NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेशी जनअधिकार फोरमद्वारा माओवादीको व्यवहारप्रति कडा आपत्ति PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 22 November 2010 14:24

काठमाडौ- राजनीतिक समिकरणमा विगत केही वर्षयता एनेकपा माओवादी नजिक मानिएको मधेशी जनअधिकार फोरमलेसमेत व्यवस्थापिका संसदमा मंसिर ३ गते माओवादीले गरेको व्यवहारप्रति कडा आपत्ति जनाएको छ ।

आफ्नै संसदीय दलको कार्यालयमा मंसिर ६ गते पत्रकार सम्मेलन आयोजना गरेर फोरमले माओवादी शैलीलाईप्रति भ्रत्सना गरेको हो ।

पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले बजेट वि्रफकेस फुटाउने, अर्थमन्त्रीलाई लछारपछार गर्ने काम कुनै हालतमा संसदीय अभ्यास नभएको बताए । यादवले भने, 'छापामार शैलीको आक्रमण जंगलमा चल्ला तर संसदमा सह्य हुँदैन ।' माओवादीको यस्तो गतिविधिले बन्न लागेको सहमतिसमेत विगारेको उनको भनाई छ ।

माओवादीप्रति निकै आलोचित देखिएका यादवले एमालेले माओवादीबाटै यस्तो व्यवहार सिकेको बताए । विगतमा एमालेले रामचन्द्र पौडेललाई संसदमै चड्कन हानेको मात्रै होइन संविधान सभाको पहिलो दिनमै एमालेकी सभासदले काँग्रेस सभासद पूर्णबहादुर खड्कालाई जुत्ता प्रहार गरेको घट्ना यादवले पत्रकारहरुको अगाडि स्मरण गरे ।

अर्को प्रसंगमा उनले काँग्रेसलाई प्रधानमन्त्री चुनावको नाममा लज्जाजनक व्यवहार नगर्न सुझाव दिए । प्रधानमन्त्रीमा १७ पटक पराजित भईसकेका रामचन्द्र पौडेल जति पटक दौडेपनि गन्तब्य झन झन टाढा पुगेको यादवको बुझाई छ ।

फोरम सहअध्यक्ष तथा सेना समायोजन विशेष समितिका सदस्य जयप्रकाशप्रसाद गुप्ताले माओवादी विस्तारित वैठकमा लडाकु सहभागिता हुनु दुर्भाग्य पूर्ण भएको बताए । समितिको वैठकमा आफूले यस विषयमा आवाज उठाउने पनि उनले जानकारी दिए ।  यद्यपि यस विषयलाई लिएर सेना समायोजनको औचित्य सकियो भन्ने काँग्रेस र एमालेको भनाई मुलुककालागि घातक सिद्ध हुने गुप्ताको ठहर छ । उनले काँग्रेस र एमालेका नेताहरुलाई शान्ति सम्झौताको स्पिरिटअनुसार अभिव्यक्ति दिनसमेत सल्लाह दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?