NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसी नेता सुटुक्क नयाँ दिल्लीतर्फ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 15 September 2010 15:39

काठमाडौं- माओवादीलाई सरकारको नेतृत्व गर्नै नदिने भारतीय भूमिकाकारण सम्बिधान सभाले नयाँ प्रधानमन्त्री चुन्न नसकिरहेका बेला भारतसँग निकट मानिएको मधेशी दल तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सुटुक्क नयाँ दिल्लीतर्फ लागेका छन् ।

उनी बुधबार बिहान नयाँ दिल्ली तर्फ लागेका हुन् ।

पार्टी श्रोतकाअनुसार राजनीतिक कुराकानीकालागि गएपनि देखावटी कारण चाहिँ उपचारलाई बनाइएको छ । मधेशवादी दलहरुमध्ये तराई मधेश लोकतान्त्रिक पार्टी सबैभन्दा भारतको निकट मानिन्छ । मधेशमा मधेशी जनअधिकार फोरमको प्रभाव बढ्दै गएपछि तराई मधेश लोकतान्त्रिक पार्टीको गठन गरिएको थियो ।

मधेशको प्रमुख दल मधेशी जनअधिकार फोरमले भने आफूलाई अपेक्षाकृत राष्ट्रवादी दलको रुपमा स्थापित गर्न सफल भएको छ । अघिल्लो साल बीरगन्जमा सम्पन्न सो पार्टीको पहिलो महाधिवेशनमा चीनले आफ्नो उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको थियो । त्यसैले फोरमलाई भारतभन्दा चीनसँग निकट दलको रुपमा लिने गरिएको छ ।

प्रधानमन्त्री माधब नेपालले राजिनामा दिएपछि मधेशवादी दलहरुको मोर्चा संयुक्त मधेशी लोकतान्त्रिक मोर्चा तटस्थ बस्नुमा भारतकै भूमिका रहेको चर्चा गर्ने गरिन्छ । पछिल्लो समय सबै मधेशवादीदलहरुभित्रका सभासदहरुले माओवादीलाई मत दिनुपर्ने बताएपनि मोर्चाले निर्णय गर्न नसक्नुमा भारतकै भूमिका रहेको देखिन्छ ।

यस हप्ता सदभावना पार्टीका सहअध्यक्ष तथा विना विभागीय मन्त्री लक्ष्णलाल कर्णले आगामी निर्वाचनमा मोर्चाले कांग्रेसलाइ मतदान गर्ने बताएका छन् भने कांग्रेस कावा सभापति सुशील कोइरालाले पनि अब कांग्रेसका प्रत्यासी रामचन्द्र पौडेल प्रधानमन्त्री विजयी हुने दावी गरेका छन् । यस्तो बेला उपचारको बहानामा भएको ठाकुरको नयाँ दिल्ली भ्रमणबाट कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना बढ्दै गएको अनुमान गर्न थालिएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?