NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

साहित्यकार डायमन शमशेर राणाको अबसान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 04 March 2011 16:49

काठमाडौं- साहित्यकार डायमन शमशेर राणाको ९४ वर्षको उमेरमा निधन भएको छ । राणाको नर्भिक अस्पतालमा फागुन २० गते निधन भएको हो ।


लामो समयदेखि मधुमेह रोगबाट पीडित साहित्यकार राणाको शरीरमा हेमोग्लोबिनको मात्रा कम भएकाले अचेत अवस्थामा पुगेपछि नर्भिक अस्पतालमा १७ फागुनमा भर्ना गरिएको थियो । पारिवारिक सुत्रकाअनुसार राणा लामो समयदेखि घुँडा दुख्ने अनुहार सुन्निने र उच्च रक्तचापबाट पीडित थिए ।

साहित्यकार राणा दुई वर्षअघि ह्दयघातबाट पीडित भएपछि नर्भिक अस्पतालका चिकित्सक भरत राउतको टोलीले एनजिओप्लास्ट गरेको थियो । पाल्पाको ठुटेपीपलमा सन् १९१८ जुलाईमा जन्मेका राणा २००७ सालको जहानियाँ राणा शासन विरोधी क्रान्तिमा सहभागी थिए । राणा परिवारमा जन्मिएर पनि राणाशासन विरोधी २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका बेला गिरफ्तारमा परेर सिँहदरवारमा थुनिएका थिए ।

राणाको ऐतिहासिक उपन्यास बसन्ती, सेतो बाघ, सत्प्रयास, प्रतिवन्ध, अनिता, धनको धब्बा र गृह प्रवेशलगायत उपन्यास प्रकाशित बहुचर्चित छन् । बसन्ती उपन्यास हिन्दीमा तथा सेतो बाघ फ्रान्सेली जापानी र अङ्ग्रेजी भाषामासमेत अनुवाद भएको छ ।

Dimond Samser Rana. Photo courtesy: विश्व नेपाली साहित्य महासंघ (Global Federation of Nepali Literature): http://gfnl.org.np/

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?