NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसी नेताहरुको गर्जन: 'गणितीय आधारमा संविधान जारी गरे भोलिदेखि नै संविधान जल्न थाल्छ' PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 25 March 2011 15:08

'समय अपुग भए संविधान सभाको म्याद थपेर भए पनि संविधान जारी गर्नुपर्छ'
Exclusive:
काठमाडौं- गत हप्तामात्र भारत भ्रमण गरेर आएका मधेसवादी दलका नेताहरुले बाम गठबन्धनको नाममा गणितीय रुपमा जनसंविधान लागु गर्न खोजे आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

गणितीय हिसावमा जारी हुने सविधान आफूहरुलाई मान्य नहुने र त्यसलाई विगतको संविधान जस्तै जलाएर विद्रोह गर्ने चेतावनीपनि उनीहरुले दिएका छन् ।

'गणितीय आधारमा संविधान जारी गरे भोलिदेखि नै संविधान जल्न थाल्छ' सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने- 'गणितीय आधारमा संविधान जारी गरे त्यसको भोलिदेखि नै संविधान जल्न थाल्छ, त्यस्तो सविधान फेल हुन्छ ।' भारतीय इशारामा मधेशी नेताहरुले यसो भनेको बुझ्न गार्हो छैन ।

कर्णले झलनाथ खनाल नेतृत्वको सरकारले चीनको चाहनाअनुसार बनेको दावीसमेत उनले गरे । चीनको समर्थनमा बनेको सरकार भएकाले आफूहरु सरकारमा नगएको उनको कथन थियो । उनले भने- 'चीनको चाहनाअनुसार बनेको सरकारमा मधेसवादी दलहरु सहभागी हुन सक्दैनन्, त्यही भएर मधेशवादी दलहरु सरकारमा नगएका हुन् ।'

भारतसँग विशेष खालको सम्बन्ध रहेको कारण यस्तो सम्बन्ध छाडेर टाढाको छिमेकीको समर्थनमा बनेको सरकारले मुलुकको हित नगर्ने बताउँदै त्यस्तो सरकारमा सहभागी हुने प्रश्नै नआउने उनको कथन थियो । जेठ १४ मा संविधान जारी नभए मधेशवादी दलहरुले संविधान सभा छाड्ने बताउँदै उनले संविधान निर्माणकालागि सरकारमै जानुको कुनै औचित्य नहुने दावीपनि गरे ।

उपेन्द्र यादवले नेतृत्व गरेको मधेसवादी पार्टीले समग्र मधेसको प्रतिनिधित्व नगर्ने दावी गर्दै कर्णले पछिल्लो समयमा भएको चार बुँदे सहमति सात बुँदे सहमतिलाई बैद्यानिकता दिने षडयन्त्रमात्र भएको दावीपनि गरे ।

तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले चार बुँदे सहमति एमाले र माओवादीवीच भएको सात बुँदे सहमतिलाई बैधानिकता दिने काम मात्रै भएको दावी गरे । प्रधानमन्त्री निर्वाचनमा विजयकुमार गच्छदारको पक्षमा पार्टीले मतदान गरिसकेको बताउँदै यादवले जसको विपक्षमा मतदान गर्यो उसैको नेतृत्वको सरकारमा जानै नसक्न बताएर आफ्नो पार्टी बर्तमान सरकारमा नजाने संकेत दिए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले उपेन्द्र यादव माओवादीको मधेसलाई कम्यूनिष्टमय बनाउने योजनका गोटी भएको आरोप लगाउँदै एमाओवादी-एमाले र फोरमबीच भएको चार बुँदे सहमतिमार्फत यादवले माओवादीको योजनालाई मुर्त रुप दिने प्रयास गरेको दावी गरे ।

मधेसका शक्तिहरुलाई पन्छ्याएर मुलुकमा स्थायी शान्ति हुन नसक्ने बताउँदै उनले त्यस्तो अवस्थामा जारी भएको संविधान लागु पनि हुन नसक्ने ठोकुवा गरे । चार बुँदे सम्झौता पहिला नै भएको सम्झौताको पुनराबृत्ति भएको दावी गर्दै उनले अहिलेको सम्झौता अर्थहिन रहेको र यो केवल सरकारमा जान मधेसी जनतालाई झुक्याउने हतियार मात्रै भएको आरोप लगाए ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का उपाध्यक्ष मोहम्मद सिद्धिकीले प्रधानमन्त्री झलनाथ खनाल मधेसको दुश्मन र पूर्वाग्रही भएको आरोप लगाउँदै मधेस विराधीसँग मधेसवादीहरुले लाज पचाएर सहकार्य गर्नै नसक्ने बताए । 'बाम गठबन्धनलाई कुनै पनि हालतमा मधेसवादी दलहरुले समर्थन गर्न सक्दैनन्' उनले भने- 'वामपन्थीहरुको जहाज चढेर हिमाल पारी जाने चाहना हामीमा छैन ।'

मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामसहाय यादवले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा राष्ट्रिय सहमतिको सरकारबाट मात्रै हुन सक्ने बताउँदै त्यसैकालागि आफ्नो दलसरकारमा गएको बताए । मधेसलाई अधिकार विहीन बनाएर यूद्धमा होम्न चाहने षडयन्त्र विफल बनाउँदै अधिकार स्थापित गर्न चार बुँद सहमति गरिएको दावीपनि उनले गरे ।

सोमबार एमाओवादी र एमालेसँग भएको चार बुँदै सम्झौताबाट मधेसी जनतासँग गरेको प्रतिबद्धता पुरा गर्ने अवसर आएको दावी गर्दै उनले त्यसैकालागि सरकारमा आउन सबै मधेसवादी दलहरुलाई आब्हानपनि उनले गरे । मधेसी मोर्चाले उठाएका सबै ईश्यूहरु फोरमकै भएको दावी गर्दै उनले प्रश्न गरे- 'फोरम यिनै मुद्दाकोलागी आन्दोलनमा रहँदा अन्य दलहरु कहा गएका थिए ?'

मधेसको मुद्दालाई छाडेर हिजोको सरकारमा जानेहरु मधेस विरोधी भएको दावी गरेका उनले विभिन्न निहुमा संविधान सभा विघटन गर्ने षडयन्त्र भईरहेको भन्दै त्यसलाई विफल बनाउने चेतावनी दिए । 'अहिले जुन ढंगका षडयन्त्रहरु भैरहेका छन्, यसले संविधान नबन्ने सम्भावना बढाएको छ' यादवले भने- 'समय अपुग भए संविधान सभाको म्याद थपेर भए पनि संविधान जारी गर्नुपर्छ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?