NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सदभावना पार्टी (महतो) समूह बिभाजनको संघारमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 29 June 2011 13:29

काठमाडौं- सम्बिधान सभा निर्वाचनमा मधेशमा प्रभाव जमाएका तीन मधेशवादी दलहरुको संख्यो फुटेर ठ्याक्कै दोब्बर हुन पुगेकोमा अब तेब्बर हुने सम्भावना बढेको छ ।



राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी ४ वा ५ सभासदसहित विभाजित हुने सम्भावना देखा परेको छ । अन्य मधेशवादी दलहरुमा फेरिपनि विभाजन हुने स्थिति देखिदैछ ।

यसअघि महासचिवबाट निलम्बन गरिएका सदभावना पार्टीका महासचिव अनिल झाले नयाँ पार्टी गठनको तैयारी गरेका हुन् । यही थाहा पाएर सदभावनाले सोमबार उनलाई साधारण सदस्यबाटसमेत निस्कासन गरी सम्बिधान सभा सदस्यबाट हटाउने प्रकृया सुरु गरिसकेको छ । यसले झालाई नयाँ पार्टी खोल्न झन सजिलो हुने भएको छ ।

'विनाकारण मलाई यसअघि निलम्बन गरिएको थियो, अहिले फेरि साधारण सदस्यताबाटसमेत हटाएर सम्बिधान सभा सदस्यबाट पनि हटाउन खोजिदैछ' झाले युएस नेपाल अनलाइनसँग भने- 'यो त जाइ लाग्नुको पनि पराकाष्टा भयो, तर जति गरेपनि राजेन्द्र महतोले अव मलाई सिध्याउन सक्दैनन्, कुनै न कुनै हिसावले मैले यसको जवाफ दिनै पर्ने भएको छ ।'

सम्बिधान सभामा सद्भावना ९ जना सभासद छन् । त्यसैले सम्बिधान सभामा झाले बैधानिकता पाउनकालागि झाले कम्तिमापनि ४ सभासद पुर्याउनै पर्छ । बैधानिकताकालागि उनले आवस्यक सभासद संख्या पुर्याइसकेको श्रोतले बतायो । यही भएर उनलाई पार्टीले सभासदबाट हटाउने प्रकृया प्रारम्भ गरेको हो ।

उता, विभाजनबाट पटक पटक जोगिएको विजय गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पनि विभाजन हुन लागेको श्रोतहरुले बताएका छन् भने उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा बाँकी रहेका सभासदहरुपनि यादवसँग सन्तुष्ट छैनन् । संसदीय दलमा आएको विभाजनपछि बाँकी रहेकी अध्यक्ष उपेन्द्र यादवपछिकी बरिष्ठ नेतृ रेणु यादवपनि फोरममा लामो समयसम्म रहने मनस्थितिमा नरहेको श्रोतले बतायो ।

सम्बिधान सभा निर्वाचनमा मधेशको जनादेश मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी गरी तीन दलले पाएका थिए । यसबीचमा दुई पटक विभाजन भई मूल पार्टी फोरम तीन टुक्रा बनेको छ भने दोश्रो ठूलो मधेशी दल तमलोपा दुई वटा बनेको छ । यस हिसावले अहिले सम्बिधान सभा निर्वाचनका बेला ३ वटामात्र रहेका मधेशी दलहरु अहिले बढेर ६ वटा पुगेका छन् ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?