NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेशी जनअधिकार फोरम फेरि विभाजनको संघारमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 09 December 2010 15:58

काठमाडौं- एक पटक विभाजन भैसकेको मधेशवादी दल मधेशी जनअधिकार फोरम फेरि विभाजनको संघारमा पुगेको छ ।

दुई बर्षअघि फोरमबाट विभाजित भई फोरम लोकतान्त्रिकको गठन गरेका विजय गच्छेदारलेपनि आफ्नो पार्टीलाई एक जुट राख्न नसकिरहेका बेला प्रमुख मधेशवादी दल फोरममा फेरि विभाजनको सम्भावना देखिएको हो । विभाजनकालागि आवस्यक सभासद संख्या पुग्नासाथ सो पार्टी फेरि विभाजित हुनेछ ।

श्रोतकाअनुसार फोरमका करिव आधा दर्जन सभासदहरु विभाजनको मनस्थितिमा छन् । अध्यक्ष उपेन्द्र यादवको कार्यशैली निरंकुश खालको भएको आरोप लगाउँदै उनीहरु पार्टी विभाजन गरी नयाँ संसदीय दल गठनको तैयारीमा लागेका छन् । तर यसकालागि आवस्यक संख्या नपुगेकाले उनीहरुले विभाजनको घोषणा गरेका छैनन् । विभाजन अघि आफ्नो नाम सार्वजनिक गर्दा सभासद पदपनि जाने भएकाले उनीहरु आफ्नो नाम सार्वजनिक गर्नपनि डराई रहेका छन् ।

अध्यक्ष यादवमाथि आफ्ना पार्टीका नेता कार्यकर्तामाथि निरंकुश व्यवहार गर्ने गरेको उनको नेतृत्वमा भएका निर्णय प्रकृया पारदर्शी हुन नसकेको लगायतको आरोप लाग्दै आएको छ । पार्टीका सहअध्यक्ष जयप्रकाश गुप्तापनि उनीसँग असन्तुष्ट छन् । तर गुप्ता भने तत्काल विभाजनको मनस्थितिमा छैनन् ।

विभाजनको मनस्थितिमा रहेका सभासदहरुले आफूहरुको समूहको नेतृत्व सम्हालिदिन गुप्तालाई अघिल्लो हप्ता अनुरोध गरेका थिए । तर गुप्ताले आफूले विभाजनलाई प्रश्रय नदिने बताउँदै सम्बिधान सभाको म्याद रहुन्जेलसम्म जनताले दिएको आदेश अनुसार फोरममा नै रहने बताएका थिए । उनले ती सभासदहरुलाईपनि फोरममा नै रहन सुझाव दिएका थिए ।

गुप्ताको समर्थन नपाएपछि पार्टी विभाजनकालागि उनीहरुले आवस्यक संख्या पुर्याउन सकेका छैनन् त्यसैले विभाजनको औपचारिक घोषणा हुन सकेको छैन । संसदीय दल विभाजनकालागि तत्काल कायम रहेको सम्बिधान सभा सदस्य संख्याको ४० प्रतिसत पुर्याउनु पर्छ । यो संख्या नपुर्याइकन सभासदहरुले नयाँ पार्टी खोले वा दल विभाजन गरे उनीहरुको सम्बिधान सभा सदस्य पद समाप्त हुन्छ ।

जानकारीअनुसार यादवको नेतृत्वबाट विभाजित हुन चाहने सभासदहरुको संख्या अहिलेसम्म ७ पुगेको छ । २५ सदस्यीय फोरमको संसदीय दलमा औपचारिक विभाजनकालागि त्यसको ४० प्रतिसत अर्थात १० जना सभासद हुनु आवस्यक पर्छ । नत्र उनीहरुको सभासदको पद जान्छ । गुप्ताले आफूहरुको अभियानलाई समर्थन गरे आवस्यक संख्या पुग्ने उनीहरुको आशा छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?