NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दिल्लीबाट बाधा, बिहारबाट बधाई PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 19 February 2011 15:49

काठमाडौं- एमाओवादीको समर्थनमा बनेको एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारलाई असफल बनाउन भारतको केन्द्रीय सरकार लागिरहेका बेला नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा सत्तारुढ जनता दल (युनाइटेड) ले भने बर्तमान सरकारप्रति सहानुभूति प्रकट गर्दै निकै सतर्कतापूर्वक अघि बढ्न बर्तमान सत्तारुढ गठबन्धनलाई सुझाव दिएको छ ।


पार्टीकोतर्फबाट विशेष प्रतिनिधि नै पठाएर उसले यस्तो सुझाव दिएको हो ।

यसकालागि सो पार्टीका महासचिव केसी त्यागी नेपाल आएका छन् । बर्तमान गठबन्धनका प्रारुपकार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनाललाई बधाई दिन तथा भारतको केन्द्रीय सत्ताको बर्तमान सरकार एबं गठबन्धनप्रति त्यति सकरात्मक सोचाई नभएकाले सतर्क रहनकालागि सुझाव दिन उनी काठमाडौं आएको बताइएको छ । यिनै कुरा उल्लेख गरी पार्टी अध्यक्ष शरद यादवले लेखेको पत्र उनले दुवै नेतालाई बुझाइसकेका छन् ।

भारतको केन्द्र सरकार कांग्रेस (आई) को भएपनि विहारमा विगत ६ बर्षदेखि जनता दल (युनाईटेड) सरकारमा छ । विहारमा सत्तारुढ दल भारतको पुरानो समाजवादी दलको एउटा समूह हो । नेपाल र नेपाली राजनीतिलाई हेर्ने सम्बन्धमा कांग्रेस आई को दृष्टिकोण नकरात्मक छ भने समाजवादीहरु चाहिँ नेपाललाई सकरात्मक दृष्टिले हेर्नुपर्ने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन भन्ने मान्यता राख्छन् । त्यागीको आगमन र उनले दिएको सुझावले भारतीय समाजवादीहरु आफ्नो पुरानो अडानमा कायमै छन् भन्ने देखाएको छ ।

श्रोतकाअनुसार, अध्यक्ष यादवले प्रचण्ड तथा खनाल दुवैलाई समान व्यहोराको पत्र लेखेका छन्, जसमा बर्तमान गठबन्धन निर्माण गरी सरकार निर्माण गर्न सकेकोमा बधाई दिएका छन् । तर देशभित्र र देश बाहिरका परिस्थितिका कारण बर्तमान सरकारकालागि निकै ठूला चुनौति रहेको बताउँदै उनले बाहिर जति मीठो कुरा गरेपनि भारतको केन्द्रीय सरकारले बर्तमान गठबन्धनलाई नरुचाएको संकेत गरेका थिए । उनको भनाई थियो- 'त्यसैले, तपाईंहरुका अगाडि अवसरमात्र होइन चुनौतिपनि छन् ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?