NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तराई-मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीकृष्ण यादवसहित ४ जनाको दुर्घटनामा मृत्यु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam & Sitaram Baral   
Friday, 22 January 2010 16:16

काठमाडौं- काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको जीप मकवानपुरको भीमफेदी गाविस जुरीखेतमा शुक्रबार अपरान्ह दुर्घटना हुँदा तराई-मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय कोषाध्यक्षसहित ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तमलोपाका केन्द्रीय कोषाध्यक्ष श्रीकृष्ण यादवसहित महोत्तरीका अरुणकुमार यादव, जनकपुरका परमेश्वर शाह र महोत्तरीका भोला यादवको मृत्यु भएको हो । उनीहरु सबै तमलोपा कार्यकर्ता हुन् ।

पार्टी कामको शिलशिलामा काठमाडौंबाट जनकपुर हिँडेका तमलोपा कार्यकर्ता चढेको बा २ प १२६९ नम्बरको निशान गाडी अपरान्ह बाटोबाट झण्डै पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो ।

लामो समय इन्जिनियरिङ्ग पेशामा संलग्न श्रीकृष्ण यादव सम्बिधान सभा निर्वाचनमा बर्तमान राष्टपति रामबरण यादबसँग झिनो मतले पराजित भएका थिए । यादव राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा भएको उपनिर्वाचनमापनि उनी पार्टीको तर्फबाट प्रतिस्पर्धी थिए ।

राष्ट्रपति यादवसँग उनी जम्मा ४ सय मतान्तरले पराजित भएका थिए भने उपनिर्वाचनमा एमाले उम्मेदवार रघुबीर महासेठबाट करिव ३ सय मतान्तरले पराजित भएका थिए । उपनिर्वाचनमा उनी पराजित हुनुमा एमाले उम्मेदवार महासेठले गरेको धाँधलीलाई मानिएको छ ।

यसैगरी, पूर्वपश्चिम राजमार्ग अन्तर्गत अमलेखगाज-७ स्थित २ नम्बर पुल नजिकै आज ट्याङ्करको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हेटौँडाबाट वीरगाज गइरहेको ना २ ख १७९७ नम्बरको ट्याङ्करले वीरगाजबाट हेटौँडा आउँदै गरेको ना ५ प ४३३५ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा चालक पर्साको ठोरी गाविस- ८ गौतमनगरका पशुपति आचार्यको मृत्यु भएको हो ।

-Santa Bagam & Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?