणाको स्वास्थ्यस्थिति कमजोर भएपछि उपचारकालागि अस्पताल भर्ना भएका छन् । लामो समयदेखि डायविटिजबाट पीडित साहित्यकार राणाको शरीरमा हेमोग्लोबिनको मात्रा कम भएकाले अचेत अवस्थामा पुगेकाले उनलाईपनि भट्टराईलाई राखिएकै नर्भिक अस्पतालमा उपचारकालागि भर्ना गरिएको हो । साहित्यकार राणाका सेतो बाघ, वसन्ती, सत्प्रयास र अनिताजस्ता उपन्यास चर्चित छन् ।

घुँडा दुख्ने, अनुहार सुन्निने र उच्च रक्तचापबाटसमेत लामो समयदेखि पीडित रहेका ९४ वर्षीय साहित्यकार राणाको पछिल्लो समयमा मुटु र मिर्गौलामा पनि खराबी देखिएको चिकित्सक भरत राउतले जानकारी दिएका छन् । राणालाई दुई वर्षअघि हृदयघातबाट पीडित भएपछि चिकित्सक राउतकै चिकित्सक टोलीले उपचार गरेको थियो ।

उता, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था अत्यन्त जटिल मोडमा पुगेको छ ।

उपचारमा संलग्न चिकित्सक भरत रावलकाअनुसार भट्टराईको स्वस्थ्य पुरानै अवस्थामा ल्याउने प्रयास जारी छ तर सुधार भने आएको छैन । ८७ वर्षिय भट्टराईलाई पाइपबाट खाना खुवाउने प्रयास पनि असफल भएको छ । यही मंगलबार बिहानदेखि भट्टराईको पिसाब हुन सकेको छैन ।

भट्टराई माघ २९ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत थिए । भट्टराईलाई बुधबारदेखि व्यथाले च्यापेको हो । उनलाई बुधबारदेखि चिकित्सकको निगरानी रहने कोठामा राखिएको छ । उनको स्वास्थ्य सुध्रेर पूर्ववत अवस्थामा फर्कने आशा कम गरिएको छ ।


-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?