Inside

All Time Top 50 News

शान्तीका अग्रदूत महामानब बुद्धको जन्मस्थल कपिलबस्तु: हिजो, आज र भोली PDF Print E-mail
Share
User Rating: / 12
PoorBest 
Written by Bhanu Poudyal   
Tuesday, 01 December 2009 16:08

बिशेष फिचर: सन्दर्भ: कपिलवस्तु दिवस
शाक्यमुनी बुद्ध र उनको जन्मस्थल कपिलवस्तु (लुम्बिनी) नेपालीले मात्र हैन सारा विश्वले नै गर्व गर्ने धरोहर हो। महामानब बुद्ध नेपालीहरुको राष्ट्रीयता र राष्ट्रीय एकताका प्रतिकहरुमध्ये सबैभन्दा दरीला प्रतिक हुन्।

 


नेपालको दक्षिणी जिल्ला कपिलवस्तु प्राचिन कपिलबस्तु गणराज्यको केन्द्र, सांख्य दर्शनका प्रणेता ऋषि कपिलको तपोभूमी तथा गुरुकुल र शाक्यमुनी बुद्धको जन्मस्थल हो।

भनिन्छ, ऋषि कपिलद्वारा प्रतिपादित प्रकृती र पुरुषको द्वैदतामा आधारित दर्शनको जन्मभूमी भएका कारणले प्राचिनकालमा यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो। कक्रुछन्द बुद्धको जन्मभूमी गोटिहवा र कनकमुनी बुद्धको जन्मभूमी निग्लिहवा (निग्लीसागर) पनि यसै जिल्ला अन्तरगत पर्दछन्।

Ashoka Pillar at Niglihawa. This pillar was brought and erected by Emperor Ashoka in 249 B.C. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.

शाक्यमुनी बुद्धको खास जन्म स्थल लुम्बिनीमा एक प्राचिन शिवलिङ्ग पनि छ।

Shiva Linga at Kudan. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.

शाक्यमुनी बुद्धलाई हिन्दूहरुलेसमेत विष्णुको दशम अवतार मान्ने भएकोले बिश्वभरी छरिएर रहेका हिन्दू तथा बुद्ध धर्मावलम्वीहरु र शान्ती र समानताका पक्षधरहरुकालागी कपिलवस्तु र कपिलवस्तु अन्तर्गत लुम्बिनीको त्यति नै महत्व छ जति यहुदी, क्रृस्चियन र मुस्लीमहरुकोलागि जेरुसालमको महत्व छ।

भौगोलिक अवस्थिती

कपिलवस्तु अन्तर्गतको लुम्बिनी काठमाण्डौबाट ३०३ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। प्राचिन कपिलवस्तुको राजधानी तौलिहवा लुम्बिनीबाट २० किलोमिटर पश्चिममा पर्दछ भने यस प्राचिन गणराज्यको सानो हिस्सा भारतमासमेत पर्दछ। शाक्यमुनी बुद्धको मामा घर अथवा माता मायादेवीको माइति घर देवदह भने लुम्बिनी भन्दा ३० किलोमिटर पूर्व रुपन्देही जिल्लामा पर्दछ। कक्रुच्छन्द बुद्धसंग सम्बन्धित निग्लिहवा तौलिहवाबाट करिव १० किलोमिटर पश्चिममा पर्दछ। कपिलवस्तु जिल्लाभरिमा शाक्यमुनी बुद्धसंग सम्बन्धित १३८ वटा पुरातात्विक तथा तिर्थस्थलहरु छन्। हरियालीले भरिपुर्ण पर्वत शृङ्खलाहरुको काखमा रहेको बुद्ध र हिन्दू धर्मावलम्वीहरुकोलागि पावन कपिलवस्तु र देवदह अन्य पर्यटकहरुकोलागिसमेत अत्यन्त रमणीय पनि छन्।

ऐतिहासिक  पृष्टभूमी

शाक्य बंश

This famous Nativity sculpture was carved in the 4th century AD. It depicts the birth scene of Buddha. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.

