NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेशी जनता अधिकार सम्पन्न नहुनुमा पहाडी समुदायका मानिसहरुको गुलामी गर्ने प्रबृति जिम्मेवार रहेको दावी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 09 April 2010 16:43

काठमाडौं- मधेश स्वाभिमान यात्राका क्रममा अन्य मधेशवादी अन्य दलका नेताहरुप्रति आक्रोस व्यक्त गरेका सत्तारुढ सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनता अधिकार सम्पन्न नहुनुमा पहाडी समुदायका मानिसहरुको गुलामी गर्ने प्रबृति जिम्मेवार रहेको दावी गरेका छन् ।

तीन ठूला दल सत्ता लिप्सामा लागेकाले संविधान निर्माणको मुद्धा ओझेलमा परेको बताउँदै महतोले तीन ठूला दलहरुबीचको झगडाले सहमतिको राष्ट्रिय सरकार बन्न नसकेको बताएका छन् । जनकपुरमा पत्रकार सम्मेलन गरी उनले उपरोक्त कुरा बताएका हुन् ।

आजसम्मका सबै सरकार मधेश विरोधी भावनावाट ग्रसित भएको आरोप लगाउँदै महतोले मधेशी जनतालाई अधिकारसम्पन्न गराउन नयाँ संविधान आवश्यक रहेकोमा जोड दिएका छन् ।

मधेशी जनता आफ्नो शासन र आफ्नै प्रशासनको प्रतिक्षामा रहेको बताउँदै उनले सदभावना पार्टीको देशलाई टुक्राउने एजेण्डा नरहेको स्पष्टिकरण दिए । विहीबारमात्र उनले संघीयता नभए मधेश छुट्टै देश बन्ने चेतावनी दिएका थिए ।
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्बिधान सभा निर्वाचनमा मधेशवादी दलहरुबीच एकता गर्न नमान्दा मधेशी दलहरु कमजोर भएको बताउँदै मधेशवादी दलहरुबीच एकता हुन सकेको भए २ सय सिट मधेशी दलहरुको पोल्टा पर्ने दावी उनको थियो ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?