NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'तराई, मधेस, पहाड, हिमाल एकता पार्टी' नामक पार्टीको गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 23 September 2010 13:49

काठमाडौं- संविधान सभामा मार्फत नेपालबाट राजतन्त्रको अन्त्य गरेको विषयमा असहमति जनाउँदै सो विषयलाई जनताको अभिमत मार्फत टुङ्ग्याउनु पर्ने धारणा सहितको नयाँ पार्टी गठन भएको छ ।

'तराई, मधेस, पहाड, हिमाल एकता पार्टी' नामक पार्टीको गठन भएको हो । यसअघि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरका 'घरवेटी' रहेका प्रबिण झाले नयाँ तराई मधेश हिमाल पहाड एकता पार्टीको गठन गरेका हुन् ।

नवगठित सो पार्टीको अवधारणा पत्रमा संघीयताको बिषयलाई राजनीतिक दलहरुले उठाएको दावी गरिएको छ । सो दलले राष्ट्रिय एकता र नेपाली नेपाली वीच भावनात्मक एकताकोलागी काम गर्ने बचनबद्धतापनि व्यक्त गरेको छ । समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गराउने र संविधान बनाउन नसक्ने संविधान सभा तत्काल विघठन गरेर नयाँ निर्वाचन गराउनु कुरालाई सो पार्टीले आफ्नो कार्ययोजना बनाएको छ ।

झाको अध्यक्षतामा गठित सो पार्टीको केन्द्रीय सदस्यहरुमा विनिता ढकाल, विकास कार्की, सरोज यादव, सरोज श्रेष्ठ, ऋषिकेश झा, जीवन साह र दीपेन्द्र मिश्र रहेका छन् । यसअघि तमलोपा अध्यक्ष ठाकुर झाको तीनकुनेस्थित निवासमा बस्दै आएका थिए । अनामनगरस्थित पार्टी कार्यालयमा बस्दै आएका ठाकुरलाई माधब नेपालको सरकार बन्नुअघि आफ्नो घरको फ्ल्याट उपलब्ध गराएका थिए ।

आफ्नो घरमा अध्यक्ष ठाकुरलाई लगेपछि उनले आफूलाई कुनै संस्थानको महाप्रवन्धक वा राष्ट्रिय खेलकूद परिषदको सदस्य उपाध्यक्ष वा सदस्य सचिव बनाउन पटक पटक दवाव दिएका थिए । उनको दवाव अस्वीकार गरेपछि उनले ठाकुरलाई आफ्नो घर छाड्न दवाव दिन थाले । अनुरोध गरी आफ्नो घरमा लग्ने झाले घर छाड्न दबाव दिएपछि अध्यक्ष ठाकुरले दुई हप्ताअघि सो घर छाडेर सानोठिमी बस्न सुरु गरेका छन् ।

श्रोतका अनुसार, आफ्नो स्वार्थ पुरा नभएपछि झाले ठाकुरलाई घर छाड्न दबाबमात्र दिएका थिएनन् तमलोपालाई चुनौति दिने गरी पार्टी गठन गर्ने धम्कीपनि दिएका थिए । सोही धम्की पुरा गर्न उनले नयाँ पार्टी गठन गरेका हुन् । झा शाही शासनकालमा दरवारसँग नजिक रहेको बताइएको छ । त्यसैले उनले राजतन्त्र फर्काउने माग र संघीयताको विरोधका साथ पार्टी गठन गरेका छन् ।

पार्टी घोषणा सभामा बोल्दै सो पार्टीका केन्द्रीय सदस्य सरोज श्रेष्ठले कुनै बर्ग विशेषकोलागि मात्र नभएर सबैले मिलेर एकीकृत भएर मुलुक बनाउनु पर्ने आवश्यकता रहेको बताए । उनले एकीकृत नेपाललाई बाईसे चौविसे राज्य बनाउनेहरु विरुद्ध एक ढिक्का भएर संघर्ष गर्न आब्हान गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?