NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'तमलोपा' ले रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 10 January 2011 12:52

काठमाडौं- बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टी 'तमलोपा' ले नेपाली कांग्रेसका प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने भएको छ ।

संयुक्त मधेशी मोर्चाको एक प्रमुख घटक तमलोपा यसअघिका निर्वाचनहरुमा तटस्थ बस्दै आएको थियो । बृहद प्रजातान्त्रिक मोर्चाको आवस्यक भएको बताउँदै सो पार्टीले कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने निर्णय गरेको हो ।

मधेशी मुद्धाका दृष्टिले माओवादीसँग निकट रहेको बताएपनि मोर्चामा रहेका मधेशी राजनीतिक दलहरुले भारतको सुझाव अनुसार माओवादी उम्मेदवारको पक्षमा मतदान गरेका थिएनन् भने मधेशी मुद्धामा माओवादीभन्दा अपेक्षाकृत अनुदार मानिने कांग्रेसलाई मतदान गर्दा मधेशी जनताको आक्रोसको सामना गर्नुपर्ने भएकाले उनीहरुले कांग्रेसको पक्षमापनि मतदान गर्न सकेका थिएनन् ।

तर हिजोदेखि सुरु भएको व्यवस्थापिका संसदको नियमित अधिवेशनमा सभामुख सुवाष नेम्वाङ्गले कसैलाईपनि तटस्थ नबस्न रुलिङ्ग गरेपछि भारत निकटस्थ मानिने मधेशवादी दलहरुलाई पौडेलको पक्षमा मतदान गर्न सहज भएको छ । संयुक्त मधेशी मोर्चामा तमलोपा पौडेलको पक्षमा मतदानको निर्णय गर्ने पहिलो मधेशवादी दल भएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुर कांग्रेसका पूर्व कोषाध्यक्ष हुन् ।

तमलोपाले निर्णय गरेपछि मोर्चाका अन्य दुई घटक फोरम (लोकतान्त्रिक) र सदभावना पार्टीलाईपनि कांग्रेसकै पक्षमा मतदान गर्न सजिलो भएको छ । फोरम लोकतान्त्रिक का अध्यक्ष विजय गच्छेदारपनि कांग्रेस पृष्ठभूमिकै हुन् । मधेशी पार्टीहरुमा सबैभन्दा भारत निकटस्थ मानिने सदभावना पार्टीलेपनि कांग्रेसका उम्मेदवार पौडेललाई नै मतदान गर्ने निश्चितप्राय छ । प्रमुख मधेशवादी दल फोरम भने यस सम्बन्धमा अनिर्णित छ ।

मधेशवादी दलहरुले पौडेलको पक्षमा मतदान गरेपनि एमालेले पौडेललाई समर्थन नगरी पौडेलले प्रधानमन्त्री जित्ने सम्भावना भने छैन । एमालेलेचाहिँ यसअघि नै पौडेलको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । पार्टीभित्रको नेपाल ओली पक्षले पौडेलको पक्षमा मतदान गर्न माग गर्ने आशंकाका कारण एमाले केन्द्रीय कमिटीको बैठक बुधबारको प्रम निर्वाचनभन्दा अगाडि नबस्ने गरी स्थगित भैसकेको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?