NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेशवादी नेताहरुलाई अब शहीदले मात्र एक ठाउँमा ल्याउन सक्ने ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 09 January 2011 23:39

काठमाडौं- पटक पटक विभाजित भएका मधेशवादी राजनीतिक दलहरुबीचको अझै कति मानसिक विभाजन बाँकी रहेछ भन्ने कुरा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा देखियो ।

मधेशी जनअधिकार फोरमको युवा मोर्चाले गरेको कार्यक्रममा फोरमका कार्यकर्ताहरुले फोरम अध्यक्ष र सहअध्यक्षलाई अब शहीदले मात्र एक ठाउँमा ल्याउन सक्ने घोषणा गरेका छन् ।

श्रोतका अनुसार युवा फोरमको उपत्यका भेला बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाश गुप्ता निम्त्याइएका थिए । कार्यक्रमका अतिथिहरुकालागि सम्मुखमा रहने गरी दुई वटा सोफा राखिएको थियो भने दुई सोफाका बीचमा शहीदहरुको फोटो राखिएको थियो ।

कार्यक्रममा सुरुमा अध्यक्ष उपेन्द्र यादव पुगेका थिए भने लगत्तै महासचिव रामसहाय यादव र नेतृ रेणु यादव पुगे । उनीहरु एउटै सोफामा बसे । त्यसपछि एकातिर फर्किएको सोफा भरियो । लगत्तै सहअध्यक्ष जयप्रकाश गुप्ता पुगे । अध्यक्ष यादव र सहअध्यक्ष गुप्ताबीच अहिले निकै ठूलो द्धन्द छ ।

आफू पुग्दा अध्यक्ष यादव बसेको सोफा भरिएकाले गुप्ता अर्को कुर्सीमा बसे । अर्को सोफा सम्मुखमा भएकाले उनीहरु मुखामुख भए । मुखामुख भएका यी दुई नेताहरु बसेको सोफाको बीचमा मधेशी शहीदहरुको फोटो थियो । परस्पर विरोधमा रहेका दुई नेताहरु विपरित दिशातिर फर्केका सोफामा बसेपछि बीचमा रहेका शहीदका फोटातिर देखाउँदै एक कार्यकर्ताले भन्यो- 'अब उहाँहरुलाई कसैले मिलाउन सक्छ भने यी शहीदहरुलेमात्र सक्छन् नत्र सक्दैनन् ।'

सम्बिधान सभाको चुनावमा निकै ठूलो सफलता हासिल गरेका सबैजसो मधेशवादी राजनीतिक पार्टीमा एक पटक विभाजन आइसकेको छ । विभाजित नभएका मधेशी पार्टीहरुभित्रपनि मानसिक विभाजन छ । सो कार्यक्रममा टिप्पणी गरिएजस्तै उनीहरु एक भए भने सिर्फ अब मधेशी शहीदहरुको सपनालाई गहन गरी सम्झेमामात्र एक हुन सक्छन् । तर मधेश आन्दोलनमा एकजनापनि मधेशी नेताका परिवारले सहादत प्राप्त नरेकाले उनीहरुले शहीदलाई सम्झेर मानसिक विभाजन घटाउने सम्भावना कम छ ।

श्रोतकाअनुसार, एक पटक विभाजन भैसकेको मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गूप्ता तत्काल पार्टी विभाजनको योजनामा त छैनन् तर उनी ढिलोचाँडो नयाँ पार्टी बनाउने योजनामा चाहिँ छन् । मधेशमा हाल रहेका मधेशवादी पार्टीहरुलाई खरानी (समाप्त) पार्ने र त्यही खरानीमा नयाँ विरुवा (अर्थात नयाँ राजनीतिक पार्टी) खोल्ने उनको योजना छ । यही योजनाका साथ उनले आफूलाई मधेशमा केन्द्रित गर्न थालिसकेका छन् ।

गत हप्ता विभाजित तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष ह्दयेश त्रिपाठीपनि नयाँ दल खोल्ने योजनामा छन् । तर उनीपनि गुप्ताजस्तै तत्कालै हॊइन, केही समय कुरेर नयाँ दलको प्रमुख हुने योजना बनाउँदैछन् । देश संघीयतामा गएमा मधेशमा दुई संघीय प्रदेश बन्ने भएकाले उनी पश्चिमी मधेशलाई केन्द्रमा राखेर नयाँ दल बनाउने योजनामा रहेको श्रोतको दावी छ ।

सम्बिधान सभा चुनावपछि नफुटेको एउटै मधेशवादी दल हो, सदभावना पार्टी । यद्यपी सम्बिधान सभा चुनावअघि सो पार्टीमा ४-५ पटक विभाजन आइसकेको थियो । सम्बिधान सभा चुनावपछि सो पार्टीमा विभाजन नआएपनि अनिलकुमार झा, खोभारी राय यादव लगायतका सभासदहरु पार्टी अध्यक्ष राजेन्द्र महतोसँग असन्तुष्ट छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?