NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महन्त ठाकुर महन्त नरहेपछि पार्टीमा बखेडा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 29 June 2011 13:26

काठमाडौं- पार्टी विभाजनको पीडा समाप्त नहुँदै तराई मधेश लोकतान्त्रिक पार्टीमा अर्को विवाद सुरु भएको छ ।

पार्टीका नेताहरु महाधिवेशनको तैयारीमा जिल्ला जिल्लामा रहेका बेला अध्यक्ष महन्थ ठाकुरले पार्टीका बरिष्ठ नेताहरुलाई बरिष्ठता क्रममा पछाडि पार्ने गरी राजावादी रिटायर्ड जीवन बिताइरहेकाहरुलाई केन्द्रीय कार्यसमिति विस्तार गरेपछि पार्टीका केही नेताहरुले राजिनामा दिएका छन् भने केहीले राजिनामा दिने तैयारी गरेका छन् ।

अघिल्लो कार्यसमितिमा बरिष्ठताक्रममा २६ औं नम्बरमा रहेकी पूर्व युवा तथा खेलकूद राज्यमन्त्री पुनर्गठित कार्यसमितिमा ४६ औं नम्बरमा परेकी छन् । यसैगरी बुद्धिजीवी फ्रन्टका मोरङ्ग जिल्ला सदस्य रहेका अरुण दास केन्द्रीय समितिमा ल्याइएका छन् । बुद्धिजीवी फ्रन्टका जिल्ला सदस्यलाई पार्टीको केन्द्रीय कार्य समिति सदस्य बनाइए पछि फ्रन्टका महासचिव केन्द्रीय सुरेन्द्र झाले राजिनामा दिएका छन् ।

पुनर्गठित केन्द्रीय कार्य समितिमा शाही शासनको समर्थन गरेका बीरगन्जका पूर्व मेयर विमल श्रीवास्तवलगायतलाई ल्याइएको छ । यसैगरीसद्भावना पार्टी सम्बद्ध किसान संघका पूर्व अध्यक्ष शुभलाल महतोलाई पनि केन्द्रीय सदस्य बनाइएको छ । राजनीतिबाट अवकास लिएका यादवलाई केन्द्रीय सदस्य बनाएर पार्टीभित्रका सकृय र सक्षम युवाहरुलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिबाट निरुत्साहित पारेको आरोप असन्तुष्टहरुले लगाएका छन् ।

श्रोतकाअनुसार, आगामी भदौ २७ २८ र २९ गते पहिलो महाधिवेशन गर्ने आन्तरिक निर्णय पार्टीले गरिसकेको छ । महाधिवेशनको तैयारीकालागि पार्टीका सबै केन्द्रीय नेताहरु जिल्ला र गाउँ-क्षेत्रस्तरीय महाधिवेशन गर्न जिल्ला जिल्लामा खटिएका छन् । यही मौका पारेर ठाकुरले केन्द्रीय कार्य समिति पुनर्गठन गरेको आरोप उनीहरुको छ । सामान्यतया महाधिवेशन तिथि तय भैसकेको स्थितिमा महाविधेशनकालागि बनाइएको समितिमा हेरफेर गरिँदैन । कार्य समिति पुनर्गठनप्रति असन्तुष्ट चौधरी लगायत जनवर्गीय संगठनका नेताहरुले महाधिवेशनकालागि जिल्ला जिल्लामा खटाइएको जिम्मेवारीसमेत लिन अस्वीकार गरेका छन् ।

आइतबार अध्यक्ष ठाकुरले केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको सूचना केन्द्रीय कार्यसमितिको सूचना बोर्डमा टाँसिएको थियो । भोलिपल्टै पार्टीका केन्द्रीय नेताहरु सहित जनवर्गीय संगठनका प्रमुखहरुले अध्यक्षको यो कार्य अलोकतान्त्रिक भएको भन्दै अध्यक्ष ठाकुरलाई ज्ञापन पत्र पठाएका छन् । पार्टी महाधिवेशनको तैयारी अघि बढिरहेको र जिल्ला अधिवेशनकालागि पार्टीद्धारा प्रभारी (इन्चार्ज) एवं सहयोगी नियुक्त गरिसकेको अवस्थामा गरिएको पुनर्गठनलाई उनीहरुले मधेशविरोधी कार्यको रुपमा लिइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

'पुनर्गठित कार्य समितिमा पुरानै बरियताक्रममलाई तोडी बिगतका नेताहरुलाई अपमान गरिने कार्य समेत भएको छ' उनीहरुले अध्यक्ष ठाकुरलाई दिएको ज्ञापन पत्रमा भनिएको छ- 'भातृ संगठनका अध्यक्षहरुलाई दिइएको आमन्त्रितको ओहोदालाई हामी अस्वीकार गर्दै पार्टीको यो निर्णयलाई पुनर्विचार नगरिएको खण्डमा हामीहरुबाट सामुहिक राजिनामा साथै अन्य कठोर निर्णय लिन बाध्य हुनेछौं ।'

सो ज्ञापनपत्रमा महिला फ्रन्टकी अध्यक्ष चन्दा चौधरी, युवा फ्रन्टका अध्यक्ष कृष्णा सिंह, विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डल, प्राध्यापक संघका अध्यक्ष उदय तिवारी, अपाङ्ग संघका अध्यक्ष प्रेमनारायण झा, बुद्धिजीवी संघका महासचिव सुरेन्द्र झा र स्वास्थ्य संघका महासचिव चन्द्रकान्त झाले हस्ताक्षर गरेका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?