NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संयुक्त मधेशी मोर्चाले माओवादीका उमेदवार प्रचण्डको पक्षमा मतदान गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 30 July 2010 13:20

काठमाडौं- आगामी साउन १७ गते प्रधानमन्त्रीकालागि हुने संयुक्त मधेशी मोर्चाले एकीकृत नेकपा माओवादीका उमेदवार अध्यक्ष प्रचण्डको पक्षमा मतदान गर्ने जानकारी मोर्चाको प्रमुख घटक मधेशी जनअधिकार फोरमका संसदीय दलका सचेतक अभिषेकप्रताप शाहले दिएका छन् ।

लोकतान्त्रिक फोरमका अर्का नेताले चाहिँ अहिलेसम्मको स्थिति हेर्दा मोर्चा तटस्थ बस्ने सभ्भावना रहेका दावी गरेका छन् ।

फोरमका सचेतक साहले मोर्चाले अबको निर्वाचनमा तटस्थ नबस्ने बताउँदै माओवादीका उमेदवार प्रचण्डको पक्षमा मतदान गर्ने दावी गरे । उनले भने- '१७ गते प्रचण्ड प्रधानमन्त्री बन्नु हुन्छ, मोर्चाले एकमतले उहाँको पक्षमा मतदान गर्नेछ ।' एमालेलाई तटस्थ बस्ने निर्णय वदल्न आग्रह गर्दै उनले तटस्थ बसेर अब दलहरुले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने सुझाव दिए ।

कार्यक्रममा फोरम लोकतान्त्रिकका नेता एवम् भौतिक योजना तथा निर्माण राज्यमन्त्री सन्जयकुमार साहले मोर्चाले माओवादी उमेदवारको पक्षमा मतदान नगर्ने दावी गर्दै १७ गते पनि मोर्चा तटस्थ नै बस्ने संभावना ब्यक्त गरे । '१७ गते नयाँ प्रधानमन्त्री चयन नहुँदा दुर्घटना भैहाल्दैन' उनले भने- 'माओवादी नागरिक पार्टी नबनेसम्म मोर्चाले माओवादी उमेदवारको पक्षमा मतदान गर्दैन ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?