NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पार्टी विभाजनमा अध्यक्ष महन्थ ठाकुरको हात रहेको आरोप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 12 January 2011 18:10

काठमाडौं- तेश्रो ठूलो मधेशी दल तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ महामन्त्रीसमेत उद्योगमन्त्री महेन्द्र यादवले पार्टी विभाजन गरी तमलोपा नेपाल बनाएपछि कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्न बसेको तमलोपाको बैठकमा पार्टीका अगुवा नेता-कार्यकर्ताले पार्टी विभाजनमा अध्यक्ष महन्थ ठाकुरको हात रहेको आरोप लगाएका छन् ।



उनीहरुले अध्यक्ष महन्थ ठाकुरलगायतका नेताले कार्यशैली नफेरे पार्टीमा फेरि विभाजन आउने चेतावनी दिएका छन् ।

विभाजनपछि गत बुधबारदेखि जनवर्गीय संगठनका अध्यक्षलगायतलाईसँगै राखेर भएको केन्द्रीय समितिको बैठक मा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । बैठकमा आइतबार आपुूले बोल्ने पालो आएपछि केन्द्रीय सदस्य सुभान अलीले पार्टी विभाजित गर्ने उद्योगमन्त्री पार्टीका वरिष्ठ महामन्त्री महेन्द्र यादवसँग पार्टी कार्यकर्तालाई कसरी चित्त बुझाएर राख्न सकिन्छ भन्ने कुरा सिक्न अध्यक्ष ठाकुरलाई सुझाब दिए ।

'दोस्ती भनेको उद्योगमन्त्री महेन्द्र यादव र राज्यमन्त्री दानबहादुर चौधरीको जस्तो हुनुपर्छ, उहाँ मन्त्री हुँदापनि सँगै हुनुभयो पार्टी छोड्दा पनि सँगै छाड्नुभयो' अलीको भनाई थियो- 'उद्योगमन्त्री यादवले आफ्नो राज्यमन्त्रीलाई चित्त बुझाएजसरी शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले शिक्षा राज्यमन्त्री गोविन्द चौधरी र खेलकुदमन्त्री गणेश नेपालीजीले राज्यमन्त्री चन्दा चौधरीलाई चित्त बुझाउन सक्नुभएको छ ?' स्मरणीय छ, तमलोपाबाट मन्त्री  र राज्यमन्त्री भएका नेताहरुबीच चर्को विवाद थियो ।

पार्टीको बुद्धिजीवी संगठनका महासचिव सुरेन्द्र झाले पनि यस्तै अभिव्यक्ति दिएका थिए । 'महेन्द्रजीले आफ्नो मन्त्रालयका राज्यमन्त्रीसहित ९ जना सभासदलाई लिएर पार्टी विभाजन गर्न सक्नुभयो अध्यक्षजी शुक्लाजी र हृदयेशजीसँग महेन्द्रजीले जसरी यतिधेरै सभासद् लिएर जान सक्ने खुबी छ ?' उनले चुनौतीको भाषामा भने- 'तपाईंहरुले पार्टी फुटाल्नुभो भने ३-४ जना पनि लिएर जान सक्नुहुन्न, सक्नुहुन्छ भने गरेर देखाउनोस् ।'

पार्टीबाट मन्त्री र राज्यमन्त्री बनेकाहरुबीच तीव्र मनमुटाव रहेको कुरा बोल्ने क्रममा भ्रातृसंठनका नेताहरुले बताइरहेकै वेला बैठकमा उपस्थित मन्त्री र राज्यमन्त्रीबीच आपसमा झगडासमेत भयो । शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले मुख खोलेरै भनेका थिए- 'यदि शिक्षामन्त्री शुक्लाजीलाई अध्यक्षजीले साइजमा ल्याउनुहुन्न भने यो पार्टी फेरि फुट्दैन भन्ने ग्यारेन्टी म गर्न सक्दिन ।' आफ्नै राज्यमन्त्रीले यस्तो बताएपछि शिक्षामन्त्री शुक्लाको अनुहार कालो भएको थियो ।

विद्यार्थी संगठनका अध्यक्ष सुरेश मण्डलले पार्टी अध्यक्ष महन्थ ठाकुरले तमलोपालाई कांग्रेसजस्तो बनाउन खोज्दा विभाजित भएको बताएका थिए । 'तपाईं कांग्रेसमा हुँदा गिरिजाबाबु एकजना मात्र निर्वाचित सभापति हुनुहुन्थ्यो र उपसभापति महामन्त्रीलगायत अन्य पदाधिकारी उहाँले मनोनयन गर्नुहुन्थ्यो' मण्डलको भनाइ थियो- 'अहिले कांग्रेस कति अघि बढिसक्यो, तपाईं भने गिरिजाप्रसाद कोइरालाको पालामा कांग्रेसजस्तै अध्यक्ष मात्र निर्वाचित हुने र अरुलाई आफूले मनोनयन गर्ने गर्दै हुनुहुन्छ, पार्टी विभाजित हुनुको प्रमुख कारण यही हो ।'

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?