NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'एक मधेश एक प्रदेश भएन भने मधेश छुट्टै राष्ट्र बन्नेछ'- आपूर्तिमन्त्री राजेन्द्र महतो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 08 April 2010 15:44

काठमाडौं- एक मधेश एक प्रदेशकालागि तराईका जिल्लामा मधेशको स्वाभिमान यात्रा गरिरहेको सदभावना पार्टीभित्रपनि विवाद सिर्जना भएको छ ।

मधेशमा आफ्नो बर्चश्व कायम राख्न पार्टी अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले आयोजना गरेको यो यात्राका क्रममा उनले अन्य मधेशवादी दलहरुलाई माओवादी, कांग्रेस र एमालेका दलाल दलको रुपमा आरोप लगाएकामात्र छैनन्, मधेशी जनअधिकार फोरमलाई चिनको दलाल भएको दावीसमेत गरेका छन् । अन्य दलहरुलाई आरोपित गरेपछि यात्रा आयोजक दल र फोरमबीच मधेशका विभिन्न जिल्लामा झडपसमेत भएको छ ।

यात्रामा पार्टीका मन्त्री तथा सबै सभासदहरु संलग्न हुने भनिएपनि पार्टीका महामन्त्री लगायतका सभासदहरु सरिक भएका छैनन् । सरकारलाई समर्थन गर्ने नगर्ने बिषयमा पार्टीभित्र विवाद सिर्जना भएपछि महामन्त्री तथा सभासद अनिलकुमार झा, खोभारी राय यादव, महेश यादव लगायतका सभासदहरुले यात्रा बहिस्कार गरेका हुन् । सप्तरी-३ बाट निर्वाचित सभासद यादवले यात्रा राजविराज पुगेका बेला छुट्टै पत्रकार सम्मेलन गरी मधेशी जनतालाई बेवकुफ बनाउन महतोले यात्रा आयोजना गरेको र भुलभुलैयामा नपर्न सार्वजनिक रुपमै आग्रह गरेका छन् ।

आफ्नै पार्टीले मेचीदेखि महाकालीका तराई जिल्लामा आयोजना गरेको यात्रा बहिस्कार गरेका महामन्त्री लगायतका यी तीन सभासदहरु बर्तमान सरकार बिघटन गरी राष्ट्रिय संयुक्त सरकारको पक्षमा छन् । जहिल्यै सरकारमा जानुपर्ने र पार्टी सरकारमा गएका बेला आफै सरकारमा जाने मन्त्री महतो लोकतन्त्रको पुनरस्थापनापछि सबैभन्दा बढि मन्त्री बन्ने ब्यक्ति हुन् । लोकतन्त्र स्थापनापछि उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्री मण्डलमापनि थिए भने माओवादी नेतृत्वको र एमाले नेता माधब नेपालले नेतृत्व गरेको मन्त्री मण्डलमापनि उनी सदस्य छन् ।

महतोको नेतृत्वमा यही चैत्र २१ देखि सुरु भएको सो यात्रा बिहीबार जनकपुर पुगेको छ । राजविराजमा आयोजित सभामा फोरमलाई माओवादीको, तमलोपालाई कांग्रेसको र फोरम लोकतान्त्रिकलाई सत्ताको दलालको आरोप लगाएका मन्त्री महतोले जनकपुर पुगेर मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई चीनको दलाल भएको आरोप लगाएका छन् । चीनको दलाल बनेर फोरम अध्यक्ष यादव सत्तामा जान माओवादीको गुलामी गरिरहेको दावीपनि महतोले गरेका छन् । एउटा मधेशवादी दलले अर्को मधेशवादी दललाई यसरी कुनै छिमेकी राष्ट्रको दलालको आरोप लगाएको यो पहिलो पटक हो ।

सो कार्यक्रममा बोल्दै मन्त्री महतोले जनकपुरलाई प्रान्तिय राजधानी बनाउनुपर्ने बताउँदै देशमा संघीय शासन नभएमा र मधेश आन्दोलनको उपलब्धी दिने काममा षडयन्त्र भएमा देश टुक्रिने चेतावनी दिएका थिए । मधेशी जनताको आकांक्षा भनेकै एक मधेश प्रदेश भएको दावी गर्दै मन्त्री महतोले त्यसका लागि आफ्नो दल जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताए । 'अब एक मधेश एक प्रदेश बनाउने कि एक मधेश एक देश बनाउने भन्ने कुरा शासक वर्गमा भर पर्छ' उनले चेतावनीको स्वरमा भने- 'एक मधेश एक प्रदेश भएन भने मधेश छुट्टै राष्ट्र बन्नेछ ।'

महतोलाई भारतको स्वार्थ पुरा गर्ने मधेशी नेताको रुपमा चिनिदै आएको छ । सो यात्रामापनि अधिक रुपमा भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरिएका छन् । जनकपुरमा आयोजित सभापछि पत्रकारहरुसँग कुरा गर्दै महतोले महतोले स्वाभिमान यात्रामा भारतीय गाडी प्रयोग गर्नु जायज भएको प्रतिकृया दिए । 'प्रहरी र सेनाले त भारतीय गाडी प्रयोग गरेका छन्, हामीले प्रयोग गर्नु के अनौठो भयो र ?' मन्त्री महतोले भने- 'भारतीय गाडी सस्तो परेकाले हामीले प्रयोग गरेका हौं ।' जनकपुरमा कार्यक्रम सकेर सो यात्रा सर्लाहीतिर अघि बढेको छ ।

राजबिराजको कार्यक्रममा महतोले यादव नेतृत्वको फोरमलाई माओवादीको दलालको रुपमा आरोपित गरेपछि जनकपुरमा हुने कार्यक्रमलाई असफल पार्न फोरमले बन्दको आयोजना गरेको थियो । फोरम कार्यकर्ताले बिहानैदेखि जनकपुरमा मन्त्री महतोका विरुद्ध नाराबाजी गरेका थिए । दोहोरॊ झडपको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरको सुरक्षा व्यवस्था कडा पारेको थियो । जनकपुरका चोकचोकमा शसस्त्र प्रहरीको विहानै तैनाथ गरिएको थियो । फोरम कार्यकर्ताहरु हातमा बाँसको भाटा र टायर बोकेर बसेका थिए ।

जनकपुरबाट प्राप्त समाचार अनुसार, पूर्व मन्त्रीसमेत रहेकी फोरम सभासद रेणु यादवको नेतृत्वमा जनकपुरमा निस्किएको जुलुसले बाटोमा गुडिरहेको साइकल र रिक्साको हावा समेत खुस्काएका थिए । फोरमको बन्द र बिरोधका कारणले सदभावनाले दिउँसो एक बजे जनकपुरमा गर्ने भनेको सभा करिब ५ बजेमात्रै गर्न सकेको थियो । सुरक्षाको व्यवस्थामा खलल पुर्याएको भन्दै प्रहरीले मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्ष शेष नारायण यादव सहित ५३ जना कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?