NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तराईको सशस्त्र ज्वाला सिँह समूहमा फेरि विभाजन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 14 December 2009 02:08

काठमाडौं- तराईका सशस्त्र समूहहरुमध्ये अपेक्षाकृत शक्तिशाली मानिने नागेन्द्र पासवान (ज्वाला सिँह) ले नेतृत्व गरेको समूहमा फेरि विभाजन आएको छ ।


सो समूहको केन्द्रीय समितिको अत्याधिक ठूलो संख्याले ज्वाला सिँहलाई संगठनबाट निस्कासन गरी नयाँ नेतृत्वको चयन गरेको छ ।

जयकृष्ण गोइतले नेतृत्व गरेको तराई जनतान्त्रिक मुक्ति मोर्चाको छुट्टै समूह बनाएका ज्वाला सिँहले तराईमा सशस्त्र संघर्षरत अन्य समूहहरुसँग मिली गत बैशाखको पहिलो हप्ता जनतान्त्रिक मधेश मुक्ति टाइगस्रको गठन गरेका थिए । सो एकिकृत समूहको अध्यक्ष उनी आफै थिए ।

आफै गोइतबाट छुट्टिएर नयाँ समूहको गठन गरेका ज्वाला सिँहले आफ्नो नेतृत्वको यो समूहलाई लामो समयसम्म एक राख्न सकेनन् । समयमै महाधिबेशन नगरेको आरोप लगाउँदै सो पार्टीको केन्द्रीय समितिका ४१ मध्ये ३८ ले उनलाई निस्कासन गरी नयाँ नेतृत्व चयन गरिएको दावी गरेका छन् ।

जानकारी अनुसार, गत बैशाख ६ गते एकिकरण भै नयाँ बनेको सो समूहले विधानत ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपथ्र्याे । 'तर महाधिवेशन त के बैठक समेत बोलाइएन' भर्खरै अध्यक्ष चुनिएका राजन प्रतापले एक बिज्ञप्ती जारी गरी भनेका छन्- 'त्यसैले नयाँ नेतृत्व चयन गरिएको हो ।'

जानकारी अनुसार, यही मंसीर १९ र २० गते सप्तरीको अज्ञात स्थानमा सो समूहको राष्ट्रिय कार्यकर्ता परिषद राष्ट्रिय भेला भएको थियो । सो भेलाले सप्तरीका राजन प्रतापलाई अध्यक्ष, धनुषाका धर्मदेब सिँहलाई उपाध्यक्ष सहित ३८ सदस्यीय केन्द्रीय समिति बनाएको छ । ज्वाला सिँह समूहमा यसअघिपनि विभाजन भएको थियो ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?