कपिलवस्तु गणराज्यका नेतृत्वकर्ता शाक्यहरु प्राचिनकालमा तत्कालिन अयोध्यामा सासन गरिरहेको इच्छ्वकु बंशवाट आएका थिए। पहिलो इच्छ्वकु राजाकी पहिली श्रीमतीका जेठा छोरालाई आफ्नी आमाको मृत्युसंगै देश निकाला गरीएको थियो। देश निकाला पछी यी राजकुमार आफ्नो मातृभूमीको उत्तर तर्फ पहाडको काछमा बसाई सरे। आफूलाई गौतम गोत्रका सूर्यबंशीय क्षेत्री मान्ने कपिलवस्तुका प्राचिन शाक्यहरुलाई ईतिहादबिद् डिल्लीरमण रेग्मीले यीनै इच्छ्वकु राजकुमारका सन्तानहरु मानेका छन्।

Twin Stupas of Kapilbastu. The big stupa measures 52 foot in diameter and 7 inches and half foot height constructed in 4th century BC. The small stupa was built in the 1st century BC. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.

शाक्यमुनी बुद्धको जन्म र कपिलवस्तुको उन्नती

सन ६२३ बि. सि. मा शाक्यमुनी बुद्धकी माता मायादेबी माइती घर देवदहबाट पति घर तौलिहवा जांदाजादै बाटैमा बालक शिद्धार्थ गौतमको जन्म भएको थियो। यीनै बालक शिद्धार्थ अहिले शाक्यमुनी बुद्धको नामले र उनको जन्मस्थल लुम्बिनीको नामले बिश्व प्रशिद्ध छन्। तत्कालीन अवस्थामा उन्नतशील शाक्य गणराज्य कापिलवस्तु शाक्यमुनी बुद्धको प्रशिद्धीसंगै सम्पन्न पनि हुंदै गयो। ठुलो संख्यामा स्तूप र बिहारहरु निर्माण भए। बिभिन्न यात्रीहरु र पुरातत्वबिद्हरुको अनुसार सिङ्गो कपिलवस्तु झकिझकाउ थियो। स्वयम सम्राट अशोकले लुम्बिनी र निग्लीहवामा स्तूपहरु निर्माण गरी शिलालेखसहितका पाषाण स्तम्भहरु खडा गरेका थिए। कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रभरी छरिएर रहेका पुरातात्वीक महत्वका स्थान र सामाग्रीहरु प्राचिन कपिलवस्तुको उन्नतीका जीबित साक्षी हुन्।

The sacred pond with archaeological remains of ancient stupas in Lumbini. The holy pnd where Prince Siddharth was given first purification bath soon after the birth. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.

दुर्दशाका शताव्दीहरु

सम्राट अशोकले २६४ बि. सि. मा निग्लीहवा र २४९ बि. सि. मा लुम्बिनी भ्रमण गर्दा कपिलवस्तु उन्नत र बौद्ध भिक्षुहरुको केन्द्र थियो। दुर्भाग्यबश यो सर्वतोमूखी सम्पन्नता धेरै शताव्दीहरु सम्म रहन सकेन। सन ४०३ मा चिनिया यात्री फा सियानले देखेको लुम्बिनी दर्दनाक स्थितिमा थियो। उनले लुम्बिनीमा त्यागिएका बौद्ध बिहारहरु र कपिलबस्तुमा खण्डहर शहर देखेका थिए। फा सियानले भ्रमण गरको करीव २०० बर्ष पछी अर्का चिनिया यात्री तथा बौद्ध भिक्षु हुयान साङ्गले भत्किएका १००० वटा बौद्ध बिहारहरु र चट्याङले भांचिएको अशोक स्तम्भको बर्णन गरेका छन्।

This archaeological site in Gotihawa is the birth and enlightenment place of Karkchhanda, the first Buddha. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.

