NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

फोरमद्वारा सरकारमा जाने गृहकार्य शुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 12 February 2011 12:39

काठमाडौं- सबैभन्दा ठूलो दल एमाओवादी मन्त्रालय विवादकाकारण सरकारमा तत्काल नजाने चर्चा भईरहेको बेला मधेशी जनअधिकार फोरम भने सरकारमा जाने गृहकार्यमा लागेको छ ।

 



सरकारमा सहभागिताका विषयमा छलफल गर्न फोरम नेपालको माघ २८ गते  बसेको बैठकमा गठित कार्यदलले तयार पारेको १६ बुँदे आधारपत्रमा घटकहरुबीच छलफल सुरु गरिने कार्यदलका संयोजक रामसहायप्रसाद यादवले बताएका छन् ।

कार्यदलले शान्तिप्रकि्रया, संविधान निर्माण, मधेसका समस्या र सरकार गठनसम्बन्धी आवश्यक प्रकि्रयालाई अघि बढाउनकालागि नेकपा एमालेका नेताहरुसँग सम्पर्क स्थापित गर्ने एवम् आधारपत्र बुझाएर त्यसबारे उनीहरुको आधिकारिक धारणा माग्ने पनि उनले जानकारी दिए । उनले आधारपत्रका विषयमा सरकारको नेतृत्व गरेको प्रमुख दल एमाले र सत्ता समर्थक एकीकृत नेकपा माओवादीको आधिकारिक धारणा माग गर्न समितिले काम थालेको उल्लेख गरे ।

बैठकले रामसहायप्रसाद यादवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुकासाथै मधेसका मुद्दाहरुमा विगतमा भएका सहमति कार्यान्वयन गर्ने र शान्तिप्रकि्रया, संविधान निर्माणमा सरकारमा सामेल रहेका प्रमुख दलहरुले प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

प्रधानमन्त्री निर्वाचन भएको व्यवस्थापिका संसदको वैठक भने फोरमले बहिस्कार गरेको थियो । उपप्रधानमन्त्री बन्नकैलागि फोरम दुई चिरा पारेका विजय गच्छदारले मत दिनुपर्ने भएपछि माघ २० गते संसद फोरमले बहिस्कार गरेको थियो ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?