NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संयुक्त मधेशी मोर्चाले अन्तिम समयमा मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 01 August 2010 18:06

काठमाडौं- सरकार निर्माणकालागि निर्णायक मानिएको चार ठूला मधेशवादी दलहरु सम्मिलित संयुक्त मधेशी मोर्चाले अन्तिम समयमा मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने भएको छ ।

माओवादीको प्रतिस्पर्धी दल नेपाली कांग्रेसले मधेशी मोर्चाको आधार पत्रको सम्बन्धमा आइतबारमात्र लिखित जवाफ बुझाएको कारण देखाउँदै मोर्चाले छलफल गरेर भोलि अन्तिम समयमा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्ने भएको हो ।

मधेशी मोर्चाले आधार पत्रमार्फत् अघि सारेका मागहरुमा नेपाली कांग्रेसभन्दा एकिकृत माओवादी बढि सकरात्मक देखिएको छ । यसै आधारमा मधेशीवादी दलहरुको मत माओवादी उम्मेदवार प्रचण्डले पाउने अनुमान राजनीतिक बृत्तमा गरिँदै आएको छ । तर रात रहे अग्राख पलाउँछ भने झैं दिन बित्दै जाँदा मधेशी मोर्चामा आवद्ध रहेका दलहरुभित्र माओवादी विरोधी मत पनि बलियो हुँदै गएकाले मोर्चा फेरि तटस्थ बस्ने हल्ला ब्यापक रुपमा चलेको छ ।

श्रोतका अनुसार, गत सातासम्म माओवादी नेतृत्वमा सरकार बने कुनै फरक नपर्ने बताउँदै आएका फोरम लोकतान्त्रिक, तमलोपा र सदभावना पार्टीका नेताहरुमा एक हप्ता यता फेरि माओवादी विरोधी मानसिकता बढेको छ । फोरमले भने अहिलेपनि माओवादी उम्मेदवार प्रचण्डलाई मतदान गर्नुपर्ने अडान राख्दै आएको छ । यद्यपी जे निर्णय गरेपनि सहमतिका आधारमा गर्ने भन्ने समझदारी मधेशवादी पार्टीहरुमा भएकाले सोमबारको मतदानमा मोर्चा तटस्थ बस्ने सम्भावना बढेको छ ।

मधेशवादी दलहरुको मुख्य माग स्वायत्त मधेश प्रदेशको बारेमा नेपाली कांग्रेसको लिखित जवाफ पत्र मौन बसेको छ । माओवादीले चाहिँ आत्म निर्णयको अधिकार सहितको मधेश प्रदेशमा सहमति जनाएको छ । एक मधेश एक प्रदेशको माग भने माओवादीले अस्वीकार गरेको छ । यस हिसावले नेपाली कांग्रेसभन्दा माओवादी मधेशवादी दलहरुको मागमा स्पष्ट र नजिक देखिन्छ । तर अन्तिम समयमा मोर्चाले के निर्णय गर्छ भन्न सकिने स्थिति छैन । मधेशवादी दलहरु फेरि तटस्थ बसिदिए भने प्रचण्ड प्रधानमन्त्री चुनिने अवस्था छैन ।

एमालेको तटस्थताको कारण मधेशी मोर्चाले मतदान गरेपनि कांग्रेसले जित्न सक्ने अवस्था नदेखिएपछि नेपाली कांग्रेस सकभर मोर्चालाई आफ्नो पक्षमा मतदान गर्न लगाउने त्यो सम्भव नभए उसलाई तटस्थ राख्ने योजनामा लागेको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदारको पृष्ठभूमि नेपाली कांग्रेसकै भएकाले उनीहरुलाई कन्भिन्स गर्न नेपाली कांग्रेसलाई सजिलो छ । तर मधेश मुद्धामा माओवादी सकरात्मक भएकाले उनीहरुले माओवादी विरुद्धमा मतदान गर्ने निर्णय गर्न सकिरहेका छैनन् ।

-Sitaram Baral in  Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?