NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसी पार्टी बिभाजनमा एमालेको हात रहेको दावी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral & Santa Bagam   
Sunday, 02 January 2011 16:13

काठमाडौँ- शुक्रबारमात्र विभाजित भएको तराई मधेश लोकतान्त्रिक पार्टीको विभाजनमा प्रमुख सत्तारुढ दल नेकपा (एमाले) को हात रहेको आरोप सो पार्टीका एकजना बरिष्ठ नेताले लगाएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लालले एमालेमाथि यस्तो आरोप लगाएका हुन् ।

तमलोपाका बरिष्ठ महामन्त्री तथा उद्योगमन्त्री महेन्द्र यादव र उद्योग राज्यमन्त्री दानबहादुर चौधरीले शुक्रबार पार्टीका २० मध्ये ९ जना सभासदहरुको साथ लिएर नयाँ पार्टी 'तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल' गठन गरेका थिए ।

बरिष्ठ उपाध्यक्ष लालले प्रधानमन्त्री बन्ने दौडमा रहेका नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले फुटाएको आरोप लगाए । उनले पार्टीको मागअनुसार पार्टी फुटाउने उद्योगमन्त्री महेन्द्रप्रसाद यादव र शिक्षा राज्यमन्त्री गोविन्द चौधरी पदमुक्त नगरे आफूहरुको आशंका प्रमाणित हुने चेतावनी दावी गरे । 'हाम्रो पार्टी फुटाईएको छ, आधा घण्टामै पार्टीलाई मान्यता दिनेदेखि कुर्सी उपलब्ध गराउने सम्मको काम भयो ?' उनले भने 'पूर्व योजनाअनुसार नभएको भए सम्भव थिएन ।'

नयाँ सरकार निर्माणको बेलामा सबै राजनीतिक पार्टीमा गुटबन्दी भएको बताउँदै उनले तमलोपामा आएको विभाजन पनि त्यसैको परिणाम भएको ठोकुवा गरेका छन् । 'तमलोपा केही ब्यक्तिहरुको निहित स्वार्थमा फुटेको हो' उनले भने- 'कसैको प्रधानमन्त्री बन्ने र कसैको तानाशाह बन्ने चाहनाले काम गरेको छ ।' तमलोपाका अध्यक्ष महन्थ ठाकुरको सिफारिमा यादव र चौधरी मन्त्री भएकोले अध्यक्षले फिर्ता बोलाउँदा पदमुक्त हुने दावी गरे ।

पार्टी विभाजनको नेतृत् वगर्ने उद्योगमन्त्री यादवमा नैतिकता नभएको आरोप लगाउँदै नैतिकता भएको भए मन्त्री पदबाट राजिनामा दिएर अर्को पार्टी गठन गर्नु पर्ने उनको भनाई थियो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले उद्योगमन्त्री महेन्द्रप्रसाद यादव र उद्योग राज्यमन्त्री दानबहादुर चौधरीलाई तत्काल पदमुक्त गर्न सिफारिस गरेका छन् ।

ठाकुरले कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाललाई पुस १८ गते भेटेर यस्तो आग्रह गरेका हुन् । पार्टीका अध्यक्ष ठाकुरले तमलोपाबाट प्रतिनिधित्व गरिआभएका यादव र चौधरीले दल परित्याग गरिसकेको अवस्थामा सोही पार्टीबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन बान्छनीय नभएको कारण दर्शाइ एक पत्र प्रधानमन्त्रीसमक्ष बुझाएको सो पार्टीका सचेतक वृजेशकुमार गुप्ताले जानकारी दिए ।

ठाकुरले आफ्नो पार्टी एमाले अध्यक्ष झलनाथ खनालले फुटालेको आरोप लगाएका छन् ।

-Sitaram Baral Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?