NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'प्रधानमन्त्रीलाई पार्टीले कारवाही गर्ने भन्ने विषय हल्ला मात्रै हो'- सिँचाईमन्त्री रघुबीर महासेठ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 09 May 2011 13:22

काठमाडौँ- एमाओवादीलाई गृह मन्त्रालय दिएको बिषयमा एमालेभित्र चलेको विवाद उत्कर्षमा पुगेको छ ।



यसैक्रममा ओली पक्षीय नेता तथा सिँचाईमन्त्री रघुबीर महासेठले एमाओवादीलाई गृह मन्त्रालय दिएर प्रधानमन्त्री झलनाथ खनालले कुनै गल्ती नगरेको दावी गरेका छन् । एमालेसम्बद्ध लोकतान्त्रिक मधेशी संगठनका अध्यक्षसमेत रहेका मन्त्री महासेठले मधेशवादी दलहरुले गर्ने भनेको आन्दोलन अन्य शक्तिहरुको उक्साहटमा हुन लागेको आरोपपनि लगाएका छन् ।

पार्टीको काम पार्टीले गर्छ । सरकारमा के गर्ने भन्ने निर्णय प्रधानमन्त्रीले लिनु हुन्छ, गृह मन्त्रालयको जिम्मेवारी एमाओवादीलाई दिइएकोमा असन्तुष्ट नेपाल-ओली पक्षलाई लक्ष्यित गर्दै मन्त्री महासेठले सन्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा भने- 'यस विषयलाई लिएर प्रधानमन्त्रीलाई पार्टीले कारवाही गर्ने भन्ने विषय हल्ला मात्रै हो, प्रधानमन्त्रीले गर्नुपर्ने काम गर्दा पार्टीले कुनै कार्वाही गर्न सक्दैन ।'

पार्टी केन्द्रीय कमिटीको आगामी बैठकले पहिलेजस्तै यस पटक पनि पार्टी अध्यक्षको प्रतिवेदन पारित हुने ठोकुवा गरेका मन्त्री महासेठले पार्टीको शक्तिशाली अंग केन्द्रीय कमिटी भएकाले यसले स्थायी कमिटी र पोलिटब्यूरोको बैठकलाई पनि उल्टाउन सक्ने चेतावनी दिए । महासेठको भनाई थियो- 'केन्द्रीय कमिटीबाट अध्यक्षको प्रतिवेदन त्यसरी नै पारित हुन्छ, जसरी पहिले पारित हुने गरेको थियो ।'

पार्टीभित्रको विवाद बाहिर प्रचारमा आएजस्तो नभएको बताएका उनले सरकार निर्माणताका एमाले र माओवादीवीच आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने सहमति भए पनि जेठ १४ गते पछिपनि झलनाथ खनालकै नेतृत्वको सरकार कायम रहने दावी गरे । 'जेठ १४ गतेपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा भएको छैन' उनले भने- 'समय आएपछि सहमतिमा नै यस बिषयमा निर्णय हुनेछ ।'

संविधान सभाको म्याद थप्नु पर्नेमा जोड दिँदै महासेठले संविधान सभा भंग गरेर आयोगबाट संविधान बनाउने षडयन्त्रकासाथ म्याद थपको विरोध भईरहेको आरोप लगाए । 'संविधान सभाको म्याद नथप्ने हो भने संविधान कहाँबाट बनाउने? आयोगबाट बनाउने ? उनको प्रश्न थियो- 'मुलुकलाई अराजकता र अनिश्चिततामा लैजान खोजिएको हो ?' महासेठले मधेसी र जनजातिलाई आयोगबाट बन्ने संविधान स्वीकार नहुने बताए ।

आफूलाई मधेसवादी भन्ने स्वघोषित मधेसवादी दलहरुले संविधान सभाको म्याद नथपेर संविधान सभा विघठन गरेर आयोगबाट संविधान बनाउने षडयन्त्र गरेको आरोप लगाएका एमाले सम्बद्ध लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष महासेठले यस्ता स्वघोषित मधेसवादीहरुले गर्ने भनेको आन्दोलनको धम्की उनीहरुको स्वविवेकमा होइन, कसैको उक्साहटमा आएको दावी गरे । संविधान सभाको म्याद नथपिए मुलुकमा गृहयुद्ध हुने चेतावनीपनि उनले दिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?