NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसीलाई हात लिन पूर्व युबराज पारसद्वारा रात्रिभोज PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 29 August 2010 08:16

Exclusive: काठमाडौं- पछिल्लो समयमा निकै सकृय देखिएकापूर्व युवराज शाहले मधेशका आफ्ना समर्थकहरुलाई यसैहप्ता रात्रिभोज दिएका छन् ।

जलपानमा पूर्व युवराज्ञी हिमानीपनि सरिक थिइन् । पूर्व राज परिवारले राजतन्त्र पुनस्र्थापनाकालागि मधेशलाई आफ्नो रणनीतिक केन्द्र बनाउन थालेको संकेत एकपछि अर्का घटनाहरुले देखाउन थालेका छन् ।

निर्मल निवास श्रोतकाअनुसार, पूर्व युवराज पारशले शुक्रबार अपरान्ह बारा, पर्सा, रौतहटलगायतका जिल्लाका आफ्ना समर्थकहरुलाई निर्मल निवासमा जलपान गराएका हुन् । जलपानमा करिव ५० जनाको सहभागिता रहेको समर्थकले पारशलाई मधेशमा सकृय हुन आग्रह गरेका थिए ।

मूलत चार कारणले पूर्व राजपरिवारले मधेशलाई रणनीतिक केन्द्र बनाउन खोजेको देखिएको छ । एक, नेपालको जनसंख्याको झण्डै आधा भाग मधेशमा बसोबास गर्छ । मधेशलाई आफ्नो पक्षमा पार्न सकियो भने आफ्नोलागि पुरै नेपालमा आफ्नो अनुकूल हुनसक्ने अनुमान पूर्व राजा लगायत राजपरिवारका सदस्यहरुको छ ।

अर्को कारण हो, हिमाली भेगका अधिकांस जनता बौद्ध धर्मप्रति आस्थावान छन्, पहाडमा अधिकांस जनताको आस्थापनि हिन्दू धर्मप्रति त छ तर मधेशमा जस्तो कट्टरता पहाडका हिन्दूहरुमा छैन । त्यसैलेपनि पूर्व राज परिवारले धार्मिक कट्टरता भएका मधेशमा आँखा गाडेको देखिएको छ ।

मधेशको सबै सीमाना भारतसँग जोडिएको छ । सीमावर्ति क्षेत्रमा भाजपा लगायतका हिन्दूवादी पार्टी र संघ-संगठनहरुको अत्यधिक सकृयता छ । यस हिसावलेपनि धार्मिक राजनीति गर्दा भारतीय हिन्दूहरुकोसमेत समर्थन हासिल हुनसक्छ भन्ने विश्वास पूर्व राज परिवारमा देखिएको छ ।

अर्को एक कारणले पनि मधेश राजावादीलगायत सबैकालागि राजनीतिक महत्वको बन्ने गरेको जानकारहरु बताउँछन् । त्यो हो, मधेशको अस्थिर मनस्थिति । एकिकृत माओवादीका केन्द्रीय सदस्य प्रभु शाह ऐतिहासिक कारणले मधेशका जनता छिट्टै एउटा शक्तिको पक्षमा त, कहिले अर्को शक्तिको पक्षमा देखिने गरेको बताउँछन् ।

उनी भन्छन्- 'पहिल्यैदेखि मधेशमा कहिले उत्तरतिरबाट त कहिले दक्षिणतिरबाट आक्रमण हुने गर्थ्यो । आफ्नो सुरक्षाकालागि उनीहरु कहिले उत्तरतर्फका शासकहरुप्रति बफादार हुन बाध्य हुन्थे कहिले दक्षिणकाप्रति । यही ऐतिहासिक कारणले अहिलेपनि उनीहरुको मनोभावना अस्थिर देखिन्छ ।'

तथ्यहरुलेपनि यस्तै बताउँछन् । यही मधेश हो जसलाई २०४८ पछि नेपाली कांग्रेसले आफ्नो अभेद्य किल्लाको रुपमा गर्व गर्थ्यो । ०५६ सम्म मधेशकै मतबाट कांग्रेस बिजयी हुने गरेको थियो । ०५७-०५८ पछि मधेशमा माओवादी प्रभाव बढ्न थाल्यो । ०५८ र ०६०  को वार्ताकालमा माओवादीले गरेका सबैभन्दा ठूला सभाहरु मधेशमै भए । ०६३ को मध्यसम्म पुग्दा पुरै मधेश माओवादीमय भैसकेको थियो ।

तर यो स्थितिपनि लामो समय रहेन । ०६३ को मधेश आन्दॊलनपछि मधेशको राजनीतिक माहौलमा फेरि आकास जमिनको परिवर्तन आयो । त्यो आन्दोलनबाट मधेशी जनअधिकार फोरम मधेशमा नयाँ राजनीतिक शक्तिको रुपमा उदायो । ०६४ को सम्बिधान सभा चुनावमा मध्य मधेशमा फोरम नै मधेशको सबैभन्दा ठूलो दल हुन फग्यो ।

तर मधेशी दलहरुभित्रको सत्ता केन्द्रित द्धन्द र विभाजन आदिका कारण सम्बिधान सभाको  निर्वाचन यता मधेशवादी दलहरुपनि कमजोर भैसकेका छन् । माओवादी त अपेक्षाकृत मधेशमा कमजोर छँदैछ । 'मधेशमा सबै जसो राजनीतिक दलहरु कमजोर बनेका छन् सशस्त्र समूहरुको गतिविधिपनि खासै देखिन्न' मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ता भन्छन्- 'मधेशको मैदान खालि बन्दै गैरहेको छ भन्ने बुझेर ज्ञानेन्द्रले मधेशतर्फ आँखा लगाएका हुन सक्छन् ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?