NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पार्टी फुटाउने फोहोरी खेलको यो रुप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 08 August 2011 08:34

काठमाडौ- एक महिना अघि भएको पार्टी विभाजनले औपचारिकरुपमा मान्यता पाए आफू नेतृत्वको पार्टी फेरि फुट्ने सम्भावना देखिएपछि मधेशवादी दल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ पार्टीको मान्यता पाएको संघीय सदभावना पार्टीलाई मान्यता नदिलाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामाथि दवाव बढाएका छन् ।



गत साउन २ गते सभासद एबं सदभावनाका पूर्व महासचिव अनिल झाले आफूलगायत ४ जना सभासदलाई लिएर संघीय सदभावना पार्टीको गठन गरेका थिए ।

व्यवस्थापिका संसद नियमावलीमा सम्बिधान सभामा रहेका कुनैपनि मूल पार्टीका ४० प्रतिसत सभासदले नयाँ पार्टी गठन गर्न चाहेमा सभामुखले त्यसलाई मान्यता दिनुपर्ने हुन्छ । तर फुटेर बनेको नयाँ पार्टीका हकमा भने यो कुरा लागू हुँदैन । नौ सभासदमध्ये पार्टी विभाजनपछि महतो नेतृत्वको सदभावनासँग अब जम्मा ५ जनामात्र सभासद छन् । बाँकी ५ मध्ये २ जना सभासदले चाहने हो भने ४० प्रतिसतको प्रावधानअनुसार उनीहरुलेपनि नयाँ पार्टी गठन गर्न सक्छन् ।

महतोसँग बाँकी रहेका उनीसहित पाँचमध्ये २ जना सभासदहरु बाराबाट निर्वाचित सरोज यादव र समानुपातिकबाट निर्वाचित रामनरेश राय यादव महतोसँग सन्तुष्ट छैनन् । झाले नयाँ पार्टी गठन गर्ने तैयारी गर्दा यी दुवै सभासदले उनलाई साथ दिने बचन दिएका थिए । यो थाहा पाएपछि महतोले उनीहरुलाई रोकेका थिए । यही कारण झालाई ४० प्रतिसत पुर्याएर नयाँ पार्टी दर्ता गर्न केही समय लागेको थियो । त्यसपछि उनले बिकल्पमा पार्टीकी अर्की सभासद मालवती राना चौधरीलाई साथ लिएर पार्टी विभाजन गरेका थिए ।

श्रोतकाअनुसार, सभासदहरु सरोज र रामनरेशले झालाई साथ दिने देखिएपछि उनीहरुलाई आर्थिक प्रलोभन दिएर रोक्न सफल भएपनि रानाले झालाई साथ देलिन् भन्ने महतोलाई एक रत्ति विश्वास थिएन । त्यसैले रानालाई रोक्न उनले कुनै प्रयास गरेनन् । तर झाले रानालाई पार्टीको सहअध्यक्ष बनाएर ४० प्रतिसत संख्या पुर्याई पार्टी विभाजन गरिदिए । झाले नयाँ पार्टी व्यवस्थापिका-संसद सचिवालयमा दर्ता गराएर मान्यता पाएपछिमात्र महतोले आफ्नो पार्टी विभाजित भएको चाल पाएका थिए ।

महतो नयाँ पार्टीलाई दिइएको मान्यता खारेज गर्न अहिले जोडतोडले लागेका छन्, ताकि आफूसँग बाँकी रहेका ५ मध्ये दुई सभासदले फेरि पार्टी विभाजन नगरिदेउन् । यसकालागि उनले सभामुखलाई मात्र होइन आफू संलग्न मधेशी मोर्चालाईपनि प्रयोग गरेका छन् । झालाई कार्वाही गरिसकिएको बताउँदै उनले उनकै नेतृत्वमा पार्टी विभाजनलाई मान्यता दिएइकोमा आपत्ति जनाएपछि यस सम्बन्धमा अनुसन्धानकालागि संसदले एक छानविन समिति गठन गरेको छ । यसैगरी मधेशी मोर्चाकोतर्फबाट सभामुखलाई दवाव दिनपनि उनले मोर्चाका अन्य नेताहरुलाई भनिरहेका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?