NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'एमाओवादी र मधेशवादी दलहरु परिवर्तनबाट आएका शक्ति गणतन्त्र र संघीयतामा कुरा मिल्ने भएकोले सहमति बन्न सक्छ'- तमलोपा सहमहामन्त्री जीतेन्द्र सोनल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 23 August 2011 21:16

'एक महिनाभित्र सर्त पुरा नभए समर्थन फिर्ता लिन्छौं'- एमाले केन्द्रीय सदस्य योगेश भट्टराई
काठमाडौ- मधेशी दलहरुको समर्थनमा एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बन्ने दावी सरकार गठनकालागि निर्णायक मानिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक दल तमलोपाका सहमहामन्त्री जीतेन्द्र सोनलले गरेका छन् ।

उता, सहमतिको पक्षमा देखिएका नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सहमतिकालागि नेपाली कांग्रेसका प्रस्तावित उम्मेदवार शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिने सम्भावना भएको बताएका छन् ।

'माओवादी र मधेसी मोर्चावीचको सहमतिले मात्रै निकास दिन सक्छ, यदि कांग्रेस र एमाले सरकारमा नजाने हो भने प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ' राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा तमलोपा सहमहामन्त्री जीतेन्द्र सोनलले भने- 'एमाओवादी र मधेशवादी दलहरु परिवर्तनबाट आएका शक्ति गणतन्त्र र संघीयतामा कुरा मिल्ने भएकोले मधेसी मोर्चा र माओवादीवीच सहमति बन्न सक्छ, यसरी बनेको गठनबन्धन नै मजबुत र सम्भावना युक्त विकल्प हुनेछ ।'

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुधबार बेलुकीसम्म दलहरुबीच सहमतिको सरकार निर्माणकालागि सहमति बन्ने दावी गरे । यसकालागि कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले उमेदवारी फिता लिने सम्भावना रहेको बताउँदै भण्डारीले भने- 'एक न एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिन्छन्, त्यसमध्ये शेरबहादुरजीले उम्मेदवारीफिर्ता लिने सम्भावना छ ।' अहिलेको अवस्थामा सहमतिको सरकारको विकल्प नभएकाले नेपाली कांग्रेस लचक भएर उम्मेदवारी फिर्ता लिने मनस्थितिमा रहेको उनले बताए ।

एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले शान्ति र संविधान जसको नेतृत्वमा बन्ने सम्भावना बढी रहन्छ, त्यही पार्टीको उम्मेदवारर्लाइ एक महिनाको समयसीमा सहित समर्थन गर्ने बताए । शान्ति र सम्बिधानको मुद्धालाई अगाडि बढाउन एक महिनाको समयसीमा सहित सरकार बाहिर बसेर समर्थन गर्छाै' उनले भने- 'एक महिनाभित्र सर्त पुरा नभए समर्थन फिर्ता लिन्छौं ।' उनले आफ्नो दल एमाले पनि अन्तिम समयसम्म राष्ट्रिय सहमतिको सरकारकै पक्षमा रहेको दावी गरे ।

एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्ने सत प्रतिसत सम्भावना रहेको बताउँदै डा. भट्टराई शान्ति र संविधान निर्माणको पक्षधर भएकोले सो प्रकृया जोगाउन पनि उनकै नेतृत्वको बिकल्प नभएको दावी गरे । मधेसवादीले माओवादीको नेतृत्वलाई समर्थन नगर्ने हो भने संघीयता प्राप्त गर्न नसक्ने दावी गरेका उनले सहमतिको सरकार निर्माण हुने वा नहुने भन्ने बिषय नेपाली कांग्रेसको हातमा रहेको बताए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?