NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताद्वारा नयाँ पार्टीको गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 23 May 2011 22:48

काठमाडौँ- मन्त्री बन्न नपाएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवसँग आक्रोसित बनेका सभासदहरुलाई संगठित गरेर मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले नयाँ पार्टीको गठन गरेका छन् ।

उनी नेतृत्वको पार्टीका बर्तमान सरकारमा कृषि राज्यमन्त्री बनाइएका नन्दन दत्तपनि सामेल भएका छन् । दत्तलाई पार्टी संसदीय दलको उपप्रमुख बनाइएको छ । आफूभन्दा कनिष्टलाई कृषिमन्त्री बनाएर आफूलाई राज्यमन्त्री बनाइएपछि उनले शपथ लिएका थिएनन् ।

सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताको अध्यक्षतामा गठन गरिएको नयाँ पार्टीको नाम मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) राखी व्यवस्थापिका संसदमा दर्ता गरिएको छ । २५ सभासद रहेको फोरमका १३ सभासदसहितको हस्ताक्षर गुप्ताले बुझाएकाले गुप्ता नेतृत्वको नयाँ पार्टी अध्यक्ष यादवले नेतृत्व गरेको भन्दा ठूलो दल भएको छ । यादवसँग अब १२ मात्र सभासद छन् । यादव झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री छन् ।

खनाल नेतृत्वको सरकारमा फोरम सहभागी भएकोप्रति गुप्ता असन्तुष्ट थिए । सरकारमा सामेल हुने सवाललाई आधार बनाएर गुप्ताले नयाँ दल खोलेपनि दुई नेताबीचको व्यक्तित्वको टकरावका कारण फोरम विभाजन भएको हो । गुप्ताले यादवका कृयाकलाप अपारदर्शी र निरंकुश भएको आरोप लगाउँदै आएका थिए । यादवको कार्यशैली सुधार्न गुप्ताले निकै प्रयास गरेका थिए ।

सम्बिधान सभा निर्वाचनपछि ५३ स्थानसहित फोरम संसदको थौथो शक्तिका रुपमा स्थापित भएको थियो । तर दुई बर्षअघि विजयकुमार गच्छदारले २९ सभासदको साथ  लिएर पार्टी विभाजन गरेपछि गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक चौंथो शक्ति हुन पुग्यो भने यादव नेतृत्वको फोरम पाँचौ ठूलो दल भएको थियो । गुप्ता नेतृत्वमा फोरम फेरि विभाजित भएपछि गुप्ता नेतृत्वको दल नै सम्बिधान सभामा पाँचौ ठूलो दल हुन पुगेको छ ।

गुप्ताको नेतृत्वमा गठन भएको फोरम गणतान्त्रिकमा फोरमका सभासदहरु गुप्ता र दत्तका अलवा राजलाल यादव, नन्दनकुमार दत्त, चन्द्रिका प्रसाद यादव, सन्ध्या देवी, राजकिशोर यादव, सरितादेवी यादव, विश्वनाथ यादव, सुनिताकुमारी यादव, अकवाल अहमद, प्रकाश यादव, आत्मराम प्रसाद साह र सल्मा खातुन मिकरानी छन् । यसमध्ये विश्वनाथ यादव रातो पासपोर्ट दुरुपयोग प्रकरणमा निलम्बनमा छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?