लुम्बिनी र कपिलवस्तुमा बचेखुचेका मूर्ती र बिहारहरु पनि चौधौं सताव्दीमा आक्रमण गर्न आएका मुगलहरुले तालिवानले अफ्घानस्तानमा बामियां बुद्धको मूर्तीहरु ध्वस्त पारेको शैलीमा सङ्हार गरिदिए। त्यसपछी लगभग बिर्सिएको लुम्बिनीलाई सन् १११३ मा बर्तमान पश्चिम नेपालमा पर्ने एक गणराज्यका तत्कालीन राजा रिपु मल्लले दर्शन गरेका थिए तर कपिलवस्तुको उद्दारमा कुनै काम हुन सकेन। अन्तत: लुम्बिनी निर्जन जङ्गलमा परिणत भयो। १८९६ मा पाल्पाका तत्कालीन गभर्नर खड्ग सम्सेर ज. ब. रा. ले उत्खनन र जर्मन पुरात्त्वबिद् डा. एन्टोन फुहररले अशोक स्तम्भको प्रमाणिकरण गर्दासम्म कपिलवस्तु आफ्नो अस्तित्वको खोजीमा तड्पिरह्यो।

This stupa in the Ramgram is the Eight of the Relic (Astha Dhatu) stupa of the Buddha. The Koliyas enshrined the relic of the Buddha and erected the stupa in 6th century BC. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.

खड्ग सम्सेर, डा. फुहरर र उत्खननका सिलसिलाहरु

सौखिन पुरातत्वबिद् खड्ग सम्सेरले १८९६ मा लुम्बिनीमा आशोक स्तम्भ फेलापारेपछि तत्त्कालिन ब्रिटिस इन्डियाका कर्मचारी डा. एलोइस एन्टोन फुहररले उत्खननलाई अगाडी बढाए। डा. फुहररको उत्खनन र डिसेम्बर १, १८९६ मा अशोक स्तम्भको प्रमाणिकरण लुम्बिनी र समग्रमा कपिलवस्तुको संरक्षण र बिकासकोलागि कोसे ढुङ्गा प्रमाणीत भयो। अशोक स्तम्भमा भएको शिलालेख, जसमा अशोकको भ्रमण र बुद्ध प्रतिको उनको समर्पण, बुद्धको जन्मस्थान लुम्बिनी भएको जानाकारी र बुद्ध जन्मस्थलका बासिन्दाहरुलाई अशोकले गरेको कर माफीकोबारेमा बर्णन गरिएको छ, बुद्ध सम्बन्धी अनुसन्धानको आधार बन्यो।

.... being updated

सन् १८९९ मा पि के मुखर्जीले उत्खननलाई अझ अगाडी बढाए भने १९६१ मा देवला मित्राले इटाले बनेको मन्दीरको भग्नावसेष र त्यस भित्र मायादेबीले बुद्धलाई जन्म दिएको अवस्था झल्किने मूर्ती फेला पारिन्। यिनै पुरातत्वबिद्हरुका अथक परिश्रम र अद्वितीय उपलब्धीहरुले गर्दा लुम्बिनी सन् १९९७ देखी UNESCO को बिश्व सम्पदा सूचिमा सूचिबद्ध छ।

उ थान्त र संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ मा कपिलवस्तुको भ्रमण गरे। उनको यस भ्रमणले कपिलबस्तुलाई सम्बर्धन र बिकासको कामलाई अन्तरराष्ट्रीय चासोको बिषय बनाउन सहयोग गर्‍यो। उ थान्तकै प्रयासको परिणाम स्वरुप १९७० मा १३ देशहरुको प्रयासमा गठित लुम्बिनी बिकास कोश लुम्बिनीलाई अन्तरराष्ट्रीय धार्मिक पर्यटन तथा शान्ती केन्द्रको रुपमा बिकासित गर्न प्रयत्नरत छ। उ थान्तकै पद चिन्ह पहिल्यउंदै १९७९ मा सं. रा. स. का नया महासचिव कुर्त वाल्ढेइमले जापानिज बष्तुशास्त्री केन्जो ताङ्गेले तयार पारेको गुरु योजानालाई कार्यान्वन गर्नकोलागी आर्थिक सहयोग प्रदान गर्न बिश्वका देशहरु तथा संघ संस्थाहरुलाई आह्वान गरेका थिए।

