NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेशी राष्ट्रिय मुक्ति मोर्चाद्वारा असार २४ गते नेपाल बन्द PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 01 July 2010 14:26

काठमाडौं- एकपछि अर्को गर्दै मधेशमा पार्टीका कार्यकर्ताहरु मारिन थालेपछि एकिकृत नेकपा (माओवादी) सम्बद्ध मधेशी संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाले त्यस विरुद्ध संघर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।

यसैक्रममा उसले असार २४ गते नेपाल बन्दलगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

मोर्चाका महासचिव रामरिझन यादवकाअनुसार मधेशमा श्रृंखलाबद्ध पार्टीका नेता कार्यकर्ताको हत्याका विरुद्ध प्रतिरोध कार्यक्रमको संकेत हो यो । माओवादी शान्ति प्रकृयामा आएयता माओवादीका सय जनाभन्दा बढि नेता कार्यकर्ता मारिएका छन् ती मध्ये दुई तिहाई मधेशका छन् ।

सुरक्षा प्रबन्ध गर्नुपर्ने मागसहित मोर्चाका उपाध्यक्ष रामकुमार शर्मा, महासचिव रामरिझन यादव, सभासदहरु जयराम दाहाल, देबेन्द्र पटेल लगायतको टोलीले बिहीबार गृहसचिव गोबिन्द कुसुम, प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीसँग भेट गरेको छ । मोर्चाको सो टोलीले शुक्रबार पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिने र प्रजिअ कार्यालय घेराउ गर्ने कार्यक्रम छ ।

मोर्चाले असार २० गते १२ देखि २ बजेसम्म चक्काजाम कार्यक्रम राखेको छ भने असार २२ गते बीरगन्जमा जनप्रदर्शन र असार २३ गते मधेश बन्दको पूर्व सन्ध्यामा मधेशभरि मशाल जुलुश कार्यक्रम आयोजना गरेको छ । मोर्चाका कार्यक्रम धेरैजसो बीरगन्ज केन्द्रित देखिन्छन् ।

गत हप्ता बीरगन्जमा हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा माओवादीलाई मुछेर स्थितिलाई उत्तेजक बनाउन खोजिएको भन्दै माओवादीले बिरगन्ज केन्द्रित कार्यक्रम सुरु गरेको हो । तिवारीले बैशाखमा भएको अनिश्चितकालिन आम हडतालमा बीरगन्जमा प्रतिकारको नेतृत्व गरेका थिए । त्यसै आधारमा तिवारीको हत्या माओवादीले गरेको आरोप संघका केही पदाधिकारीको छ ।

बीरगन्ज पछिल्लो समय धार्मिक र जातीय हिसावले निकै सम्बेदनशील बन्दै गएको छ । मुस्लिमकोसमेत उल्लेख्य जनसंख्या रहेको बीरगन्जलाई अतिवादी हिन्दूहरुलेमात्र होइन राजावादीहरुलेसमेत आफ्नो गतिविधिको केन्द्रस्थल बनाएका छन् । त्यसैले सोही क्षेत्रमा माओवादीका कार्यकर्ताहरु आक्रमणको तारो बन्दै गएका छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?