NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ए ! क्यै भन्न हुन्न गाँठे पदै पो जाने ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 07 February 2011 10:32

काठमाडौं- पार्टी नयाँ सरकारमा जानुपर्ने र पार्टी सरकारमा जाँदा यसअघि पटक पटक सरकारमा गैसकेका पार्टी अध्यक्ष जान नपाउने निर्णय गर्नुपर्ने माग गरेपछि सदभावना पार्टीका महामन्त्री अनिलकुमार झा पार्टीबाट निस्कासनमा परेका छन् ।



पार्टीभित्र यो धारणा राखेकै आधारमा उनलाई निस्कासन गरिएपछि सोही दलपनि विभाजनको संघारमा पुगेको छ । उता सरकारमा जाने मनस्थिति बनाएको तमलोपाबाट विभाजित तमलोपा नेपाललाई चाहिँ सरकारमा जानबाट रोक्न अन्य मधेशवादी दल सफल भएका छन् ।

सदभावना श्रोतका अनुसार, सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री अनिलकुमार झाले पार्टी नयाँ सरकारमा जानुपर्ने धारणा राखेका थिए । 'पार्टी अध्यक्ष राजेन्द्र महतो पटक पटक सरकारमा गैसक्नु भएको छ, त्यसैले उहाँ कथित मधेशी मोर्चाको निर्णयको नाममा पार्टी सरकारमा जानु हुँदैन भन्दै हुनुहुन्छ' झाले भनेका थिए- 'मधेशी मुद्धा सम्बोधन गर्नपनि पार्टी सरकारमा जानु पर्छ, तर पार्टी सरकारमा जाँदा पार्टी अध्यक्ष चाहिँ जान नपाउने निर्णय गर्नुपर्छ ।'

लोकतन्त्रको स्थापना भएपछि पार्टी सबैजसो सरकारमा गएको बताउँदै झाले, तर पार्टीले सरकारमा गएर मधेशको पक्षमा काम गर्न नसकेको उल्लेख गरेका थिए । 'मधेशी मुद्धा नहेर्ने खालि आफ्नो स्वार्थमात्र हेर्ने उहाँको प्रबृतिका कारण यस्तो भयो' झाको भनाई थियो- 'त्यसैले, मधेशी मुद्धा सम्बोधनकालागि पार्टी सरकारमा जानु पर्छ, तर आफू सरकारमा जाँदा मधेशको पक्षमा केही गर्न नसक्ने पार्टी अध्यक्ष राजेन्द्र महतो चाहिँ सरकारमा जान पाउनु हुन्न, आजको बैठकले यो निर्णय गर्नुपर्छ ।'

पार्टीमा आफ्नो विरोध गर्दै यस्तो धारणा राखेपछि अध्यक्ष महतो झासँग निकै आक्रोसित भएका थिए । अघिल्ला प्रधानमन्त्रीका निर्वाचनहरुमा झण्डै झण्डै फुटिसकेको आफ्नै पार्टीका शक्तिशाली महासचिव झाले पार्टी सरकारमा जानुपर्ने, तर अध्यक्षलाई यसपटक जान दिन नहुने धारणा राखेपछि उनले झाले पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै निस्कासन गरिएको निर्णय गराएका हुन् । उनलाई महासचिवमात्र होइन, साधारण सदस्यबाटै निस्कासन गरिएको बताइएको छ ।

श्रोतका अनुसार, पार्टी सरकारमा जानुपर्ने र सरकारमा जाँदा आफूले नेतृत्व गर्न पाउनुपर्ने मनस्थिति बनाएका झा पार्टी विभाजन गरिहाल्ने पक्षमा भने थिएनन् । उता, यसअघि नै महतोप्रति असन्तुष्ट खोभारी राय लगायतका सभासदहरु चाहिँ नेतृत्व गर्नेको अभाव र आवस्यक सभासदहरु नपुग्दा विभाजन गर्न सकेका थिएनन् । विभाजनको पक्षमा नै नरहेका झालाई पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै निस्कासन गरिएपछि उनीपनि पार्टी विभाजन गर्ने मनस्थितिमा पुगेका छन् । महतोको कार्यशैलीका कारण असन्तुष्ट रहेका उनलाई अब विभाजन गर्ने कारणपनि जुरेको छ ।

सम्बिधान सभामा सो पार्टीको ९ सिट छ । पार्टी विभाजन गरी सम्बिधान सभामा पार्टीले बैधानिकता पाउन ४ जना सभासदहरुको आवस्यकता पर्छ । श्रोतको भनाईमा यदि झाले पार्टी विभाजन गरिहाले भने उनको पक्षमा त्यति सभासद पुग्ने स्थिति छ । त्यसो भएमा उनको नेतृत्वमा बन्ने नयाँ पार्टी सरकारमा जाने स्थिति बन्नेछ । यसअघि सम्बिधान सभामा रहेका सबै ठूला मधेशी पार्टीहरु विभाजित भैसकेका छन् । औपचारिक रुपमा विभाजन हुनबाट सदभावनामात्र बाँकी रहेको थियो । यो दलपनि विभाजित भएमा विभाजित हुने यो तेश्रो मधेशी दल हुनेछ ।

उता, सरकारमा जाने पक्षमा रहेको तमलोपा नेपाललाई सरकारमा जाने निर्णय गर्नबाट रोक्न अन्य मधेशवादी दलहरु सफल भएका छन् । प्रधानमन्त्री निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका विजय गच्छेदारलाई मतदान गरेपनि भर्खर तमलोपाबाट विभाजित भई बनेको यो तमलोपा नेपाललाई मोर्चामा सामेल गर्न तमलोपाले मानेको थिएन । त्यसपछि सो दलले सरकारमा सामेल हुने सोचाई बनाएको थियो । सो दल बर्तमान एमाले माओवादी सरकारमा सामेल भएमा अप्ठेरो पर्ने भएकाले अन्य दलहरु सो दललाई सरकारमा जान रोक्न प्रयत्नशील थिए ।

तमलोपा नेपाल सरकारमा गएमा खासगरी फोरम लोकतान्त्रिक र सदभावनालाई अप्ठेरो पर्ने स्थिति थियो । किनकी सो दलबाट विद्रोह गरी ती पार्टीका सभासदहरुले सरकारमा जाने निर्णय गर्न सक्थे । तमलोपा नेपाल सरकारमा नजाने भएपछि मधेशवादी दलहरुमध्येमबाट मधेश जनअधिकार फोरममात्र सरकारमा जाने सम्भावना देखिएको छ । सो पार्टीका अध्यक्ष उर्जा मन्त्रालयको नेतृत्वसहित उपप्रधानमन्त्री बन्ने योजनामा छन् ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?