१९९३ मा बुत्रोस बुत्रोस घालीले र १९९८ मा कोफि अन्नानले समेत कुर्तकै भाषा दोहोर्‍याएपनि लुम्बिनीको अपेक्षित द्रुत गतिमा बिकास भने हुन सकेको छैन।

सन् १९८९ मा लुम्बिनीको बारेमा तत्कालीन सं. रा. स. का महासचिव हावियर पेरेज द कुयारले लुम्बिनीलाई सांस्कृतिका  आदान प्रदान र शान्तीको केन्द्रको रुपमा ब्यख्या गरेका  थिए। बर्तमान महासचिव बान कि-मुनले २००८ मा लुम्बिनी र गौतम बुद्धको बारेमा बोल्ने सिलसिलामा बुद्धको शिक्षाले बिभिन्न बिचार र संस्कृति बोकेका मानिसहरुमा शान्ती, सह-अस्तित्व र आत्ममूल्याङ्कनको बिकास गर्न सहयोग पुर्‍याउने कुरामा आफ्नो बिश्वास रहेको कुरा ब्यक्त गरेका छन्।

बिश्वका बिभिन्न देशहरु आन्तरीक र बाह्य स-शस्त्र द्वन्द र बिदेशी कुटनैतिक दबाबमा फसिरहेकोबेला उत्पादनका साधनहरुको समानुपातिक बितरण र दीगो शान्तीको पक्षमा संयुक्त राष्ट्र संघ दह्रो रुपमा उभिने छ र शान्ती, समानता र सह-अस्तित्वका प्रचारक शाक्यमुनी बुद्धको जन्स्थलको संरक्षण र बिकासमा बिशेष जोड दिनेछ भन्ने आशा गर्न सकिन्छ।

कपिलवस्तु सम्बन्धी भ्रमहरु

यथेष्ट प्रमाणहरुले नेपालमा अवस्थित कपिलवस्तु जिल्ला प्राचिन कपिलवस्तु गणराज्य भएको कुरा सिद्ध गरिसक्दा पनि अन्तरराष्ट्रीय बुद्धीबजारमा केही भ्रमहरु छरिएका छन्। केही भ्रमहरु पश्चिमी लेखकहरुवाट छरिएको छ भने केही भारतीय बिस्तारबादी सासक बर्गबाट।

Ashoka Pillar in Lumbini.

पश्चिमी लेखकहरुले बुद्धलाई भारतीय राजकुमार भन्ने गरेका छन्। हिन्दू धर्म शास्त्रमा उल्लेखित दन्त्यकथाका सम्राट भरत  इतिहासको कुनै पानामा पनि भेटिदैनन। महाभारत र रामायणलेसमेत बर्तमान दक्षिण एसियमा बिभिन्न राज्य/गणराज्यहरु भएको देखाउछ। यसर्थ चन्द्रगुप्त मौर्यभन्दा पहिले बिशाल भारत केही पौराणिक लेखकहरुको कल्पनामा मात्रै थियो। ईतिहास अनुसार चन्द्रगुप्त मौर्य बुद्ध जन्मेको करीव पौने दुई सय बर्षपछि राजा भएका थिए। यस हिसाबले चन्द्रगुप्त मौर्यको राज्य भित्र कपिलवस्तु गणराज्य पर्ने कुरा पनि आएन। त्यो एक स्वतन्त्र गणराज्य थियो। त्यो गणराज्यका प्रमूख क्षेत्रहरु हालको नेपालमा पर्दछन् भारतमा हैन। त्यस कारण शिद्धार्थ गौतम या शाक्यमुनी बुद्ध प्राचिन कपिलवस्तु गणराज्यका राजकुमार थिए भारतका हैन।

