NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'अब माओवादीले नै गृह मन्त्रालय पाउँछ'- एमाले संसदीय दलका प्रमुख सचेतक भीमप्रसाद आचार्य PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 13 March 2011 15:17

'मधेसवादी दलहरु सरकारमा जाने कुरा सरकारको दिवास्वप्न मात्रै हो'- तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादव
काठमाडौं- तेश्रो पटक हुने मन्त्री मण्डलको विस्तारमा एकिकृत नेकपा माओवादीले गृह मन्त्रालय पाउने पक्कापक्की भएको छ ।
प्रधानमन्त्री झलनाथ खनाल निकट एमाले नेताहरुले गृह मन्त्रालय माओवादीलाई दिएर मन्त्री मण्डलको विस्तार गरिने सार्वजनिकरुपमा बताएका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भीमप्रसाद आचार्यले अबको सरकार विस्तारमा गृह मन्त्रालय माओवादीले पाउने बताएका हुन् ।

गृह मन्त्रालयमा विवाद रहेकोले केही समय प्रधानमन्त्रीले सो पद आफै राख्नु भएको हो' राजधानीमा आयोजित सन्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रमममा आचार्यले भने- 'अब माओवादीले नै गृह मन्त्रालय पाउँछ ।' यही साताभित्र सरकारले पहिलो चरणको आंशिक पूर्णता पाउने दावी गर्दै उनले मधेसवादी दलहरु पनि सहभागी हुने ठोकुवा गरे ।

बर्तमान सरकारमा मधेसवादी दलहरु मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा नेपालसहितका मधेसवादी र अन्य दलहरु पनि सहभागी दुई तिहाईभन्दा बढीको समर्थन रहेको सरकार बन्ने बताउँदै एमाले सचेतक आचार्यले एक साताभित्र मधेसवादी दलहरु सरकारमा सहभागी हुने बताए । यद्यपी, सो कार्यक्रममा रहेका मधेशवादी दलका नेताहरुले यो कुरा स्वीकार गरेनन् ।

तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी नहुने दावी गरे । 'मधेसवादी दलहरु सरकारमा जाने कुरा सरकारको दिवास्वप्न मात्रै हो' उनले भने- 'मधेसवादी दलहरु सरकारमा जानेभन्दा पनि मधेसी मोर्चालाई बलियो बनाएर अगाडि बढ्ने योजनमा छन्' उनले भने- 'मधेसप्रति अनुदार प्रधानमन्त्रीको नेतृत्वमा मधेसवादी कुनै पनि हालतमा सरकारमा जाँदैन ।'

सदभावना पार्टीका सहअध्यक्ष कर्णले गणितीय हिसावमा संविधान निर्माण गर्न खोजे आफूहरुलाई मान्य नहुने बताउँदै आगामी जेठ १४ गतेसम्म संविधान जारी नभए मधेसवादी दलहरु संविधान सभामा नरहने बताए । समग्र मधेसलाई एक प्रदेशको रुपमा स्वीकार नगरिएसम्म मधेशवादी दलहरुले नयाँ सम्बिधान स्वीकार नगर्ने बताए ।

मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामसहाय यादवले एक मधेस प्रदेशसहित मधेससँग भएको सम्झौतामा लिखित प्रतिबद्धता नआएसम्म फोरम सरकारमा नजाने अडान सार्वजनिक गरे । 'शान्ति, संविधान र मधेस मुद्दामा सरकारको लिखित प्रतिबद्धता आउनु पर्छ' महासचिव यादवको भनाई थियो- 'होईन भने उधारो हिसावमा हामी सरकारमा जाने त परै जाओस्, समर्थन पनि गर्न सक्दैनौं ।'


-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?