NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

उपराष्ट्रपति प्रकरणमा मधेशवादी पार्टीहरु बिबादको भुङ्ग्रोमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 07 September 2009 01:00
काठमाडौं- उपराष्ट्रपति प्रकरणमा सरकार त अप्ठेरोमा परेकै छ, सरकार भन्दा बढि अप्ठेरोमा सरकारमा रहेका मधेशवादी पार्टीहरु परेका छन् ।

सर्वाेच्च अदालतको आदेश अनुसार नेपालीमा शपथ नलिएपछि पद निस्कृय रहेको भन्दै उपराष्ट्रपतिलाई दिइएको सुधिवा सरकारले अकस्मात फिर्ता लिएपछि सत्तारुढ मधेशवादी दलहरुभित्र चर्किएको बिग्रहलाई कसरी नियन्त्रण गर्ने भन्ने उपाय ती दलहरुले निकाल्न सकिरहेका छैनन् । यस विषयमा आइतबार डाकिएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

उपराष्ट्रपतिले पाउँदै आएको सुविधा सर्वाेच्च अदालतका आदेशको आधारमा आफ्नै पार्टी सामेल सरकारले खोसेको भन्दै मधेश जनअधिकार फोरम लोकतान्त्रिक का सात सभासदले शनिवार सरकारबाट फिर्ता हुन पार्टी नेतृत्वलाई दबाब दिएपछि विद्रोह अरु बढ्न सक्ने र त्यसको असर अन्य दुई सत्तारुढ मधेशवादी दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीमा पर्ने देखिएपछि आइतबार तीनै दलका नेताहरुको आकस्मिक बैठक डाकिएको थियो ।

जानकारी अनुसार बैठकमा तमलोपाका नेताहरु सरकारप्रति आक्रोसित देखिएका थिए । तमलोपाका उपाध्यक्ष ह्दयेश त्रिपाठीले उपराष्ट्रपतिको सुविधा खोसेर अपमान गरिएको बताएका थिए । तमलोपाका अन्य नेताहरुलेपनि बैठकमा असन्तुष्टि जनाएको बताइएको छ । उपराष्ट्रपतिको शपथ र सुविधा फिर्ता लिइएको विषयले सत्तामा रहेका मधेशवादी पार्टीहरुलाई मधेशमा अप्ठेरो पर्ने निष्कर्ष निकाल्दै यस सम्बन्धमा थप छलफल गर्न सोमबारपनि बैठक आयोजिना गरी थप निर्णय गर्ने निष्कर्ष निकालेका थिए ।

तत्कालकालागि भने सबैभन्दा अप्ठेरोमा विजय गच्छेदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक परेको छ । मन्त्री बन्न नपाएका सो पार्टीका सभासदहरुले उपराष्ट्रपतिको शपथ प्रकरणलाई आधार बनाएर पार्टीविरुद्ध बिद्रोह गरेका छन् । उनीहरुको असन्तुष्टि साम्य भएको छैन । उनीहरुले सरकारलाई दिइएको समर्थन फिर्ता लिन सरकारमा रहेका अन्य मधेशवादी पार्टीका सभासदहरुसँगपनि कुराकानी थालेका छन् । पार्टीले स्पष्टिकरण लिई कार्वाहीको चेतावनी दिएपनि उनीहरु आफ्नो कदमबाट पछि हटेका छैनन् ।

फोरम लोकतान्त्रिकमा सल्किएको बिद्रोहको आगो आफ्नो पार्टीमापनि सल्किने डर तमलोपा र सदभावना पार्टीलाई छ । त्यसैले उनीहरुले आइतबारको बैठकमा यसबारेमा गच्छेदारसँग जिज्ञाशा राखेका थिए । गच्छेदारले आफ्नो पार्टीको आन्तरिक मामिला भएको बताउँदै यसबारेमा पार्टीभित्रै छलफल गर्ने बताएका थिए ।

आइतबारको बैठकमा फोरम लोकतान्त्रिक र सदभावनाका नेताहरुले सरकारलाई दिइएको समर्थन जारी राख्नुपर्ने बताएका थिए । यो सरकार ढल्नासाथ माओवादीको नेतृत्वमा सरकार बन्ने भएकाले सरकारलाई दिइएको समर्थन फिर्ता लिन नहुने उनीहरुको भनाई थियो ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?