NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा जेपी गुप्ता नेतृत्वको फोरम गणतान्त्रिकलाई स्वागत PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Thursday, 26 May 2011 16:12

काठमाडौँ- मधेसी जनअधिकार फोरमबाट विभाजित जेपी गुप्ता नेतृत्वको फोरम गणतान्त्रिकलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सहभागी गराइने भएको छ ।

तमलोपाबाट विभाजित तमलोपा नेपाल भने सरकारको पक्षमा उभिने संकेत देखा परेको छ । गुप्ताले सोमबार अकस्मात फोरम विभाजन गरेका थिए ।

सोमबार बसेको मधेशी मोर्चाको बैठकले यो निर्णय गरेको हो । तमलोपा नेपाललाई चाहिँ तमलोपाका कारण मोर्चामा सामेल नगरिने भएपछि सरकारको पक्षमा उभिने पक्षमा रहेको बताइएको छ । तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले विहीवार विहान प्रम झलनाथ खनालसँगको भेटमा सरकारलाई सहयोग गर्ने बचन दिएको श्रोतले बतायो ।

आज विहान बसेको संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले शान्ति प्रक्रिया र संविधान निर्माणको ठोस आधार तयार नभएसम्म संविधान सभाको म्याद थप्न नसकिने निर्णय गरेको बताइएको छ । प्रधानमन्त्रीको राजिनामा र राष्ट्रिय सहमति बिना म्याद थप्नुको औचित्य नहुने निष्कर्षसमेत मोर्चाले निकालेको छ ।

प्रधानमन्त्रीले जेठ १४ अगावै राजिनामा दिनुपर्ने बताउँदै मोर्चाले लडाकुका हतियार राज्यलाई बुझाउन माग गरेको छ । म्याद थपकालागि एक मधेस एक प्रदेशको आफ्नो नारामा सहमति जनाउनु पर्ने सर्तसमेत मोर्चाले राखेको छ ।

आफ्नो सहमति बिना गरिने कुनैपनि निर्णय राष्ट्रिय सहमतिको भावना विपरित हुने निर्णय सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?