NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसवादी पार्टीहरुलाई अप्ठेरो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 22 August 2010 05:21

'मधेशप्रति अनुदार एमालेको नेतृत्वमा सरकार बन्ने भयो भने त्योभन्दा दुखदायी स्थिति अरु केही हुँदैन'- मधेशी जनअधिकार फोरम सहअध्यक्ष जयप्रकाश गुप्ता
काठमाडौं- सोमबार हुने प्रधानमन्त्रीको पाँचौं चरणको निर्वाचनमा पनि बिजय हासिल गर्न सम्भावना क्षीण बन्दै गएपछि एकिकृत नेकपा माओवादीले त्यसपछि एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने योजना निर्माण गर्न थालेको छ ।



यसकालािग उसले मधेशवादी दलहरुसँग परामर्शसमेत थालेको जानकारी श्रोतले दिएको छ । माओवादीले एमालेलाई समर्थन गर्ने सम्भावना देखिएपछि अप्ठेरोमा चाहिँ मधेशवादी दलहरु परेका छन् । किनभने एमालेलाई मधेशवादी दलहरुले मधेशविरोधी दलको रुपमा लिँदै आएका छन् ।

उच्च श्रोतकाअनुसार, माओवादी अध्यक्ष प्रचण्डले शनिवार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छेदारसँग यस बिषयमा कुराकानी गरेका थिए । 'सकिन्छ, सोमबारको निर्वाचनमा तपाईंहरुले हामीलाई सहयोग गरिदिनुस्, सबैभन्दा उत्तम बिकल्प यही हुन्छ' प्रचण्डको प्रस्ताव थियो- 'यदि तपाईंहरु सोमबारको निर्वाचनमापनि तटस्थ बस्नुहुन्छ भने हामीलेपनि बिकल्प खोज्नुपर्ने हुन्छ, त्यो बिकल्प भनेको उम्मेदवारी फिर्ता लिएर एमालेको नेतृत्वमा सरकार बनाइदिने हो ।'

प्रचण्डले फोरम अध्यक्ष उपेन्द्र यादवलाईपनि यस्तै प्रस्ताव राखेको श्रोतले बतयो । मधेशवादी दलहरु माओवादी नेतृत्वमा सरकार बनाउनकालागि निर्णायक छन् । माओवादीलाई सरकारमा पुर्याउने साँचो हातमा लिएर बसेका मधेशवादी दलहरु प्रचण्डले यस्तो प्रस्ताव राखेपछि संकटमा परेका छन् । माओवादीले एमालेलाई समर्थन गर्यो भने अहिले जुन निर्णायक स्थितिमा मधेशवादी दलहरु छन् उनीहरुको त्यो महत्वपूर्ण स्थिति समाप्त हुन्छ ।

मधेशवादी दलहरुले एमाले र कांग्रेसलाई मधेश मुद्धामा अनुदार दलको रुपमा लिँदै आएका छन् । माओवादी समर्थनमा एमाले नेतृत्वमा सरकार बन्यो भने मधेशवादी दलहरुको यो निर्णायक पोजिसन समाप्त हुनेमात्र होइन उनीहरुले उठाउँदै आएका मागहरु पुरा नहुने सम्भावना पनि हुन्छ । एमाले नेतृत्वमा माओवादी सरकारमा गएपनि उसले माओवादीलाई आफ्ना माग पुरा गरिदेउ भन्न सक्ने स्थिति हुँदैन, किनभने त्यो बेला मधेशवादीले सहयोग नगरेकाले यस्तो सरकार बन्यो भन्ने परिस्थिति आयो भन्न माओवादीले पाउँछ ।

श्रोतकाअनुसार, माओवादीले एमाले नेतृत्वमा सरकार बनाउने मनस्थिति बनाएपछि अब के गर्ने भन्ने बिषयमा मधेशवादी दलहरुबीच अनौपचारिक छलफल हुन थालेको छ । 'यसले मधेशवादी दलहरुलाई नैतिक संकट सिर्जना गर्छ' मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ता भन्छन्- 'मधेशप्रति उदार माओवादीलाई मत नदिएर मधेशप्रति अनुदार एमालेको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनुको कारक मधेशवादी दलहरु बन्ने परिस्थिति सिर्जना भयो भने त्योभन्दा दुखदायी स्थिति अरु केही हुँदैन ।'

-Sitaram Baral in Kathmandu

 

Comments

avatar parash
0
 
 
nivna lageko battilai nivna deu hai
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?