NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

फोरम तटस्थ नबस्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 30 August 2010 10:23

'एमालेले लामो समय तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाइरहेको छ' यादवले भने 'हामी पनि अहिलेसम्म तटस्थ छौं, तर यो तटस्थता अब रहँदैन'
काठमाडौं- संयुक्त मधेशी मोर्चाको प्रमुख घटक मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ २० गते हुने छैठौ चरणको प्रधानमन्त्रीको निर्वाचनमा मोर्चा तटस्थ नबस्ने बताएका छन् ।

यादवले मोर्चा अबको निर्वाचनमा तटस्थ नबस्ने निर्णय भैसकेको बताउँदै मधेशवादी दलहरुलाई बेवास्ता गरिए मुलुकमा ठूलो अनिष्ट हुने चेतावनीसमेत दिएका छन् ।

मधेशको मुद्दालाई कांग्रेसले स्वीकार्नै नसक्ने, एमालले टेर्दै नटेर्ने र माओवादी गल्दै नगल्ने भएको कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउँदै यादवले तीन दलको गल्तीले मुलुकको राजनीतिक अवस्था दिनप्रतिदिन बिग्रँदै गएको बताए । यस्तो गल्ती नदोहोर् याउन उनले तीन ठूला दललाई सुझावपनि दिए ।

'विगतमा कांग्रेसले एमालेलाई बोकेको थियो, तर अहिले एमालेले कांग्रेसलाई सहयोग गर्न चाहेको छैन, एमालेले लामो समय तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाइरहेको छ' यादवले भने 'हामी पनि अहिलेसम्म तटस्थ छौं, तर यो तटस्थता अब रहँदैन ।'

नेपाली कांग्रेसका डा. रामशरण महतले प्रधानमन्त्री माधब नेपालको राजिनामापछि सरकारको नेतृत्व गर्ने पालो स्वभाविक रुपमा कांग्रेसको पालो आएको दावीगर्दै आगामी २० गतेको निर्वाचनमा एमाले र मधेशवादी दलहरुले आफ्नो पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्नु पर्ने माग गरे ।

महतले विगतमा गरेका सहमतिहरुको इमान्दारीपूर्वक पालना नगरेसम्म माओवादीलाई समर्थन गर्न नसकिने बताउँदै माओवादी शिविरमा बसेका सैन्यशक्तिको भरमा आफ्नो स्वार्थ अनुकूलको संविधान बनाउन खोजेको तर त्यो नेपाली कांग्रेसलाई मान्य नहुने बताए ।

कार्यक्रममा विना विभागीय मन्त्री लक्ष्मणलाल कर्णले ठूला राजनीतिक पार्टीका नेताहरुबीचको सत्ताको लडाईंले गर्दा मुलुकले अप्ठ्यारो अवस्था सामना गर्नु परेको बताए । 'राष्ट्रिय सहमति भनेको सरकार निर्माणमात्र होइन' मन्त्री कर्णले भने- 'राष्ट्रिय सवालमा उठेका प्रश्नको निदान खोज्न सबै एकजुट हुनु नै राष्ट्रिय सहमति हो ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?