NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसी दलहरु एमाओवादी र काँग्रेस रोजाईमा अलमल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 17 August 2011 11:58

काठमाडौ- आफ्नै पार्टी छाडेर गएका पूर्व नेताहरु बहुमतमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट आगामी प्रधानमन्त्री निर्वाचनमा मत पाउने आशा गरेपनि नेपाली कांग्रेसको त्यो आशा निराशामा परिणत हुने सम्भावना देखा परेको छ ।

बुधबार माओवादीसँग भएको वार्तामापनि मधेशी मोर्चाले एमाओवादीलाई मत दिने संकेत गरेको छ ।

पाँच वटा मधेशी पार्टी सम्मिलित मोर्चामा कांग्रेसका पूर्व कोषाध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको तमलोपा, पूर्व महामन्त्री बिजय गच्छेदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक र केन्द्रीय सदस्य जयप्रकाश गुप्ताले नेतृत्व गरेको फोरम गणतान्त्रिक गरी तीन पार्टी रहेपनि ठाकुरबाहेक अन्यले कांग्रेसको नेतृत्व स्वीकार गर्नसक्ने देखिएको छैन । मोर्चाको केही दिन अघि बसेको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारले कांग्रेसलाई समर्थन गर्नुपर्ने आसयसहितको एजेण्डा पेश गर्दा निकै ठूलो खप्की खानु पर्यो ।

श्रोतकाअनुसार, प्रधानमन्त्री खनालको राजिनामा माग्न कांग्रेसलाई मोर्चाले बाध्य पारेलगत्तै मोर्चाको बैठक सानेपास्थित फोरम लोकतान्त्रिकको कार्यालयमा भएको थियो । जसको पार्टी कार्यालयमा बैठक भएको हो, मोर्चाको बैठकको अध्यक्षता त्यही पार्टीको अध्यक्षले गर्ने र बैठकका एजेण्डा पनि उसैले गर्ने भन्ने समझदारीअनुसार बैठकको अध्यक्षता गच्छेदारले गरेका थिए । खनालको राजिनामा माग्न कडाइका साथ प्रस्तुत हुन कांग्रेसलाईपनि सहमत गराइएकाले नयाँ सरकारको नेतृत्वकालागि कसलाई सहयोग गर्ने भन्ने एजेण्डामा पनि छलफल गराउन गच्छेदारले खोजे ।

सरकारको नेतृत्वकालागि कांग्रेसलाई समर्थन गर्नुपर्ने आसयसहित उनले भने- 'मलाई आज विहानमात्र यस बिषयमा कुरा गर्न सुशील कोइरालाजी र रामचन्द्र पौडेललेपनि फोन गर्नु भएको थियो ।' कांग्रेसलाई समर्थन गर्नुपर्ने आसयसहित बैठकमा गच्छेदारले एजेण्डा राखेपछि फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश गुप्ताले आपत्ति जनाएका थिए । 'कांग्रेसका नेताहरुले तपाईंलाई मात्र गर्छन् फोन ?' गुप्ताको आक्रोस थियो- 'त्यस्ता फोन त मलाईपनि आउँछन्, के कांग्रेसका नेताहरुले साँझ विहान फोन गर्छन् भन्दैमा मोर्चाले उसैलाई भोट दिनु पर्छ ?'

गुप्ताको थप भनाई थियो- 'दश बर्षअघि मोटरसाइकल दुर्घटनामा परेर मेरो हात भाँचिएर स्टिलको पातो लगाउनु परेको थियो, त्यो बेला आकाशमा चट्याङ्ग परेर बिजुली चम्किँदा स्टिलको पातोका कारण मेरो शरीरमा पनि करेन्ट लागेजस्तो हुन्थ्यो, अहिले आफ्नै पार्टीको नेता भएपनि केही साथीलाई अझै कांग्रेसमा छु जस्तो लागेको रहेछ, त्यसैले फेरि कांग्रेसलाई समर्थन गर्नुपर्ने भन्ने प्रस्ताव राख्न खोज्दै हुनुहुन्छ ।'

सरकारको नेतृत्वमा कांग्रेसलाई समर्थन गर्नुपर्ने भन्ने गच्छेदारको आसयप्रति गुप्ताले आपत्तिमात्र जनाएनन्, भोलिपल्ट आफ्नै पार्टी कार्यालयमा आयोजना गरिएको मोर्चाको बैठकमा पनि उनी सहभागी भएनन् । गुप्ताको अनुपस्थितिका कारण अर्को दिनको बैठक फोरम (गणतान्त्रिक) को सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बसेको थियो । आफ्नै कार्यालयमा आयोजना गरिएको बैठकमा गुप्ता सहभागी नभएपनि गच्छेदारले स्पष्टिकरण दिए- 'होइन, मैले कांग्रेसका नेताहरुले मलाई फोन गरिरहन्छन् पो भनेको हुँ त । कहाँ मैले सरकारको नेतृत्वकालागि कांग्रेसलाई समर्थन गर्नुपर्छ भनेको छु ?'

फोरममा दोश्रो पटक विभाजन अघि फोरम लोकतान्त्रिक तमलोपा र सदभावना पार्टीको गठबन्धनकारुपमा रहेको मधेशी मोर्चा यसअघि कांग्रेस निकट रहँदै आएपनि फोरम गणतान्त्रिकको प्रवेशपछि मोर्चाको कांग्रेससँग पहिलेजस्तो निकटता तोडिएको छ । उपेन्द्र यादवको माओवादीसँगको अतिसय बढि निकटताका कारण गुप्ताले फोरम विभाजन गरेर छुट्टै दल निर्माण गरी मोर्चामा प्रवेश गरेपछि उनले मोर्चालाई कांग्रेसको छाताबाट अलग गराउन खोजेका छन् । र, उनलाई साथ दिएका छन् । माओवादीले शान्ति प्रकृया टुङ्गोमा पुर्याउन आवस्यक तदारुकता नदेखाएपनि संघीयताको बिषयमा अनुदार कांग्रेसलाई सजिलै सहयोग गर्नु नहुने गुप्ताको अडान रहेको बताइन्छ ।

कांग्रेस पृष्टभूमिका गच्छेदार र ठाकुरका कारण सदभावनाका महतोलेपनि उनीहरुकै भनाईमा सही थाप्ने गरेपनि गुप्ताको मोर्चामा प्रवेशपछि महतोलेपनि मोर्चाभित्र गुप्तालाई साथ दिन थालेका छन् । तमलोपाबाट विभाजित तमलोपा नेपाललाई गुप्ताकै शर्तका कारण मोर्चामा सामेल गराइएकाले मोर्चाभित्र उनलेपनि गुप्तालाई नै सहयोग गर्न थालेको श्रोतले बतायो । 'मोर्चाभित्र कांग्रेसलाईभन्दा एमाओवादीलाई सहयोग गर्नुपर्छ भन्ने पक्ष बलियो हुँदै गएको छ' श्रोतले भन्यो- 'त्यसैले, चुनाव भएको खण्डमा माओवादी उम्मेदवारले मोर्चाको मत पाउने सम्भावना ज्यादा छ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?