NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रचन्डको मधेसी नेताहरुलाई शंकालु प्रश्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 27 January 2011 08:47

'भारतले सल्लाह दिएकाले यस्तो प्रस्ताव गर्नु भएको होला, भोलि भारतले भन्नासाथ तपाईंहरुले सरकार ढाल्नुहुन्न भन्ने के ग्यारेन्टी छ र ?'
काठमाडौं- सहमतिको सरकार बन्न नसकेपछि बहुमतीय सरकारको नेतृत्वकालागि प्रयास गरे आफूहरुकोतर्फबाट मत दिने विश्वास दिलाउँदै सरकारको नेतृत्व गर्न मधेशवादी दलहरुले गरेको अनुरोध एकिकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् ।



सबै मधेशवादी दलका मत प्राप्त भएमा प्रधानमन्त्री बन्नसक्ने स्थिति रहेपनि त्यस्तो सरकार भरपर्दो नहुने र भारतको इशारामा मधेशी दलहरुले नै पछि सरकार ढालिदिने बताउँदै प्रचण्डले मधेशवादी दलहरुको प्रस्ताव अस्वीकार गरिदिएका हुन् ।

श्रोतकाअनुसार सहमतिको सरकारकालागि राष्ट्रपतिले दिएको समयावधि सकिनै लाग्दा मधेशवादी दलहरुले प्रचण्डलाई प्रधानमन्त्रीकालागि अफर गरेका थिए । मधेशी मोर्चालाई ब्युँताउने नाममा भएका मधेशवादी दलहरुका पटक पटकको बैठकमा कांग्रेस र एमाले मिल्न नसक्ने स्थिति भएको विश्लेषण गर्दै अब सबै मधेशवादी दलहरु एकजुट भएर माओवादीलाई सरकारको नेतृत्व दिने विषयमा छलफल हुन थालेको थियो ।

जानकारीअनुसार, माओवादी नेतृत्वमा सरकार बनाउने बिषयमा पटक पटक मधेशवादी दलहरुबीच गोप्य रुपमा कुराकानी भएपछि र सबै मधेशी पार्टीहरुबीच यस बिषयमा छलफल भएपछि प्रचण्डसँग प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो । फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छेदार र फोरम अध्यक्ष उपेन्द्र यादवले यस सम्बन्धी प्रस्ताव प्रचण्डलाई राखेका थिए । यसैगरी फोरम सहअध्यक्ष जयप्रकाश गुप्तालेपनि यस्तो प्रस्ताव गरेका थिए ।

तर प्रचण्डले मधेशवादी दलहरुलाईमात्र लिएर सरकारको नेतृत्व गर्दा समस्या समाधान नहुने बरु नयाँ समस्याहरु सिर्जना हुने भन्दै मधेशवादी दलहरुको सहयोगमा प्रधानमन्त्री हुने प्रस्ताव अस्वीकार गरेका थिए । 'अब बन्ने
सरकारको प्रमुख कर्तव्य सम्बिधान निर्माण गर्नु हो, नेपाली कांग्रेसलाईसमेत सहभागी नगराई सम्बिधान बन्न सक्दैन, त्यसैले कांग्रेस विनाको सरकारको नेतृत्व गर्दिन' प्रचण्डको जवाफ थियो- 'अर्को कुरा, भारतले सल्लाह दिएकाले यस्तो प्रस्ताव गर्नु भएको होला, भोलि भारतले भन्नासाथ तपाईंहरुले सरकार ढाल्नुहुन्न भन्ने के ग्यारेन्टी छ र ?'

यसअघि भएका प्रधानमन्त्रीको निर्वाचनमा मधेशवादी दलहरुले प्रचण्डलाई मत दिने विश्वास दिलाएका थिए । तर भारतले दबाब दिएपछि उनीहरु निर्वाचनमा तटस्थ रहे जसका कारण ७ पटक प्रतिस्पर्धा गर्दापनि प्रचण्ड प्रधानमन्त्री चुनिन सकेनन् । तेश्रो पटकको निर्वाचनमा चार वटै ठूला मधेशवादी दलहरुले माओवादीलाई मत दिने विश्वास दिलाएपनि भारतीय प्रम मनमोहन सिँहको दूत बनेर आएका श्यामशरणका कारण मधेशवादी दलहरु अन्तिम समयमा पछि हटेका थिए ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?