NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रपतीद्वारा मधेसी नेताहरुसंग भेट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 01 December 2010 23:39

काठमाडौं- यसअघि तीन प्रमुख राजनीतिक दलका नेताहरुसँग जारी राजनीतिक संकटबारे कुराकानी गरेका राष्ट्रपति डा. रामबरण यादवले बुधबारदेखि मधेशी दलहरुसँग राजनीतिक परामर्श थालेका छन् ।

यसैक्रममा उनले बुधबार सत्तारुढ तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरेका छन् ।

कुराकानीको विस्तृत विवरण सार्वजनिक नभएपनि राष्ट्रपति र अध्यक्ष ठाकुरबीच राष्ट्रपति निवास शीतल निवासमा भएको वार्तामा राजनीतिक संकट कसरी अन्त्य गर्ने भन्ने बिषयमा कुराकानी भएको थियो । श्रोतकाअनुसार, कुराकानीमा राष्ट्रपति यादवले अब आफूलेपनि राजनीतिक संकट गहिरिनुमा सरकार खासगरी सरकारको नेतृत्व गरिरहेको एमाले जिम्मेवार रहेको देख्न थालेको बताएका थिए ।

पछिल्लो समयमा राष्ट्रपति डा. यादवपनि प्रधानमन्त्री माधब नेपालसँग असन्तुष्ट देखिएका छन् । राजनीतिक निकास खोज्नुको साटो प्रधानमन्त्री, प्रमुख सत्तारुढ दलका अध्यक्ष झलनाथ खनाल र अर्का नेता केपी ओली विदेश भ्रमणमा लागेकाले उनी असन्तुष्ट बनेका हुन् । उनी प्रधानमन्त्री नेपाललाई विदेश भ्रमणमा नजान सुझावसमेत दिएका थिए ।

सभामुख सुवाष नेम्वाङ्गलेपनि प्रधानमन्त्री नेपाललगायत एमाले नेताहरुलाई राजनीतिक समस्या समाधानमा सकृय हुन आग्रह गर्दै यसरी विदेश नजान आग्रह गरेका थिए । तर सभामुख र राष्ट्रपतिको सुझावलाई अटेर गर्दै प्रधानमन्त्री नेपाललगायत एमालेका नेताहरु विदेश भ्रमणमा गएपछि प्रधानमन्त्री लगायत एमाले नेताहरु निकै आलोचित बनेका छन् ।

तमलोपा अध्यक्ष ठाकुरसँगको भेटपछि राष्ट्रपतिले अन्य मधेशवादी दलका नेताहरुसँगपनि राजनीतिक परामर्श गर्ने बताइएको छ । अन्य मधेशवादी दलहरुमा ठाकुर नै राष्ट्रपतिका सबैभन्दा निकट मानिन्छन् । किनभने, तमलोपा गठन अघि ठाकुर नेपाली कांग्रेसका कोषाध्यक्ष थिए भने डा. यादव चाहिँ नेपाली कांगेसको महामन्त्री थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?