NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेशी जनअधिकार फोरमद्वारा सरकार विरुद्ध आन्दोलनका कार्यक्रमको घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Thursday, 07 January 2010 14:01

काठमाडौं- सबै भन्दा ठूलो दल एनेकपा माओवादी मात्रै होइन चोथौ ठूलो दल मधेशी जनअधिकार फोरमपनि सरकार विरुद्ध आन्दोलनमा उत्रेको छ ।

मधेशी समुदायको मुद्दालाई सरकार वेवास्ता गरेको भन्दै फोरमले माघ २ गतेदेखि आन्दोलन गर्ने भएको छ ।

आफूहरुसँग विगतमा सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै फोरमले पुस २३ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौंस्थित पार्टी मुख्यालयमा सार्वजनिक गरिएको कार्यक्रम अनुसार माघ २ गते प्रचार प्रसार, ३ गते ७५ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ५ गते मधेशी सहिदप्रति श्रद्धाजली अर्पण, ७ गते सरकार जिल्ला प्रशासनमा जुलुस र ९ गते रौतहटमा विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी आन्दोलनमा थप कार्यक्रममा ११ गते जिल्ला सदरमुकाममा मसाल जुलुस, १४ गते जिल्ला प्रशासनमा १० देखि १२ बजेसम्म धर्ना, १५ गते सर्लाहीमा विरोध सभा, १६ गते सप्तरी र कैलालीमा विरोध सभा, १७ गते सरकारविरुद्ध कालोझण्डा प्रर्दशन र २० गते जुलुसप्रर्दशन तथा विरोध सभा रहेका छन् ।

पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेर सरकारले मधेशी जनतालाई धोका दिएको बताए । २०६४ भदौ मधेशी जनअधिकार फोरमसँग २२ बुँदे र २०६४ फागुनमा संयुक्त मधेशी मोर्चासँग सरकारले ८ बुँदे सहमति गरेको थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?