NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसवादी दलहरुको मोर्चा राजनीतिक शक्तिहरुको प्रभावमा यसरी फँस्यो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Friday, 20 August 2010 09:34

काठमाडौं- नयाँ सरकार गठनका सन्दर्भमा निर्णायक मानिएका मधेशवादी राजनीतिक दलहरुको मोर्चा एक पछि अर्को गर्दै विभिन्न पार्टी र शक्तिहरुको संक्रमण देखिएपछि साँच्चिकै एड्स लागेर थलिएको रोगी झैं स्थितिमा पुगेको छ ।

प्रधानमन्त्रीकालागि भएको पहिलो चुनावमा मोर्चामा माओवादी प्रभाव देखिएको थियो । असार ३२ गतेदेखि पुनर्गठित भएको मोर्चामा त्यो बेला मधेशी जनअधिकार फोरम सबैभन्दा बलियो र प्रभावी देखिएको थियो । मोर्चा अध्यक्ष उपेन्द्र यादव माओवादी नेतृत्वमा सरकार बनाउन सघाउनुपर्ने पक्षमा देखिएपछि पहिलो चुनावमा मोर्चाको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड बिजयी बन्ने सम्भावना देखिएको थियो । तर माओवादीसग वार्ता जारी नै रहेकाले पहिलो चरणको निर्वाचनमा मोर्चाले माओवादीलाई मतदान भने गरेन ।

तर दोश्रो चरणको निर्वाचनमा स्थिति बदलियो । उपेन्द्र यादवका कारण मोर्चाले माओवादीलाई मतदान गर्ने सम्भावना देखिएपछि नेपाली कांग्रेसले मोर्चातर्फ आफ्नो ध्यान केन्द्रित गर्यो । एमालेको मत नपाएको स्थितिमा कांग्रेसले मधेशी मोर्चाको मतलेमात्र जित्ने स्थिति नभएपनि मोर्चाले माओवादीलाई मतदान गरेको स्थितिमा माओवादी अध्यक्ष प्रचण्डले जित्ने भएकाले उसले माओवादीलाई मोर्चाले मत नहालोस् भनेर पहिले कांग्रेसमा रहेका फोरम लोकतान्त्रि का अध्यक्ष बिजय गच्छेदार र तमलोपाल अध्यक्ष महन्थ ठाकुरलाई प्रयोग गरेको थियो ।

श्रोतका अनुसार, तमलोपा र फोरम लोकतान्त्रिकका सभासदहरुको दबाबको कारण मोर्चाले दोश्रो चरणको निर्वाचनमा माओवादीलाई मत दिने पक्कापक्की थियो । तर कांग्रेसले गच्छेदार र ठाकुरलाई प्रयोग गरेपछि दोश्रो चरणको निर्वाचनमा उनीहरु हावी देखिए । मोर्चाले अघि सारेको आधार पत्रप्रतिपनि माओवादी कांग्रेसभन्दा सकरात्मक देखिएको थियो । तर दोश्रो चरणको निर्वाचनमा मोर्चाभित्र कांग्रेसको संक्रमण देखियो मोर्चाका एक नेताले भने त्यही भएर मोर्चा सैद्धान्तिक रुपमा माओवादी नजिक देखिएपनि माओवादीलाई मत दिने स्थिति सिर्जना भएन ।

तेश्रो चरणको निर्वाचनमा चाहि मोर्चामाथि अमेरिकी प्रभाव पर्यो । श्रोतकाअनुसार, नेपालकालागि अमेरिकी राजदूत स्कट एच डेलिसीले साउन १५ गते मोर्चामा संलग्न चार वटै पार्टीका नेताहरुसग भेट गरेका थिए । पहिलो चरण र दोश्रो चरणको निर्वाचनमा तटस्थ बसेपछि तेश्रो चरणको निर्वाचनमा तटस्थ नबस्ने बताएका मधेशी नेताहरुले त्यसपछि फेरि तेश्रो चरणको निर्वाचनमा तटस्थ बस्ने बताए । यसरी पटक पटक मोर्चा तटस्थ बसेपछि असन्तुष्ट फोरमका ११ जना सभासदहरुले फ्लोर क्रस गरी माऒवादी अध्यक्ष प्रचण्डलाई मतदान गर्न पुगे ।

चौथो चरणको निर्वाचनमा आइ पुग्दा नपुग्दै फ्लोर क्रस गर्ने सभासदहरुले मोर्चामाथि भारतीय दबाब परेकाले मोर्चाले माओवादीलाई मतदान गर्ने निर्णय नगरेको बताएका थिए । तर, श्रोतका अनुसार मोर्चामाथि निर्णायक प्रभाव चाहि तेश्रो चरणको निर्वाचनमा फोरमका सभासदहरुले माओवादी अध्यक्ष प्रचण्डलाई मतदान गरेपछि देखिएको थियो । फोरमका सभासदहरुले फ्लोर क्रस गरेपछि मोर्चामाथि मतदान नगर्न यति ठूलो दबाब पर्यो कि, त्यसपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विशेष दूत बनाएर पूर्व विदेश सचिव श्याम शरणलाई नेपाल पठाए । नेपाल आएकै दिन उनले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई भारतीय राजदूतावासमा रात्रिभोजमात्र दिएनन् माओवादीलाई मतदान नगर्न पनि निर्देशन दिए ।

माओवादी र काँग्रेसले मधेसवादी दलहरुको मागहरु पुरा गर्छु भनेर लिखित प्रतिबद्दता दिइसक्दा पनि कस्लाई समर्थन गर्ने भन्ने निर्णय गर्न नसक्दा मधेशीहरुले बाजी हारेको देखिएको छ।

पाँचौं पटकको निर्वाचनमा पनि मधेसी मोर्चा एमाले जसतै तथस्ठ बस्ने जनाएको छ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?