.... being updated

केही भारतीय तथाकथित बिद्वानहरु अशोक स्तम्भको प्रमाणिकतामाथिसमेत प्रश्न चिन्ह उठाउने कोसिस गरिरहेका छन्। यसरी प्रश्न उठाउनेहरुको लाममा एक बेलायती लेखक चार्ल्स आलेन पनि पर्दछन्। तर भारतीयहरुको नियतमा खोट छ भने श्री आलेनको बुझाईमा। चार्ल्स आलेनले लुम्बिनी अहिले मानिएको लुम्बिनीमा नभएर बाणगङ्गाको किनारामा रहेको तिलोराकोटतिर हुने कुरा अनुमान लगाएका छन्। प्रमाणित कुरा के हो भने शिद्धार्थ गौतमको बालापन तिलौराकोटामा बितेको थियो।

Kudan historical site where it is believed that Buddha had met his father for the first time.... being updated


महायान बौद्धमार्गीहरुका अनुसार साक्यमुनी बुद्धभन्दा पहिले अरु बुद्धहरु पनि थिए। कनकमुनि, कक्रुछन्द, दीपङ्कर र तारा आदी शाक्यमुनी बुद्धभन्दा पहिलेका बुद्धहरु हुन्। सम्राट अशोकले खडागरेको निग्लिहवाको स्तम्भबाट पनि महायानीहरुको दाबिलाई पुष्टी गरेको छ। लुम्बिनीमा स्थापित स्तम्भलाई शाक्यमुनी बुद्धलाई समर्पण गरेजस्तै लुम्बिनीमा भन्दा १५ वर्ष पहिले निग्लिहवामा स्थापित स्तम्भलाई उनले कनकमुनी बुद्धलाई समर्पित गरेको कुरा लेखिएको छ। बुद्ध बिहार र स्तुपहरु संसार भरिनै एकै खाले देखिन्छन्। यसर्थ केरलामा वा ओरिसामा स्तम्भ, बुद्ध बिहार र स्तुपहरु भेटिए यसर्थ कपिलवस्तु त्यहि हो भन्नु बौद्विक बेईमानी हो। भारतको पिपराहवामा स्तुपहरु भेटिए भन्दैमा लुम्बिनीको अशोक स्तम्भमा लेखिएको शिलालेख मेटिने हैन।

बर्तमानमा लुम्बिनी

लुम्बिनीलाई अन्तरराष्ट्रीय तिर्थ तथा शान्ती केन्द्रको रुपमा बिकास गर्ने काम भईरहेको छ। लुम्बिनी बिकास कोष र ईन्जिनीतरिङ अध्ययन संस्थान, पुल्चोक क्यम्पस आफ्नो आर्थिक, भौतिक र बौद्विक क्षमता अनुसार अथक परिश्रम गरिरहेका छन्।

मायादेबी मन्दिर, अशोक स्तम्भ, पुस्करिणी पोखरी आदीलाई पुनर्स्थापित गरिसकिएको छ। भारत लगायत बिभिन्न देशका बौद्ध संध संस्थाहरुले स्तूपहरु, बिहारहरु र चैत्यहरु निर्माण गरेका छन्।

.... being updated


तर कपिलवस्तु अझै पनि सबा दुई हजार बर्ष अघिको बैभवको प्रतिक्षामा छ।



उपसंहार

नेपालका हिसावले अहिले राष्ट्रीयता र राष्ट्रीय एकताका सूत्रहरु र ति सूत्रहरुलाई ब्यबहारिक पुष्टी गर्ने धरोहरहरुको खोजी र बिकासको समय हो। शाह राजशाहीले थोपरेको राष्ट्रीयता र राष्ट्रीय एकताका परिभाषाहरुलाई खारेज गर्दै नयाँ जनआधारीत र जनपृय परिभाषाहरुको बिकास गर्ने समय हो। शाक्यमुनी बुद्ध र उनको जन्मस्थल कपिलवस्तु (लुम्बिनी) नेपालीले मात्र हैन सारा विश्वले नै गर्व गर्ने धरोहर हो।

