NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संविधान सभाको म्याद थपिए संविधान सभाबाट सामूहिक राजीनामा दिएर निस्कने ३ मधेसवादी पार्टीका अध्यक्षहरुको योजना असफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 09 May 2011 13:24

काठमाडौँ- जेठ १४ पछिकालागि पनि संविधान सभाको म्याद थपिए संविधान सभाबाट सामूहिक राजीनामा दिएर निस्कने ३ मधेसवादी पार्टीका अध्यक्षहरुको योजनालाई दोस्रो तहका नेताहरुले असफल बनाइदिएका छन् ।

पार्टीमा छलफलै नगराई मोर्चाको बैठकमा एजेन्डा तय गर्ने र मोर्चाले गरेका निर्णय पार्टीले मान्नुपर्ने भएपछि ती नेताले त्यसकोसमेत विरोध गरेका छन् । संविधान सभाको म्याद सकिने मिति नजिकिँदै गर्दा अघिल्लो आइतबार फोरम लोकतान्त्रिकको कार्यालयमा बसेको मोर्चाको बैठकमा म्याद थपिए सम्बिधान सभाबाटै राजिनामा दिने योजनालाई दोश्रो तहका युवा नेताहरुले असफल पारेका थिए ।

श्रोतकाअनुसार, बैठकमा मोर्चामा संलग्न तीनै दलका नेताहरु सम्मिलित कार्यदलले तयार पारेको भन्दै तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र सद्भावना अध्यक्ष राजेन्द्र महतोका नाममा जारी गर्न लागिएको अपिल अन्तिम छलफलकालागि प्रस्तुत गरिएको थियो । सो अपिलमा संविधान सभाको म्याद थपिए मधेसी मोर्चामा संलग्न पार्टीका सम्पूर्ण सभासद्ले राजीनामा दिने कुरा उल्लेख थियो । स्मरणीय छ, बिजय गच्छेदार, राजेन्द महतोलगायतका मधेशवादी दलका नेताहरुले सार्वजनिक रुपमा पनि जेठ १४ पछि सम्बिधान सभाको म्याद थप्न नहुने र थपिए राजिनामा दिने बताउने गरेका छन् ।

संविधान सभाजस्तो महत्वपूर्ण स्थानबाट सामूहिक रुपमा बाहिरिने कुरा पार्टीमा छलफलै नगरी मोर्चाको बैठकबाट पारित गराएर लागू गर्न खोजिएपछि फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले आफ्नो पार्टीमा यस विषयमा कुनै छलफल नभएको बताएका थिए । त्यसपछि अरु २ पार्टीका दोस्रो तहका नेताहरुले पनि यो विषयमा आफूहरुको पार्टीमा पनि छलफल नभएको र पार्टीले निर्णय नगरेको कुरा उठाएका थिए । त्यसपछि तीनै पार्टीका दोस्रो तहका नेताहरुले मोर्चा तीन पार्टीको गठबन्धन भए पनि मोर्चाले गर्ने निर्णय आ-आफ्नो पार्टीबाट औपचारिक रुपमा निर्णय भएर आउनुपर्ने कुरा उठाए ।

त्यसपछि जेठ १४ गते संविधान सभाको म्याद थपिए मोर्चामा संलग्न दलका सभासद्ले सामूहिक रुपमा राजीनामा दिने प्रसंग हटाइएको थियो साथै तीनै दलका प्रमुख नेताहरुले अबदेखि हरेक विषय आ-आफ्नो दलमा निर्णय गराएर मात्र मोर्चामा ल्याउने प्रतिबद्धता जनाएका थिए । तीन प्रमुख मधेसवादी दलहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा गठबन्धन बनाए पनि तीनै दलभित्र आपसी मतैक्यता भने छैन । आ-आफ्नो दलको बैठक बोलाउने हो भने पार्टी अध्यक्षहरुले पार्टीका अन्य नेताहरुको विरोधको सामना गर्नुपर्ने स्थिति छ । त्यसैले उनीहरुले आफ्नो दललाई स्याहार्नेतिर होइन मोर्चामा ध्यान दिन थालेका छन् ।

मोर्चामा संलग्न एक मधेसवादी दलका नेताले युएस नेपाल अनलाइनसँग भने- 'मोर्चाको निर्णयलाई पार्टीमा ल्याएर लाद्न खोजेका छन् ।' अहिले सबैभन्दा ठूलो समस्या महतो नेतृत्वको सदभावना पार्टीमा देखिएको छ । कारबाही भोगी महासचिव अनिल झाले कुनै पनि बेला सद्भावनाका ९ मध्ये झन्डै दुई तिहाइ सभासद्लाई लिएर पार्टी विभाजन गर्ने सम्भावना छ । त्यसैले महतोले जेठ १४ गतेपछि पनि संविधान सभाको म्याद थपिए मोर्चामा संलग्न दलका सभासद्हरुले सामूहिक रुपमा राजीनामा दिने कुरा सार्वजनिक रुपमा बताउँदै आएका छन् । मोर्चाको बैठकमा पनि उनले यो एजेन्डालाई प्रवेश गराएको स्रोतको दाबी छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?