NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसीकालागि 'मेची-काली मधेश स्वाभिमान यात्रा' सुरु गरिदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 29 March 2010 14:46

काठमाडौं- आपसी फुट र विभाजनका कारण मधेशवादी दलहरु कमजोर बन्दै गैरहेका बेला फुट र विभाजनका कारण मधेशमा रिक्त हुनसक्ने राजनीतिक स्थितिमा आफू बलियो बन्न सत्तारुढ सदभावना पार्टीले 'मेची-काली मधेश स्वाभिमान यात्रा' सुरु गर्ने भएको छ ।

यात्राको प्रचारकालागि टाँसिएका पोष्टर Photo: Sitaram


सो पार्टीले निर्धारित मितिमै सम्बिधान निर्माण र एक मधेश एक प्रदेशकालागि दबाब दिन यो कार्यक्रम आयोजना गर्न लागिएको दावी गरेको छ । फोरम विभाजित भैसकेको र तमलोपा विभाजनको संघारमा रहेका बेला उनीहरुको स्थान लिन मधेशको तेश्रो ठूलो राजनीतिक दल सदभावनाले यो कार्यक्रम आयोजना गरेको हो ।

सो यात्रामा सरकारमा रहेका आपूर्तिमन्त्री तथा पार्टी अध्यक्ष राजेन्द्र महतोसहित पार्टीका तीनै जना मन्त्री, पार्टीका सबै सभासदहरु रहने सो पार्टीले जानकारी दिएको छ । संघीयता विरोधी अभियान चर्किरहेका बेला यो अभियान संघीयता विरोधीहरुलाई जवाफ दिनपनि आयोजना गरिएको सो पार्टीले बताएको छ । यात्रा चैत्र २१ झापाको राजगढबाट सुरु भै बैशाख ९ गते कन्चनपुरको बेलौरीमा पुगी समापन हुनेछ । र्यालीको उदघाटन अध्यक्ष महताले बैशाख २१ गते झापाको राजगढमा हुने कार्यक्रममा गर्नेछन् ।

यसपछि लगातार साढे दुई हप्ता यात्रा तराईका जिल्लाहरुमा पुग्ने कार्यक्रम छ । यात्रा २२ गते विराटनगर, इनरुवा २३ गते, २४ गते राजविराज, २५ गते सिरहा, २६ गते जनकपुर, २७ गते जलेश्वर, २८ गते मलंगवा, २९ गते गौर, कलैया ३० गते, बैशाख १ गते हेटौंडा, २ गते परासी, भैरहवा ३ गते, ४ गते तौलिहवा, ५ गते, गढवा बैशाख ६ गते, नेपालगन्ज, गुलरिया ७ गते पुग्ने कार्यक्रम छ । फोरममा विभाजित भैसकेको र तमलोपा विभाजनको संघारमा रहेका बेला सदभावनाले यस्तो कार्यक्रमबाट ती पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा आउने आशा लिएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?