NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

फोरम अध्यक्ष उपेन्द्रलाई अप्ठेरो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 19 February 2011 15:47

काठमाडौं- एमालेभित्रको विवादका कारण प्रधानमन्त्री झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भन्दा धेरै अप्ठेरोमा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव परेका छन् ।


पार्टीभित्र तीब्र विवादकाबीच सरकारमा जाने निर्णय गराएका अध्यक्ष यादव एमाओवादीलाई गृह मन्त्रालय दिने नदिने एमालेभित्रको विवादका कारण मन्त्री मण्डल विस्तार हुन नसकेपछि अप्ठेरोमा परेका हुन् ।

अध्यक्ष यादवले पार्टीभित्रैबाट सहअध्यक्ष जयप्रकाश गुप्ताको चुनौति झेल्दै आएका छन् । पछिल्लो समयमा गुप्ताले बामपन्थी गठबन्धनको विरोध गर्दै बर्तमान सरकारमा जान नहुने धारणा राख्दै आएका छन् । यद्यपी, पार्टीको बहुमतले सरकारमा जाने निर्णय गरेको छ अध्यक्ष यादवको अग्रसरतामा । यही निर्णयका आधारमा अध्यक्ष यादवले उपप्रधानमन्त्री सहित उर्जा मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्ने योजना बनाइसकेका छन् ।

गत हप्ता बसेको फोरम केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णयका अलवा सरकारमा जाने वातावरण तैयार गर्नकालागि महासचिव रामसहाय यादवको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । श्रोतकाअनुसार, एमाले र एमाओवादीबीचको विवाद मिले मन्त्रालय टुङ्ग्याउनकालागि वार्तामा जाने योजनाका साथ फोरमको वार्ता टोली दैनिक रुपमा सिँहदरवारस्थित संसदीय दलको कार्यालयमा पुगेर वार्ताकालागि एमाले एमाओवादीको निम्तो कुरेर बस्ने गरेको छ ।

तर एमालेभित्र कुरा मिल्न नसकेका कारण न मन्त्री मण्डलको विस्तार हुन सकेको छ न त आफूले उर्जाका अलवा अन्य कुन मन्त्रालय पाउनुपर्ने हो यस बिषयमा एमाले एमाओवादीसँग कुरा गरेर फोरमले दावी नै पेश गर्न पाएको छ । 'यसले गर्दा सरकारमा जानु हुँदैन भन्ने सहअध्यक्ष जयप्रकाश गुप्ता पार्टीमा बलिया बन्दै गएका छन्' श्रोतले भन्यो- 'सरकारमा जाने निर्णय गर्ने तर सरकारमा जाने स्थिति नआउँदा अध्यक्ष यादव पार्टीभित्र निकै
अप्ठेरोमा पर्दै गएका छन् ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?