महामानब बुद्ध नेपालीहरुको राष्ट्रीयता र राष्ट्रीय एकताका प्रतिकहरुमध्ये सबैभन्दा दरीला प्रतिक हुन्। बुद्धको शान्ती, समानता, र चराचर जगतको सह-अस्तित्वको सन्देशलाई एक धर्मको सांघुरो दायराभित्र राख्न सकिदैन। मूर्ती-पूजाका बिरोधी शाक्यमुनी बुद्धले आफूलाई कहिल्यै नया धर्मको जन्मदाता र ईश्वर भएको घोषणा गरेका छैनन्। मानवताका पुजारी बुद्धलाई एउटा धर्मको दायराभित्र बाध्नु उनि र उनको दर्शनप्रति अन्याय गरेको ठहरिन्छ। बुद्ध सम्पूर्ण मानव जगतका उत्कृष्ठ शिक्षक हुन्। यसर्थ, बुद्ध र लुम्बिनीको बिकास र प्रचार प्रसार गर्नु प्रत्येक नेपालीको कर्तब्य हो।

Santi Deep in Lumbini. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.

संरासका महासचिव बान कि-मुनले भने झै बिभिन्न बिचार र संस्कृति बोकेका मानिसहरुमा शान्ती, सह-अस्तित्व र आत्ममूल्याङ्कनको बिकास गर्न वुद्ध र उनका शिक्षाको बिशेष महत्व छ। देश, जाती र धर्मको आधारमा इतिहास र तथ्यहरुलाई तोडमरोड गरियो भने दक्षिण एसियाको बाट फैलिएको शान्तिको दिप मुर्झाउन सक्छ। मानव जातिवीच बिभाजनका रेखा कोरिनुभन्दा समानताका बिन्दुहरु खोजिनुले दीगो शान्ती, समानता, सामाजिक न्याय र सम्बृद्धिको पक्षमा विश्वलाई डोहोर्‍याउने छ।

बुद्धका सकारात्मक शिक्षाहरुको अध्ययन र उनका बिचार र उनको जन्मसंग सम्बन्धित स्थान र वस्तुहरुको निरन्तर प्रचार यस दिसामा हामी सबैले पुर्‍याउन सक्ने योगदान हुन सक्दछन्। यसर्थ, विश्वका सबै न्याय र दीगो शान्तीका पुजारीहरुले कपिलवस्तु र लुम्बिनीको भ्रमण, प्रचार प्रसार र बिकासको अभियानमा हातेमालो गर्नु अत्यन्त आवश्यक छ। अस्तु।

-Bhanu Poudyal in Canada

सन्दर्भ सामाग्रीहरु:

http://www.snowlionpub.com/pages/appeals10.html
http://www.lonelyplanet.com/nepal/the-terai-and-mahabharat-range/lumbini/history
http://www.lumkap.org.uk/Lumbini%20On%20Trial.htm
http://www.lumbinitrust.org/messageunsg.htm
Stupas of previous Buddha, B. Gosh , http://himalaya.socanth.cam.ac.uk/collections/journals/bot/pdf/bot_1989_03_03.pdf
Ancient inscriptions of Nepal, D. R. Regmi, Abhinav Publications, New Delhi, 1983
Lumbini for peace and pilgrimage, (Ancient Nepal, Journal of Department of Archaeology,  Government of Nepal, October 1967), T .R. Vaidya
The Buddha and Dr Fuhrer: An Archaeological Scandal, Charles Allen, Haus Publishing Limited, UK, 2008

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.