NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सदभावना पार्टीका सभासद श्यामसुन्दर गुप्ताको सभासद पद खारेज PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 17 April 2011 21:09

काठमाडौं- नेपाल सदभावना पार्टीका सभासद श्यामसुन्दर गुप्ताको सभासद पद खारेज भएको छ ।



संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले वैशाख ४ गते बसेको संविधानसभा वैठकमा गुप्तालाई सभासदबाट हटाइएकाले उनको स्थान रिक्त रहेको सुनाएका हुन् ।

सर्वोच्च अदालतले गत माघमा गुप्तालाई पदमुक्त गर्नुपर्ने फैसला गरेको थियो । पूर्व मन्त्रीसमेत रहेका गुप्ता २६ जनाको मनोनीत कोटाबाट सभासद बनेका हुन् । संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फबाट पराजित गुप्ता पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँगको आत्मीय सम्बन्धकै कारण मनोनित भएका थिए । संविधान सभामा रहेका सभासद मध्ये गुप्ता, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र तमलोपा अध्यक्ष महन्थ ठाकुर मात्रै यस्ता सभासद हुन् जसले प्रत्यक्ष निर्वाचनमा पराजय भएर पनि सभासद बन्ने मौका पाएका थिए ।

Shyamsundar Gupata. Photo file: Santa

विवादै विवादका विच सदभावना पार्टीले भने खुशीलाल मण्डललाई सभासद बनाउन सिफारिस गरेको थियो । नितान्त सत्ता र शक्तिकैलागि टुक्रा टुक्रा बनेको सदभावनाको अहिले सरिता गिरी र मोतिलाल दुगध सभासद छन् । संविधान सभा निर्वाचनमा भने दुबै सभासदको भूमिका शुन्य थियो । निर्वाचिन आयोगमा गुप्ता पक्षले समानुपातिकको सुचि पठाएका कारणले गिरी निर्वाचनमा निश्क्रीय थिइन् ।

मधेशवादी नेता स्व. गजेन्द्रनारायण सिँहले संघीयता र मधेशी समुदायको पहिचानसहितको अधिकारकालागि स्थापित सदभावना पार्टी नेताहरुको स्वार्थकालागि दर्जनौं पटक टुक्रा टुक्रा परेको छ ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?